कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

समग्र जन उत्थान केन्द्र लहान, सिरहा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मिति: २०८०/०७/१२ गते 

समग्र जन–उत्थान केन्द्र मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रवर्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र समाजमा बिधमान हानिकारक सामाजिक अभ्यास तथा मूल्यमान्यता रुपान्तरणका लागि बिगत दुई दशकदेखि बिभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसंग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, यूवा, अपांगता भएका ब्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ । 

यसै क्रममा यस संस्थाले केयर नेपालसंगको साझेदारीमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र नरहा गाउँपालिकामा UDAAN V Project अन्तर्गत ‘बालिका स-शक्तिकरण कार्यक्रम’ (Empowering Adolescent Girls) का लागि तपसिल अनुसारको कार्यक्रम अधिकृत, फिल्ड परिचालक र जीबिकोपार्जन सामाजिक परिचालक पदमा योग्य र अनुभवी कर्मचारी आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारहरुले आफ्नो बायोडाटा, नागरिकता, शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) र कार्य अनुभव प्रतिलिपी सहित २०८० कार्तिक १८ गते साँझ ५.०० वजे भित्र ईमेल ठेगाना vacancy.samagra@gmail.com मा आवेदन दिनहुन आह्वान गरिन्छ ।

कर्मचारीको पद र कार्य विवरण

पद

कार्यक्रम अधिकृत (Program Officer)

आवश्यक संख्या

१ जना

योग्यता

स्नातक तह उत्तीर्ण ।

अनुभव

कम्तिमा तीन वर्षको कार्य अनुभव ।

कार्य उद्देश्य (Job Purpose)

समग्र जन उत्थान केन्द्र, लहान सिरहा र केयर नेपालको संयुक्त साझेदारीमा संचालित UDAAN V परियोजना अन्तर्गतको सम्पूर्ण कार्यहरु प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

ग्राह्यता

स्थानीय, महिला, दलित, सिमान्तकृत समुदाय र अनुभवीहरु ।

मुख्य भुमिका तथा जिम्मेवारी (Main Duties/Job Responsibilities):

कार्यक्रम क्षेत्र

कार्य जिम्मेवारी

योजना तर्जुमा र बजेट तयारी

  • सम्बन्धित परियोजनाको स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि योजना तर्जुमाका लागि सुचना संकलन गर्ने, सामुदायिक सिकाइ केन्द्र/उडान बैकल्पिक सिकाई केन्द्रको अभिभावक सहयोग समिति गठनमा सहजीकरण गर्ने ।
  • लैगिंक, सामाजिक समाबेशीकरण र लक्षित बर्गप्रति संवेदनशिल हुँदै परियोजनाका सम्पूर्ण क्रियाकलापहरुलाई बजेट सहितको योजनातर्जुमा गर्ने ।
  • परियोजनाको बजेटसहितको योजनालाई समिक्षा सहित औपचारिक रुपमा अगाडी बढाउनका लागि संस्थाको कार्यकारी निर्देशकलाई सहयोग पुर्‍याउने ।
  • कार्यक्षेत्र भित्रका १० देखि १४ तथा १५ देखि १९ वर्षसम्मका विद्यालय छोडेका वा कहिल्यै विद्यालय नगएका किशोरीहरुको तथ्यांक संकलनमा सम्बन्धित निकायसँग समन्वय सहकार्य गर्ने ।
  • किशोरी शिक्षा अभिबृद्विका लागि बिभिन्न मंचमा गएर छलफल गर्ने, साथै सडक नाटक र अन्य कार्यक्रमको अवधारणा अनुसार डिजाईन गरि कार्यान्वयन गर्ने ।
  • किशोरीहरुका जीवनसंग सम्बन्धित सीप बिकास गर्नका लागि तालिम ब्यबस्थापन र संचालनमा सहयोग गर्ने ।

समन्वय र सहकार्य


  • स्थानीय सरकार तथा अन्य कार्यालयहरु, सहयोगी निकायहरु, लाभान्वित वर्ग, CTEVT अन्य गैरसरकारी संस्थाहरु, संचारकर्मीहरु, संस्थाद्वारा संचालित विभिन्न परियोजनाहरु र केयर नेपालका साझेदार संस्थाहरुसंग समन्वय र सहकार्य गरी परियोजनाको अपेक्षित नतिजा पुरा गराउने । 
  • परियोजनासंग सम्बन्धित जिल्लामा रहेका विभिन्न संजाल तथा निकायमा आवद्ध भई समन्वय र सहकार्यबाट श्रोतको अधिकतम सदुपयोग गरि परियोजनाको नतिजालाई थप सहयोग पुर्‍याउने । 
  • पालिकास्तरीय शिक्षा योजना बनाउनको लागी समन्वय र सहकार्य गर्ने ।
  • स्थानीय तथा जिल्ला तहमा स्थापना भएका समुदायमा आधारित संस्थाहरु (किशोरी क्लब तथा संजाल, सामुदायिक सिकाइ केन्द्र, गाउँ शिक्षा समिति, गाउँबाल संरक्षण समिति, बालक्लब, स्वास्थ्य संस्था व्यवस्थापन समिति र अन्य समूहहरु) लाई  क्षमता अभिबद्धि तथा सवलीकरणका माध्यबाट उनीहरुको दिगोपना र श्रोत साधनमा पहूँच अभिवृद्धि गर्न सहजीकरण गर्ने । 
  • सामुदायिक सिकाई केन्द्रका सहजकर्ताको क्षमता अभिबृद्वि गर्ने ।
  • स्थानीय सरकार र त्यसका सम्बन्धित संरचनाहरुसंग समन्वय गर्ने । 
  • किशोरीहरुको गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार, प्रदेश तथा अन्य सरोकारवालाहरुसँग समन्वय गर्ने ।

परियोजना कार्यान्वयन, अनुगमन र  मूल्याङ्कन

  • परियोजनाको नेतृत्व लिई कार्ययोजना (Work Plan) बनाउने, आफू मातहतका मानवश्रोत (कर्मचारी) को कार्य योजना बनाउन सहयोग गर्ने, सोही अनुसार कार्य सम्पादान भयो वा भएन ? निरीक्षण गर्ने, परियोजनाको कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहज वातावरण बनाउने ।
  • संयुक्त अनुगमनको लागी अनुगमन योजना तथा संयन्त्र तयार गर्ने ।
  • परियोजना लागु भएका पालिका तथा अन्य स्थानीय सरोकारवालाहरुसंग  समन्वय र सहकार्य गरी परियोजनालाई ति निकार्यहरुमा अपनत्व अभिबृद्धि गर्ने ।
  • सामुदायिक सिकाई केन्द्र, स्थानीय विद्यालय, विद्यालय व्यवस्थापन समिति, स्थानीयस्तरका संस्थाहरुसंग समन्वय गर्दै आवश्यक सहयोग लिनसक्ने वातावरणको सृजना गर्ने ।
  • स्थानीयस्तरमा रहेका सामुदायिक सिकाई केन्द्र वालक्लव, किशोरी समूह, परियोजनासंग सम्वन्धित विभिन्न संजालसंग समन्वय विस्तार गरी परियोजनाका कार्यहरुलाई प्रभावकारी र दिर्घकालिन वनाउन पहल गर्ने ।
  • परियोजना अन्र्तरगत गरिएका कार्यको अनुगमन र मुल्यांकन गर्ने, कमी कमजोरीमा पृष्ठपोषण दिई थप सहयोग गर्ने र आफूभन्दा माथिल्लो निकायमा जानकारी गराउने ।
  • जिल्ला तथा पालिका लगायत सम्वन्धित सरोकारवालाका योजनातर्जुमा कार्यक्रम, गोष्ठि, बैठक आदिमा सहभागी भई परियोजनाका वारेमा जानकारी गराउँदै आवश्यक सहयोग प्राप्त गर्न सक्ने वातावरण सृजना गर्ने ।
  • दातृ निकायसंग परियोजनाको कार्यका लागि उत्तरदायी हुने, प्राप्त निर्देशनलाई कार्यन्वयन गर्ने ।
  • दिगो सामुदायिक विकासका निम्ती एकताप्रति उत्तरदायी हुने, संस्थाले दिएका अन्य जिम्वेवारी पुरा गर्ने, संस्थाको नीति–नियम पालना गर्दै संस्थागत विकासमा सहयोग गर्ने ।

प्रतिवेदन र दस्तावेजीकरण

  • परियोजनाको आवधिक (मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक) प्रतिवेदन तयार गरी आफूभन्दा माथिको पदाधिकारीबाट प्रमाणित गराई सम्बन्धित साझेदार, विभिन्न सरोकारवाला सरकारी निकाय र संघ–संस्थामा पठाउने ।
  • तथ्याङ्गक संकलन गर्नका लागि बिभिन्न ढाँचाहरु निर्माण गर्ने ।
  • कार्यक्रम अनुगमन गर्नका लागि बिभिन्न बिधिहरु तथा औजारहरु निर्माण गर्ने
  • बिभिन्नस्तरमा अनुगमन गर्नका लागि सहयोग तथा समन्वयन गर्ने (स्थानीय सरकार, दातृ निकाय, संस्थागत र स्व–स्तरमा)
  • परियोजना संचालनका क्रममा आएका चुनौती, सिकाई र असल अभ्यासहरुलाई संकलन गरि दस्तावेजीकरण गर्ने । 
  • प्रयाप्त मात्रामा कार्यक्षेत्रका लक्षित बर्ग र यस परियोजनासंग सम्बन्धित तथ्याङ्कहरु संकलन गर्ने, प्रशोधन गरि प्रविष्टि गरी चुस्त दुरुस्त राख्ने । 
  • मासिक रुपमा आफू मातहतका कर्मचारीहरुको माध्यमबाट अवस्था अध्ययन प्रतिवेदनहरु संकलन गरी अभिलेखिकरण गर्ने ।

पद:

फिल्ड परिचालक (Field Mobilizer)

आवश्यक संख्या

१ जना

योग्यता:

प्रविणता प्रमाण पत्र तह उत्तीर्ण वा सो सरह

अनुभव:

कम्तीमा ३ बर्षको कार्य अनुभव ।

कार्य उद्देश्य (Job Purpose):

समग्र जनउत्थान केन्द्र, सिरहा र केयर नेपालको संयुक्त साझेदारीमा संचालित UDAAN V परियोजना अन्तर्गतको सम्पूर्ण कार्यहरु कार्यक्रम अधिकृतको निर्देशनमा फिल्ड परिचालकले सम्पादन गर्नेछ । साथै फिल्ड परिचालकले कार्यक्रमको प्रगति तथा कार्यहरुबारे नियमित रुपमा कार्यक्रम प्रभावकारिताको लागि कार्यक्रम अधिकृतलाई पृष्ठपोषण दिनुपर्नेछ ।

ग्राह्यता

स्थानीय, महिला, दलित, सिमान्तकृत समुदाय र अनुभवीहरु ।

मुख्य भुमिका तथा जिम्मेवारी (Main Duties/Job Responsibilities):

कार्यक्रम क्षेत्र

कार्य जिम्मेवारी

शिक्षा

  • कार्यक्षेत्र भित्रका १० देखि १४ वर्षसम्मका विद्यालय छोडेका वा कहिल्यै विद्यालय नगएका किशोरीहरुको तथ्यांक संकलन गर्ने ।
  • सामुदायिक सिकाई केन्द/उडान सिकाई केन्द्र सञ्चालनमा तथा मातृ विद्यालय छनौटका लागि सहजीकरणमा सहयोग गर्ने । 
  • सामुदायिक सिकाई केन्द्रमा अध्ययनरत किशोरीको ‘अभिभावक सहयोग समिति’ गठनमा सहजीकरण गर्ने । 
  • सिकाई केन्द्रको दिवाखाजा तथा अन्य व्यवस्थापनको कार्यमा सहयोग गर्ने । 
  • सिकाई केन्द्रका बालिकाहरुको उपस्थिति रुजु गरी फलोअपका लागि घरदैलो गर्ने । 
  • विद्याल्यमा स्वःमूल्याङ्कन, विद्यालय सुधार योजना र विद्यालयको सामाजिक परिक्षण आदि प्रकृयामा सहजीकरण गर्नका लागि आवश्यक सहयोग गर्ने । 
  • मासिक रुपमा अभिभावक सहयोग समितिको बैठक र बालिका सभा संचालनका  लागि सहयोग गर्ने ।
  • Accelerated Learning Program (ALP) सत्र संचालनका लागि उडान सेन्टरहरुमा किशोरीहरुको नियमित उपस्थिति सुनिश्चित गरी अनुपस्थित किशोरीहरुको घरदैलो भ्रमण गर्ने । 
  • किशोरी समुहमा मासिक रुपमा अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुने ।  
  • मासिक रुपमा अभिभावक समूहको बैठक तथा सत्र संचालनमा सहभागी हुने । 
  • समुदायमा किशोरीहरुको नक्साङ्कन गरी किशोरी/अभिभावक समूह गठन/पुर्नगठनमा सहजीकरण गर्ने । 
  • फिल्डस्तरीय कार्यक्रम तथा गतिविधिहरु संचालन गर्ने । 
  • परियोजनाको योजना अनुसार बैठक, कार्यशाला, गोष्ठी, तालिम, सेमिनार, अभियान संचालन गर्ने । 
  • सामुदायिक शिक्षकहरुलाई आवश्यक परेको बेलामा कक्षा संचालनको लागि सहजता प्रदान गरी कार्यक्रम प्रभावकारितामा जोड दिने । 

परिचालन, अनुगमन तथा मूल्याङ्कन

  • नियमित रुपमा सामुदायिक शिक्षक कर्मचारीहरुलाई परिचालन गरी दैनिक उडान कक्षा संचालनमा आवश्यक सहयोग गर्ने । साथै सामुदायिक शिक्षकहरुको कार्यसम्पादनको निरीक्षण तथा मूल्यांकन गर्ने । 
  • स्थानीय रुपमा विद्यमान स्रोत साधनको अधिकतम परिचालन गरी कार्यक्रम प्रभावकारितामा जोड दिने । 
  • विस्तृत कार्ययोजना प्रदान गर्दै कार्यक्रम सामाग्री तथा सुविधाहरुको नजिकबाट निगरानी गर्ने । 
  • फिल्डमा सञ्चालन गरिएका परियोजना गतिविधिहरुको नियमित निरीक्षण गर्ने, प्रतिक्रिया तथा पृष्ठपोषण तयार गर्ने, सिकाई रेकर्ड गर्ने एवं समस्या, चुनौती तथा समाधानहरु रेकर्ड गरी रिपोर्टिङ्ग प्रणालीको आवश्यक घटकहरु कार्यक्रम संयोजकलाई पेश गर्ने । 
  • तथ्याङक संकलन र रुजु गरी कार्यक्रमको अनलाईन व्यवस्थापन सूचना प्रणालीमा तथ्याङ्क प्रविष्ट तथा अध्यावधिक गर्ने  ।

रिपोर्टिङ्ग तथा दस्तावेजीकरण

  • कार्यक्रम संयोजकलाई मासिक, त्रैमासिक, अद्र्यवार्षिक, वार्षिक एवम् आवश्यकता अनुसारको रिपोर्टहरु उपलब्ध गराउने तथा रिपोर्ट तयारीमा सहयोग गर्ने । 
  • विशिष्ट सिकाई परिणामहरुको ट्रयाकिङ्ग, मूल्याङ्कन र रिपोर्टिङ्ग तथा दस्तावेजीकरणको साथै जीवन परिवर्तन प्रमाणहरुलाई सुनिश्चित गर्ने ।
  • कार्यक्रम कार्यान्वयन सम्बन्धी कागजातहरु जस्तै: माइन्यूट, डाटाबेस परिणाम फाराम, घटना अध्ययन, सफलताको कथा लगायत लक्षित वर्गको जीवन परिवर्तन सम्बन्धी प्रमाणहरु तयार गर्ने र रिपोर्टिङ्ग गर्ने । 

समन्वय तथा सहकार्य

  • पालिकाभित्र सहज रुपमा परियोजना कार्यान्वयन तथा प्रभावकारिताका लागि स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायहरुसंग नियमित र निरन्तर रुपमा समन्वय तथा सहकार्य गर्ने ।
  • स्थानीयस्तरमा अभियानहरु, व्यक्तिगत घटना दर्ता, विद्यालय भर्ना अभियान, बालविवाह विरुद्धको अभियान)  संचालन गर्न स्थानीय सरकारसंग समन्वय गर्ने । 
  • विभिन्न सरोकारवाला, स्थानीय साझेदारहरु (गाउँ/नगर पालिका, वडा कार्यालय, सामुदायिक सिकाई केन्द्र, शिक्षा समिति, बाल संरक्षण समिति, विद्यालय आदि) संग समन्वय गरि बैठक आयोजना गर्ने ।

अन्य

  • संस्थागत नीति, दिशा–निर्देश, विनियम तथा नियमावलीलाई अनिवार्य रुपमा पालना गर्ने ।
  • शुन्य सहनशीलता नीति अन्तर्गतका बालसंरक्षण नीति, लैङ्गिक नीति, जालसाजी बिरुद्धको नीति एवं संस्थाको आचारसंहितालाई अनिवार्य रुपमा पालना गर्नुपर्ने । 
  • संस्था तथा परियोजनालाई आवश्यक पर्ने अन्य तोकिएको कार्य तथा जिम्मेवारीहरु पुरा गर्ने । 

पद:

जिबिकोपार्जन सामाजिक परिचालक

आवश्यक संख्या

१ जना

योग्यता:

प्रविणता प्रमाणपत्र तह वा सो सरह र कम्तिमा ३ वर्षको कार्य अनुभव

अनुभव:

जीविकोपार्जन सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ । कार्य अनुभवलाई ग्राह्यता दिईनेछ ।

कार्य उद्देश्य (Job Purpose):

समग्र जनउत्थान केन्द्र, सिरहा र केयर नेपालको संयुक्त साझेदारीमा संचालित UDAAN V परियोजना अन्तर्गतको परियोजनाका कार्यक्रम अधिकृतसंग निकट रहेर सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

ग्राह्यता:

स्थानीय, महिला, दलित, सिमान्तकृत समुदाय र अनुभवीहरु ।

कार्यको मुख्यजिम्वेवारी (Job Responsibilities/Main Duties)

कार्यक्रम क्षेत्र

कार्य जिम्मेवारी

जिविकोपार्जन र वित्तिय समावेशीकरण

  • कार्यक्रम अंतर्गत व्यवसाय गरिरहेका उद्यमीहरुको घरदैलो भ्रमण गर्ने ।
  • उद्यमीहरुको तथ्याङ्क संकलन तथा विश्लेषण गर्ने ।
  • व्यवसायिक उत्प्रेरणा, उद्यमविकास, व्यवसायिक योजना अध्यावधिक गर्नको लागी सहजीकरण गर्ने । 
  • उद्यमीहरु छनौट गर्न र मापन गर्नका लागि बिभिन्न विधि तथा औजारहरु तयार गर्ने ।
  • किशोरीहरुका लागि सीपमुलक तालिम पहिचान गरी प्रदान गर्न र कार्यन्वयन गर्न समन्वय एवं सहयोग गर्ने ।
  • जिविकोपार्जन सुधार तथा बैकल्पिक आयश्रोतका लागि सेवा प्रदायक सरोकारवालाहरुसंग समन्वय गर्ने ।
  • उद्यमीहरुका सफलताका कथा तयार गर्ने ।
  • उद्यमीहरु तथा अभिभावकबिच मासिक बैठक गर्ने ।
  • गरिबी, सामाजिक अन्याय र जोखिमको अन्र्तनिहीत कारणहरुको विश्लेषण प्रकृयाका लागि तथ्याङ्क संकलन गर्ने ।
  • स्थानीय स्वयंसेवी सहजकर्तामार्फत संचालन गरिएको वित्तिय साक्षरता, व्यवसाय व्यवस्थापन र उद्यमशिलता सत्रको आवश्यकता अनुसार सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा उपलब्ध सेवा प्रदायकहरुको सूची तयार गरी ती सेवा प्रदायक र उद्यमीहरुको बीचमा सम्बन्ध विस्तार गर्ने । 
  • प्रत्येक उद्यमीहरुलाई व्यवसायिक योजना तयारी गर्नका लागि सहयोग गर्ने । 
  • उद्यमीहरुलाई मासिक आय-व्ययको रेकर्ड राख्न सहयोग गर्ने । 
  • उद्यमीहरुका व्यवसाय सफल पार्नका लागि बिभिन्न रणनीति तयार गर्ने ।
  • उद्यमीहरुलाई बचत गर्नका लागि बिभिन्न बित्तीय संस्थाहरुसंग समन्वय गर्ने र बचत गर्न प्रोत्साहन गर्ने ।

सामाजिक मूल्य-मान्यता र मनोसामाजिक

  • समुदायमा उद्यमी किशोरीहरुको नक्साङ्कन गरी किशोरी तथा अभिभावक समूह गठनमा सहजीकरण गर्ने । 
  • रुपान्तरण सत्र संचालनमा किशोरीहरुको नियमित उपस्थिति सुनिश्चित गरी सहजीकरण गर्ने । 
  • स्थानीयस्तरमा अभियानहरु (व्यक्तिगत घटना दर्ता, विद्यालय भर्ना अभियान, सचेतना कार्यक्रम)  संचालन गर्न स्थानीय सरकारसंग समन्वय गर्ने । 
  • फिल्डस्तरमा सामाजिक तथा धार्मिक अगुवाहरुको सहभागिता सहितको कार्यक्रम आयोजना गर्न सहयोग गर्ने । 
  • विभिन्न सरोकारवाला स्थानीय साझेदारहरु – गाउँ/नगर शिक्षा समिति, बाल संरक्षण समिति, उद्यमी समूह, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति) हरुसंग आवश्यकता अनुसार बैठक आयोजना गर्ने ।

अनुगमन तथा मुल्याङ्कन

  • तथ्याङ्क संकलन र रुजु गरी कार्यक्रमको अनलाईन व्यवस्थापन सूचना प्रणालीमा तथ्याङ्क प्रविष्ट तथा अध्यावधिक गर्ने (उपस्थिति, अभिभावक तथा किशोरी समुह बैठक, उद्यमी समूह बैठक तथा त्यस सम्बन्धी विवरणहरु) । 
  • आफ्नो जिम्मेवारी अनुसारको मासिक कार्ययोजना तथा प्रतिवेदन तयार पार्ने । 
  • परियोजनाको लक्षित वर्गसंग सम्बन्धित घटना अध्ययन प्रतिवेदन तयार गर्ने । 
  • विभिन्न सर्वेक्षण तथातथ्याङ्क संकलन र कार्यक्रमसंग सम्बन्धित क्रियाकलापको दस्तावेजीकरण गर्ने । 
  • बिभिन्नस्तरमा अनुगमन गर्नका लागि सहयोग तथा समन्वयन गर्ने (स्थानीय सरकार, दातृ निकाय, संस्थागत र स्व–स्तरमा)
  • अनुगमन गर्दा उद्यमीहरुका व्यवसायमा केही कमजोरी देखिएमा वा प्रभावकारी नभएको खण्डमा सल्लाह सुझाव प्रदान गरी सहयोग गर्ने ।

सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता (छोटो सूचि (Shortlist) मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तरवर्तामा सामेल गराईने छ ।

यस संस्थाले प्रतिस्पर्धात्मक  विधिबाट कर्मचारी  छनौट गर्दछ र छनौटको चरणमा कुनै पनि प्रभाव पार्ने प्रयास गरिएमा त्यस्तो आवेदकको आवेदन छनौट प्रकृयामा समावेश गरिने छैन । साथै यस सूचना वमोजिमको कर्मचारी छनौट प्रकृयाहरु कारण देखाई वा नदेखाई आंशिक वा पूर्ण रुपमा स्थगन वा रद्द गर्ने अधिकार समग्र जन उत्थान केन्द्र, लहान, सिरहामा निहित रहेको छ ।

समग्र जन उत्थान केन्द्र,

लहान नगरपालिका ६, नयाँ बजार सिरहा

फोन नं. ०३३-५६३०१२

Overview

Category Development and Project, Development / NGO
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Oct, 2023
Apply Before 04 Nov, 2023
City Siraha