कार्यक्रम अधिकृत (Program Officer)

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

समग्र जन उत्थान केन्द्र लहान, सिरहा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मिति: २०८१/११/० गते

समग्र जन–उत्थान केन्द्र मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रबर्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र समाजमा बिधमान हानिकारक सामाजिक अभ्यास तथा मूल्यमान्यता रुपान्तरणका लागि बिगत दुई दशकदेखि बिभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसंग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, यूवा, अपांगता भएका ब्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ । 

यसै क्रममा यस संस्थाले Jeff Peierls को आर्थिक सहयोगमा केयर नेपालसंगको साझेदारीमा Advancing Ambitions and Well-being through sustained Academic Journeys (AAWAJ)  project अन्तर्गत सिरहा जिल्लाको सामुदायिक सिकाई केन्द्र (Community Learning Center)   सवलिकरणका लागि तपसिल अनुसारको योग्यता तथा अनुभव भएको कार्यक्रम अधिकृत पदको कर्मचारी आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारहरुले आफ्नो बायोडाटा, नागरिकता, शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) र कार्य अनुभव प्रतिलिपी सहित २०८१ माघ  ११ गते कार्यालय समयभित्र तल दिएको ठेगानामा आवेदन दिनहुन आह्वान गरिन्छ ।

कर्मचारीको पद र कार्य विवरण

पदकार्यक्रम अधिकृत (Program Officer)
आवश्यक संख्या१ जना
योग्यतास्नातक तह उत्तीर्ण ।
अनुभवकम्तिमा तीन वर्षको कार्य अनुभव ।
कार्य उद्देश्य (Job Purpose)सीमान्तकृत किशोरीहरूलाई शिक्षामा पहुँच अभिवृद्धि गरी सशक्तीकरण गर्ने, बालिका अधिकारको पक्षमा वकालत गर्ने उनीहरूको नेतृत्वलाई बढावा दिने, जीविकोपार्जन सहयोगको माध्यमबाट उनीहरूको आर्थिक स्थायित्व का साथै उनीहरूका परिवारलाई सुदृढ तुल्याउने, जसबाट दिगो शैक्षिक र आर्थिक अवसरहरूको लागि सहयोगी वातावरण सिर्जना गर्ने।
ग्राह्यतास्थानीय, महिला, दलित, सिमान्तकृत समुदाय र अनुभवीहरु ।

मुख्य भुमिका तथा जिम्मेवारी (Main Duties/Job Responsibilities):

कार्यक्रम क्षेत्रकार्य जिम्मेवारी
योजना तर्जुमा र कार्यक्रम कार्यान्वयन
  • सम्बन्धित परियोजनाको स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि योजना तर्जुमाका लागि सुचना संकलन गर्ने, किशोरी अधिकार मंच गठनमा सहजीकरण गर्ने ।
  • किशोरी अधिकार मंचको सशक्तिकरण तथा किशारीहरूको नेतृत्वविकासका लागि सहजीकरण तथा पैरवी सम्बन्धि क्रियाकलाप संचालन गर्ने । 
  • सामुदायिक सिकाइ केन्द्रका सरोकारबलाहरुलाई सिकाइ केन्द्रको संचालन तथा व्यवस्थापन, स्थानीय सरकार तथा अन्य निकायहरूबाट स्रोत व्यवस्थापन तथा अनोपचारिक शिक्षाको सूचना व्यवस्थापनमा क्षमता अभिबृधि गर्न पहल गर्ने ।
  • लैगिंक, सामाजिक समावेशीकरण र लक्षित वर्गप्रति संवेदनशिल हुँदै परियोजनाका सम्पूर्ण क्रियाकलापहरुलाई बजेट सहितको योजनातर्जुमा गर्ने ।
  • परियोजनाको बजेटसहितको योजनालाई समिक्षा सहित औपचारिक रुपमा अगाडी बढाउने ।
  • किशोरी अधिकार प्रबर्धनका लागि बिभिन्न सरोकारवालाहरुमा गएर छलफल गर्ने, 
  • किशोरीहरुका जीवनसंग सम्बन्धित सीप बिकास गर्नका लागि तालिम ब्यबस्थापन र संचालनमा सहयोग गर्ने ।
समन्वय र सहकार्य
  • स्थानीय सरकार तथा अन्य कार्यालयहरु, सहयोगी निकायहरु, लाभान्वित वर्ग अन्य गैरसरकारी संस्थाहरु, संचारकर्मीहरु, संस्थाद्वारा संचालित विभिन्न परियोजनाहरु र केयर नेपालका साझेदार संस्थाहरुसंग समन्वय र सहकार्य गरी परियोजनाको अपेक्षित नतिजा पुरा गराउने । 
  • परियोजनासंग सम्बन्धित जिल्लामा रहेका विभिन्न संजाल तथा निकायमा आवद्ध भई समन्वय र सहकार्यबाट श्रोतको अधिकतम सदुपयोग गरि परियोजनाको नतिजालाई थप सहयोग पुर्‍याउने । 
  • सामुदायिक सिकाइ केन्द्र गठन तथा प्रभावकारी सञ्चालनका लागि समन्वय र सहकार्य गर्ने ।
  • स्थानीय तथा जिल्ला तहमा स्थापना भएका समुदायमा आधारित संस्थाहरु (किशोरी क्लब तथा संजाल, सामुदायिक सिकाइ केन्द्र, गाउँ शिक्षा समिति, गाउँबाल संरक्षण समिति, बालक्लब, स्वास्थ्य संस्था व्यवस्थापन समिति र अन्य समूहहरु) लाई  क्षमता अभिबद्धि तथा सवलीकरणका माध्यमबाट उनीहरुको दिगोपना र श्रोत साधनमा पहूँच अभिवृद्धि गर्न सहजीकरण गर्ने । 
  • सामुदायिक सिकाई केन्द्रका सहजकर्ताको क्षमता अभिबृद्वि गर्ने ।
  • स्थानीय सरकार र त्यसका सम्बन्धित संरचनाहरुसंग समन्वय गर्ने । 
  • किशोरीहरुको गुणस्तरीय शिक्षा तथा अधिकारका लागि स्थानीय सरकार, प्रदेश तथा अन्य सरोकारवालाहरुसँग समन्वय गर्ने ।
परियोजना कार्यान्वयन, अनुगमन र  मूल्याङ्कन
  • परियोजनाको नेतृत्व लिई कार्ययोजना (Work Plan) बनाउने, आफू मातहतका मानवश्रोत (कर्मचारी) को कार्य योजना बनाउन सहयोग गर्ने, सोही अनुसार कार्य सम्पादान भयो वा भएन ? निरीक्षण गर्ने,
  • परियोजनाको कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहज वातावरण बनाउने ।
  • संयुक्त अनुगमनको लागी अनुगमन योजना तथा संयन्त्र तयार गर्ने ।
  • परियोजना लागु भएका पालिका तथा अन्य स्थानीय सरोकारवालाहरुसंग  समन्वय र सहकार्य गरी अपनत्वमा अभिबृद्धि गर्ने ।
  • सामुदायिक सिकाई केन्द्र, स्थानीय विद्यालय, विद्यालय व्यवस्थापन समिति, स्थानीयस्तरका संस्थाहरुसंग समन्वय गर्दै आवश्यक सहयोग लिनसक्ने वातावरणको सृजना गर्ने ।
  • स्थानीयस्तरमा रहेका सामुदायिक सिकाई केन्द्र वालक्लव, किशोरी समूह, परियोजनासंग सम्वन्धित विभिन्न संजालसंग समन्वय विस्तार गरी परियोजनाका कार्यहरुलाई प्रभावकारी र दिर्घकालिन वनाउन पहल गर्ने ।
  • जिल्ला तथा पालिका लगायत सम्वन्धित सरोकारवालाका योजनातर्जुमा कार्यक्रम, गोष्ठि, बैठक आदिमा सहभागी भई परियोजनाका वारेमा जानकारी गराउँदै आवश्यक सहयोग प्राप्त गर्न सक्ने वातावरण सृजना गर्ने ।
  • दातृ निकायसंग परियोजनाको कार्यका लागि उत्तरदायी हुने, प्राप्त निर्देशनलाई कार्यन्वयन गर्ने ।
  • दिगो सामुदायिक विकासका निम्ती उत्तरदायी हुने, संस्थाले दिएका अन्य जिम्वेवारी पुरा गर्ने, संस्थाको नीति–नियम पालना गर्दै संस्थागत विकासमा सहयोग गर्ने ।
प्रतिवेदन र दस्तावेजीकरण
  • परियोजनाको आवधिक (मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक) प्रतिवेदन तयार गरी आफूभन्दा माथिको पदाधिकारीबाट प्रमाणित गराई सम्बन्धित साझेदार, विभिन्न सरोकारवाला सरकारी निकाय र संघ–संस्थामा पठाउने ।
  • तथ्याङ्क संकलन गर्नका लागि बिभिन्न ढाँचाहरु निर्माण गर्ने ।
  • कार्यक्रम अनुगमन गर्नका लागि बिभिन्न बिधिहरु तथा औजारहरु निर्माण गर्ने
  • बिभिन्न स्तरमा अनुगमन गर्नका लागि सहयोग तथा समन्वयन गर्ने 
  • परियोजना संचालनका क्रममा आएका चुनौती, सिकाई र असल अभ्यासहरुलाई संकलन गरि दस्तावेजीकरण गर्ने । 
  • प्रयाप्त मात्रामा कार्यक्षेत्रका लक्षित बर्ग र यस परियोजनासंग सम्बन्धित तथ्याङ्कहरु संकलन गर्ने, प्रशोधन गरि प्रविष्टि गरी चुस्त दुरुस्त राख्ने । 
  • मासिक रुपमा आफू मातहतका कर्मचारीहरुको माध्यमबाट अवस्था अध्ययन प्रतिवेदनहरु संकलन गरी अभिलेखिकरण गर्ने ।

सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता (छोटो सूचि (Shortlist) मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तरवर्तामा सामेल गराईने छ ।

आवेदन दिने अन्तिम मिति: २०८१ माघ ११ गते ५:०० बजेसम्म ।

आवश्यक कागजात: आवेदन पत्र, ब्यक्तिगत बिबरण (BIO-DATA), नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट), कार्यअनुभवको प्रमाणपत्र ।

निवेदन बुझाउने प्रक्रिया: इमेल vacancy.samagra@gmail.com  मार्फत पठाउनु हुन् अनुरोध छ ।  

यस संस्थाले प्रतिस्पर्धात्मक  विधिबाट कर्मचारी  छनौट गर्दछ र छनौटको चरणमा कुनै पनि प्रभाव पार्ने प्रयास गरिएमा त्यस्तो आवेदकको आवेदन छनौट प्रकृयामा समावेश गरिने छैन । साथै यस सूचना वमोजिमको कर्मचारी छनौट प्रकृयाहरु कारण देखाई वा नदेखाई आंशिक वा पूर्ण रुपमा स्थगन वा रद्द गर्ने अधिकार समग्र जन उत्थान केन्द्र, लहान, सिरहामा निहित रहेको छ ।

समग्र जन उत्थान केन्द्र,

लहान, सिरहा

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Graduate (Bachelors)
Posted Date 17 Jan, 2025
Apply Before 24 Jan, 2025
City Siraha