कर्मचारी पदपूर्ति सम्बन्धी सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)

कर्मचारी पदपूर्ति सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशन मितिः वि.सं. २०८१ साल मंसीर ४ गते)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) सन् २००० मा बाँके जिल्लामा दर्ता भई स्थापना भएको एक नाफारहित गैरसरकारी संस्था हो । समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाजको स्थापना गर्ने परिकल्पना सहित प्रणालीगत सुदृढीकरण एवम् मानवअधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण संरक्षण र सामुदायीक विकासको क्षेत्रमा काम गरिरहेको छ । यस संस्थाले स्वास्थ्य र पोषण, पेशागत स्वास्थ्य सहयोग, जलवायु परिवर्तन अनुकुलन, विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जीविकोपार्जनका विषयमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा निरन्तर काम गर्दै आएको छ ।

यसै सन्दर्भमा संस्थाले CARE Nepal, iDE Nepal र MAP International सँगको सयुक्त साझेदारीमा बाँके जिल्लाका खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा Mother, Child Wellbeing (पोषण) परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले लक्षित समुदायको खाद्य सुरक्षा, १००० दिनका आमा र बच्चाको पोषणको अवस्थामा सुधार, खानेपानी, सरसफाई र स्वच्छता व्यवहार सम्बन्धी व्यवहार परिवर्तन गर्ने ध्यय राखेको छ । यसै सन्दर्भमा उल्लेखित परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।

१. पदः लजिष्टिक सहायक 

पद संख्याः १ जना

कार्यक्षेत्र: संस्थाको केन्द्रिय कार्यालय, नेपालगञ्ज, बाँके ।

शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट वाणिज्य तथा व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा वाणिज्य वा व्यवस्थापन संकायमा स्नातक तह उतिर्ण गरी कम्तिमा १ वर्षको कार्य अनुभव भएको । 

विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस्:

https://drive.google.com/uc?export=download&id=1ZwTXUcWF2IhinKsHCMt3BbAGBBc9NwTj

२. पद: पोषण र कृषि उत्पादन बजारीकरण सहजकर्ता 

पद संख्या: १ जना

कार्यक्षेत्र: बैजनाथ गाउँपालिका, बाँके

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञानमा डिप्लोमा तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा कृषि नायव प्राविधिक सहायक उतिर्ण गरी ३ वर्षको कार्य अनुभव भएको । बैजनाथ गाउँपालिका भित्रका उम्मेद्वारहरूलाई प्राथामिकता दिईनेछ ।

विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस्:

https://drive.google.com/uc?export=download&id=1qSalY-nUxZTz4hclPLszFW02-FLvj9Aq

दरखास्त पेश गर्नका लागि वैयक्तिक विवरण फारामको लागि यो लिङ्कमा खोल्नुहोस्:

https://drive.google.com/uc?export=download&id=1zWByvT6jwnbLpAPj2l8C8mo7QYFZCoY9

दरखास्त पेश गर्दा समावेश गर्नुपर्ने कागजातहरू

    १. संस्थाको निवेदन फाराममा वयैक्तिक विवरण भरेको प्रतिलिपी 

    २. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

    ३. शैक्षिक प्रमाण पत्रको प्रतिलिपी

    ४. सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव पत्रको प्रतिलिपी 

नोटः उम्मेदवारले वयैक्तिक विवरण फाराममा हाल काम गरिरहेको पछिल्लो संस्था र विगतमा काम गरेको संस्थाको तत्कालिक सुपरभाईजरको नाम, इमेल र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

छनौटका लागि सञ्चालन गरिने परिक्षाको किसिमः लिखित र मौखिक दुबै

आवेदन दिने प्रक्रिया:

माथि उल्लेखित कागजातको प्रतिलिपी सहित यस सूचनासँग संलग्न भएको संस्थाको निवेदन ढाँचामा व्यक्तिगत विवरण तयार गरी यस संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुर (भेरी नर्सिङ्ग कलेजको सामुन्ने) मा स्वयम् उपस्थित भएर वा beegroup.vacancy@gmail.com मा पठाउन सकिने छ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता र अनुभव नपुगेका निवेदनहरूलाई स्वीकार्न संस्था वाध्य हुने छैन । संस्थाले पूर्ण वा आशिंक कुनैपनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा नीहित गर्दछ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गरिने छ । समाजमा पछाडि पारिएका सिमान्तकृत समुदायहरू: दलित, मुस्लिम, मधेशी, जनजाति, महिला, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति आदिलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहन गरिन्छ । यस संस्थामा काम गर्न इच्छुक उम्मेदवारले संस्थाको यौन उप्पीडन, शोषण, दुर्व्यवहार र बाल संरक्षण नीतिका प्रावधानलाई अक्षरशः पालना गर्न जिम्मेवार हुनुपर्ने छ । साथै दरखास्त पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नाता पर्ने व्यक्ति वा स्वार्थको द्वन्द्व आकर्षित हुने अवस्था छ भने निवेदनमा स्पष्ट उल्लेख गरी स्वःघोषणा गर्न अनुरोध गरिन्छ । स्थानीयलाई विशेष ग्राह्यता दिइनेछ ।

दरखास्त पेश गर्ने अन्तिम मितिः २०८१ साल मंसिर १० गते (तदनुसार नोभेम्बर २५, २०२४) बेलुका ४:०० बजेसम्म । यदि दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्मा दरखास्त पेश गर्न सकिने छ । दरखास्त पेश गर्ने सम्बन्धी केही सहयोग आवश्यक परेमा संस्थाको टोलीफोन नं. ०८१ ५५०२९५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Overview

Category Agriculture, Development and Project, Logistics / Procurement
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Nov, 2024
Apply Before 25 Nov, 2024
City Nepalgunj