कर्मचारीहरु आवश्यकता सम्बन्धी सूचना

Seto Gurans Child Development Service Rupandehi

Details / requirements:

आवश्यकता  !  आवश्यकता ! आवश्यकता !

मितिः २०८१।१०।०३ गते

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको साझेदारी र सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको सहजीकरणमा संचालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा तरकारीको मूल्य श्रृंखला परियोजना सञ्चालनका लागि तपसिलमा उल्लेखित कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

पदन्यूनतम योग्यता र कार्यानुभव योग्यतामुख्य जिम्मेवारी
व्यवसाय विकास अधिकृत (परियोजना प्रमुख) (Business Development Officer)  (१ जना)
  • कृषि विषयमा स्नातकतह  उत्तीर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकास र कृषि उपजको मूल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको । 
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मूल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्बन्धी ज्ञान, सीप भएको । 
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।
  • परियोजना अन्तरगतका कृयाकलापहरुको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवसायको अवसर, सम्भावना तथा चुनौतीहरू पहिचान गरि व्यवसाय विस्तार गर्न सहजीकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको स्तरोन्नती तथा व्यवसाय विकासका लागि बाह्य स्रोतको खोजि गरी परिचालन गर्ने ।
  • तरकारी उत्पादनका लागि अन्य सहयोगी निकायहरू संग समन्वय गरी लक्षित क्षेत्रमा लगानीको सुनिश्चितता गर्ने ।
  • परियोजना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग गर्ने, तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मूल्याङ्कन गरि प्रशोधन केन्द्र तथा स्थानीय तथा बाह्य बजारसंग व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, संचालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
  • समुह सहकारी स्तरमा बैठक, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने  ।
  • परियोजनाका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै परियोजना क्षेत्रका कृषकहरूलाई प्राबिधिक सेवा प्रदान गर्ने ।
  • परियोजना क्षेत्रको तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारवाला निकायमा पेश गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृखलाका पात्रहरुसंग सम्पर्क तथा समन्वय गरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित वस्तुहरूको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनितिक योजना तयार गरि कार्यान्वयन गर्न सहजीकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रलाई व्यवसायलाई दीगो र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने गुणस्तरीय कृषि वस्तु उत्पादनको सुनिश्चितताका लागि मौसमी पात्रो तयार गरी सोहि बमोजिम कार्यक्रम सञ्चालन गर्ने ।
  • परियोजना संचालन तथा कार्यन्वयनका लागि  सरोकारवाला निकायहरूसंग सम्पर्क तथ समन्वय गर्ने ।
  • परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतीहरूको अभिलेखिकरण तथा दस्ताबेजिकरण गर्ने ।

पद: लेखापाल (Accountant)

पद संख्या: १ (एक) जना

  • व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्यानुभव  भएको ।
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्याैट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 
  • सहकारीको व्यवसायीक योजना निर्माण सम्बन्धी ज्ञान भएको ।
  • परियोजना संग सम्वन्धित वित्तिय  कारोबारहरूको सफट्वेयरको प्रयोग गरी लेखा व्यवस्थापन गर्ने ।  
  • मासिक, त्रैमासिक र वार्षिक वित्तिय प्रतिवेदनहरू तयार गरी सम्बन्धित निकायहरूमा पेश गर्ने ।
  • आन्तरिक नियन्त्रणको रणनीति निर्माण गरी लेखा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, विश्वसनिय र पारदर्शी बनाउने । 
  • तरकारी प्रशोधन केन्द्र तथा उपकेन्द्र र सम्बन्धित सहकारीको लेखा व्यवस्थापन प्रणालीलाई व्यवस्थित र चुस्त दुरुस्त बनाउनका लागि सहयोग र सहजीकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको दैनिक हिसाब किताबको बिवरण तयार गरी सम्बन्धित सहकारीको चारखाता वा सफ्टवयरमा प्रविष्ट गर्न सहयोग गर्ने । साथै तरकारी प्रशोधन केन्द्रबाट सञ्चालन गरिएको बजारीकरणको हिसाब किताबको प्रतिवेदन तयार गरी साप्ताहिक रुपमा परियोजना टिम/सहकारी/बजार व्यवस्थापन समितीसँग समिक्षा गर्ने र भावि बजारीकरणको रणनीति निर्माणमा सहयोग तथा सहजीकरण गर्ने । 
  • परियोजनासँग आबद्ध भएका सहकारीहरूको लेखा व्यबस्थापन सफ्टवयर मार्फत गर्नका लागि सहकारीका कर्मचारीहरूको क्षमता विकासमा सहयोग गर्ने । साथै सहकारीको बार्षिक लेखा परिक्षणका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने ।
  • लेखा व्यवस्थापन सँग सम्बन्धित अन्य कार्यहरु गर्ने । 

पद: कृषि  प्राविधिक (Agri- Technician)

पद संख्या: १ जना

  • कृषि विषयमा स्नातक तह उत्तीर्ण गरि कम्तिमा ६ महिना सम्बन्धित क्षेत्रमा काम गरेको अनुभब वा डिप्लोमा (ISc. Ag.) उत्तिर्ण गरी कम्तीमा २ वर्ष अनुभव वा कृषि JTA वा सो सरह उत्तिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र कृषि उपज  मूल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मूल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने
  • मुह सहकारी स्तरमा बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • मौसमी तथा बेमौसमी तरकारीको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने । कृषि प्रशोधन केन्द्रसँग समन्वय गर्दै केन्द्रलाई आवश्यक पर्ने तरकारी उत्पादनको मौसमी पात्रो निर्माण गरी गुणस्तरीय तरकारी उत्पादनको सुनिश्चितता गर्ने । 
  • कृषकहरूको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रबिधी, वित्तिय सेवामा पहुंच बृद्धिका लागि सहकारी र निजीक्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने  । 
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारीको व्यवसाय बिस्तारका लागि मूल्य श्रृंखलाका पात्रहरुसंग सम्पर्क तथा समन्वय गरी बैठकहरु संचालन गर्ने ।
  • परियोजना संचालन तथा कार्यान्वयनका लागि सरकोकारबाला निकायहरुसंग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समूह र सहकारीको परिचालन तथा क्षमता अभिवृद्धि गर्ने ।
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्ताबेजिकरण गर्ने ।

सवै कर्मचारीहरुको कार्यक्षेत्र र कार्यालयसमेत कञ्चन गाउँपालिकामै रहनेछ ।

पेश गर्नपर्ने कागजातहरु

  • निवेदन, वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाण पत्र । इमेल मार्फत पेश गर्नपर्नेछ ।  (निवेदनमा कुन पदका लागि आवेदन गरिएको हो स्पष्ट खुलाउन पर्नेछ ।

प्राथमिकता:

  • महिला, दलित, जनजातीलाई प्राथमिकता, स्थानीय तथा कञ्चन गाउँपालिकाकाका उमेदवारलाई  विशेष प्राथमिकता दिइनेछ ।
  • आवेदन दिने अन्तिम मिति २०८१/१०/१० गते अपरान्ह ५.०० बजे भित्र ।
  • परीक्षाको किसिम: छोटो सूचि, लिखित, र अन्र्तवार्ता (छोटो सूचिमा छनोट भएका उमेदवारलाई मात्र अन्य परीक्षामा सहभागी गराइनेछ ।

नोट: इमेलबाट प्राप्त दरखास्तलाई मात्र मान्यता दिइनेछ ।

रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

आवेदनका लागि इमेल

recruitment.humanresource23@gmail.com

कार्यालयको फोन: ०७१–५३१६३२

Overview

Category Accounting and Finance, Business Development, Development / NGO, Agriculture/Livelihood
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Jan, 2025
Apply Before 23 Jan, 2025
City Rupandehi