कार्यक्रम संयोजक (Program Coordinator)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८१।१०।३०)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाहरुमा कार्य गर्दै आइरहेको छ ।
यी विभिन्न कार्यक्रमहरुमध्ये हेल्भेटास नेपालसंगको साझेदारीमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम विगत लामो समयदेखि कार्यान्वयन गरिरहेको छ । सोही कार्यक्रम यस आ.व. २०८१।०८२ मा सुर्खेत जिल्लाका लेकवेशी, सिम्ता, चिङ्गाड, गुर्भाकोट एवम् सल्यान जिल्लाको कालिमाटी सहित ५ वटा स्थानीय तहहरुमा विभिन्न खानेपानी, सरसफाइ तथा स्वच्छता लगायतका क्रियाकलापहरुसहित कार्यान्वयन भइरहेको छ । त्यसैले उक्त कार्यक्रमका लागि रिक्त रहेको तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आव्हान गरिन्छ ।
विज्ञापन नं.: १७।२०८१।०८२
पद: कार्यक्रम संयोजक
आवश्यक संख्या: १ जना
कार्यस्थल: संस्थाको केन्द्रीय कार्यालय, वीरेन्द्रनगर, सुर्खेत (नियमित तथा अधिक फिल्ड भ्रमण गर्नुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रसहित कम्तीमा ३ वर्षको कार्यअनुभव भएको । वा सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा इन सिभिल इन्जिनियरि¨ तह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रसहित कम्तीमा ५ वर्षको कार्यअनुभव भएको ।
- स्थानीयस्तरमा कार्यक्रम व्यवस्थापनमा अनुभव, ज्ञान र सिप भएको
- नेपाली तथा अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने, संस्थाको तर्फबाट कार्यक्रमका लागि आवश्यक पर्ने सबै खालका प्रतिवेदनहरु लेखन गर्न सक्ने सिप भएको, लेखन प्रस्तुति कौशल भएको र स्थानीय सरकार तथा सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्न सिप भएको ।
- Word, Excel, PowerPoint, तथ्यांक विश्लेषण तथा मानव संशाधन व्यवस्थापनमा सिप र ज्ञान भएको ।
- खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण, डिजाइन, लागत इस्टिमेट तथा एमबि तयार गर्न सक्नेलाई प्राथमिकता दिइने ।
- तनाव व्यवस्थापन, समय व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रुपमा दुर्गम क्षेत्रमा काम गर्ने रुचि भएको ।
- इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।
मुख्य कार्यहरु र जिम्मेवारी: कार्यक्षेत्रको योजनाहरुको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने, अनुगमन र प्रतिवेदन व्यवस्थापन गर्ने जस्ता समग्र कार्यमा कार्यक्रम संयोजकको मुख्य जिम्मेवारी रहनेछ । साथै कार्यक्रम संयोजकले स्थानीयस्तरमा गाउं तथा नगरपालिका, खानेपानी तथा सरसफाइसंग सम्बन्धित कार्यालय, विद्यालय तथा सार्वजनिक संस्थाहरु, खानेपानी उपभोक्ता समितिहरु र अन्य सरोकारवालाहरुसंग समन्वय गर्दै योजना तथा क्रियाकलापको कार्यान्वयन, अनुगमन र प्रतिवेदन तयार गर्ने मुख्य जिम्मेवारी कार्यक्रम संयोजकको हुनेछ । कार्यक्रम कार्यान्वयनका लागि यस कार्यक्रममा कार्यरत कर्मचारीहरुको नेतृत्व लिई कर्मचारीहरुलाई नियमित मार्गनिर्देशन गर्ने, परिचालन गर्ने तथा निरिक्षण गर्ने जिम्मेवारी समेत कार्यक्रम संयोजकको हुनेछ । विस्तृत कार्यविवरण तलको लिङ्कमा रहेको छ ।
उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
कार्य अवधी: आगामी जुलाई २०२५ सम्म (३ महिने परिक्षणकाल रहनेछ । कार्यसम्पादन, आवश्यकता र श्रोत उपलब्धताका आधारमा कार्य अवधी थप हुन सक्ने ।)
पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार तथा कार्यक्रममा भएको व्यवस्था बमोजिम
प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित यसै सूचनामा रहेको https://bit.ly/sacnepal मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका, रितपूर्वक नपरेका वा म्याद नाघी आएका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यदि आवेश पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहलई मात्र लिखित तथा मौखिक सहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८१।११।०६ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नु परेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Overview
Category | Engineering - Civil, Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 12 Feb, 2025 |
Apply Before | 18 Feb, 2025 |
City | Birendranagar Surkhet |