कर्मचारी आवश्यकता सम्वन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मिति: २०८१/१२/१९
सुर्मा गाउपालीका बझाङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सहयोग समाज, (DHS) बझाङ द्वारा सुर्मा गाउपालीकामा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम “कृषि र पशु विकाशमा आधारित सानाकिसान तथा यूवा उद्यमशिलता विकास परियोजना” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।
१. आवश्यकता सम्वन्धी विवरण:
क) पद: परियोजना संयोजक
पद संख्या: १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव:
- कृषि तथा पशु बिज्ञान विषयमा स्नातक तह उतिर्ण गरी १ वर्ष सामुदायिक विकास, तरकारी, फलफुल, बाख्रा तथा दुधको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन, मुल्यांकंन तथा प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण सम्वन्धी ज्ञान, सीप र अनुभव भएको ।
- कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता, सामाजिक परिचालन, कृषि तथा पशुजन्यवस्तुहरुको वजारीकरणमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- कम्प्युटर सम्वन्धी दक्षता भएको ।
- परियोजना संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नु पर्नेछ ।
ख) पद: लेखा अधिकृत
पद संख्या: १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव
- वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा १ वर्षको कार्यानुभव भएको ।
- लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
- कम्प्युटर सम्वन्धी दक्षता भएको र लेखा सफ्टवेर सम्वन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
- लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
- स्थानीय सरकारको लेखा प्रणाली, वजेट निकासा तथा फछर्यैट र सार्वजनिक खरिद प्रक्रिया सम्वन्धि ज्ञान तथा अनुभव भएको ।
- स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
- कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नु पर्नेछ ।
ग) पद: सामुदायीक सहजकर्ता
पद संख्या: ५ (पाँच) जना (कृषि-४ जना र पशु-१ जना)
न्युनतम योग्यता:
- कृषि बिज्ञान / पशु बिज्ञान (जेटी वा जेटीए) विषय उतिर्ण गरी कम्तिमा १ वर्ष सामुदायिक विकास, तरकारी, फलफुल, बाख्रा तथा दुधको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको।
- स्वावलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
- तालिम सहजीकरण, व्यवस्थापन तथा प्रतिवेदन लेखन सम्वन्धि ज्ञान, सीप तथा अनुभव भएको ।
- महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
- कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
- स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- कम्प्युटर सम्बन्धि ज्ञान भएको ।
- सुर्मा गाउपालिकामा स्थाई बसोवास भएको हुनुपर्नेछ ।
२. सेवा सुविधा: परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति: २०८१ /१२/२५ गते कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरु:
- कुन पदमा आवेदन गरेको हो सोको विवरण समेत खुल्ने गरी निवेदन,
- व्यक्तिगत विवरण (बायोडाटा),
- शैक्षिक योग्यताको प्रमाणपत्र,
- नागरिकताको प्रमाणपत्र,
- सम्वन्धीत विषयको कार्यानुभव पत्र,
- पासपोर्ट साईजको फोटो २ प्रति
- ड्राइभिङ लाइसेन्स (मोटरसाइकलको अनुमती पत्र)
आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी दलित सहयोग समाज (डि.एच.एस.) बझाङको जयपृथ्वी नगरपालिका: १०, चैनपुर स्थित कार्यालय वा dhsvacancy@gmail.com मा दरखास्त बुझाउन सकिनेछ ।
नोट: प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैंन।
दलित सहयोग समाज (डि.एच.एस.)
जयपृथ्वी नगरपालिका–१०, चैनपुर, बझाङ
फोन नं. ०९२–४२१३६७
Overview
Category | Agriculture + Livestock, Accounting and Finance, Development and Project, Development / NGO, Agriculture/Livelihood |
Openings | 7 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 01 Apr, 2025 |
Apply Before | 07 Apr, 2025 |
City | Chainpur, Bajhang |