कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८१/१२/३१
जन जागरण युवा युवा क्लब, बारा
जन जागरण युवा क्लब (JJYC) विगत २६ वर्ष देखि नेपालका १२ जिल्लाहरुमा विभिन्न विकासे काम गरेको अनुभवी तथा दक्ष मानव संसाधन भएको एउटा गैर सरकारी संस्था हो । यस सस्थाले एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN) को साझेदारीमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा “स्थानीय अधिकार कार्यक्रम” संचालन गर्न लागि रहेको छ । उक्त कार्यक्रमको लागि तपसिल बमोजिम पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका १८ वर्ष पूरा गरी ५० वर्ष उमेर पूरा नभएका ईच्छुक नेपाली नागरिकहरुसँग दरखास्त आव्हान गरिएको छ ।
क्र.स. | पद र संख्या | न्यूनतम योग्यता र सीप | मुख्य जिम्मेवारी र भूमिका |
१ | कार्यक्रम संयोजक– १ जना Programme Coordinator- 1 | - जिल्ला, क्षेत्र र समूदायमा कार्यक्रम (बालबालिका, महिला, आयआर्जन, जलवायु परिबर्तन , सवालगत पैरवी सिप ) कार्य अनुभव भएको ।
- बार्षिक कार्यक्रम र बजेट बनाउन सक्ने र त्यसलाइ कार्यन्ययन गर्न सक्ने ।
- बिभिन्न सरकारी तथा गैरसरकारी निकायसंग सम्पर्क समन्यय गर्न सक्ने क्षमता भएको ।
- मानव अधिकारमूखि विकास पद्दति (Human Rights Based Approach) को बारेमा ज्ञान भएको ।
- अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिवेदन तयार गर्न सक्ने
- मान्यता प्राप्त शिक्षण संस्थाबाट ग्रामिण विकास, समाजशास्त्र, सामाजिक कार्य वा सम्वन्धित क्षेत्रमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको वा ( माथि उल्लेख गरिएको बिषयमा स्नाकोतर गरेको लाई बढी प्राथमिकता दिइनेछ )
- सामाजिक क्षेत्रमा कम्तिमा ५ वर्ष कार्य अनुभव भएको ।
- बाइक/स्कुटरको ड्राइभिङ लाइसेन्स भएको
- कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्वन्धि दक्षता भएको ।
| - कार्यक्रम सहज बनाउन स्थानीय निकाय, सरोकारवाला र अधिकारवालाहरूसँग समन्वय गरी तय गतिविधिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने ।
- एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN) तथा जन जागरण युवा क्लबको नीति नियम तथा कार्यक्रमको रणनीतिको आधारमा कार्यक्रमको वार्षिक योजना तथा वजेट निर्माण गर्ने ।
- मासिक, त्रैमासिक र वार्षिक योजना तयार गरी संस्था र सहयोगी साझेदारहरूको आवश्यकता अनुसार पेश गर्ने ।
- सामुदायिक सवालमा पैरवी, जिल्ला क्षेत्र र स्थानिय तहमा कार्यक्रम संचालन गर्ने ।
- स्थानिय तथा प्रदेश सरकार साथै विभिन्न गैरसरकारी संस्थाहरुसंग आवश्यक सम्पर्क समन्यय गर्ने
- तालिमहरुको सहजीकरण गर्ने
- अधिकृत तथा सामाजिक परिचालकहरुको क्षमता विकास गरी परिचालन गर्ने
- आदर्श कोतवाल गाउपालिकामा मा रहेको सम्पर्क कार्यलयमा रहेर काम गर्ने ।
|
२ | कार्यक्रम अधिकृत – १ जना Program Officer- 1 | - स्नातक तह वा सो सरह उत्तीर्ण गरी ३ वर्ष सो सरह पदमा सामाजिक विकास क्षेत्रमा काम गरेको
- अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिवेदन तयार गर्न सक्ने
- कम्प्युटर सीप Microsoft Office प्याकेज र इमेल इन्टरनेटको ज्ञान भएको
- वाल अधिकार, वाल सुरक्षण सम्वन्धी ज्ञान भएको तथा वाल अधिकारको क्षेत्रमा काम गर्न ईच्छुक ।
- फोटोग्राफी सम्बन्धी सीप भएको , धटना अध्यन लेख्न सक्ने क्षमता र ज्ञान भएको ।
- वालवालिकाको क्षेत्रमा काम गरेको तथा स्पोन्सरसीपमा काम गरेकोलाई विशेष प्राथमिकता)
- बाइक/स्कुटरको ड्राइभिङ लाइसेन्स भएको ।
| - कार्यक्रम सहज बनाउन स्थानीय निकाय, सरोकारवाला र अधिकारवालाहरूसँग समन्वय गरी तय गतिविधिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने;
- बालपत्र संकलन प्रविष्टि र सबै तथ्यांक अद्यावधिक गर्नुका साथै नयाँ बाल प्रोफाइल संकलन गरी बाल प्रायोजन प्रणालीमा अद्यावधिक गरी बाल प्रायोजन व्यवस्थापन कार्यान्वयन गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने ।
- आवश्यकता अनुसार प्रशासनिक सहयोग प्रदान गर्ने
- योजना र बजेट तयारी र र कार्यन्वयनमा कार्यक्रम संयोजकलाई सहयोग गर्ने
- घटना अध्ययन प्रतिवेदन तयार गर्ने ।
- गुणस्तर फोटो खिच्ने र अद्याबधिक गर्नै ।
|
३ | प्रशासन तथा वित्त अधिकृत – १ जना Admin and Finance Officer- 1 (Part-time) | - व्यवस्थापन, वाणिज्यशास्त्र वा सम्बन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी ३ वर्ष प्रशासन तथा वित्तिय सम्बन्धि कार्य गरेको ।
- कम्प्युटर सीप Microsoft Office प्याकेज बिषेश गरी MS-Excel र इमेल इन्टरनेटको ज्ञान भएको र लेखा सम्बन्धी सफ्टवेयर चलाउन सक्ने ।
- नेपाल सरकारको कर सम्बन्धी ज्ञान भएको ।
| - संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने गराउने
- कार्यक्रममा आवश्यक कोषको सुनिश्चित्ता गर्ने
- परियोजना तथा संस्थाको आर्थिक कारोबारको हिसाबकिताब दोहोरोलेखा प्रणाली अनुसार चुस्तदुरुस्त राख्ने ।
- संस्थाको सम्पत्तिको बिबरण व्यवस्थित गरी राख्ने
- आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाई दैनिक कारोबारमा सहयोग गर्ने ।
- संस्थाको आर्थिक क्रियाकलाप तथा पालना गर्नपर्ने नीति नियमको बारेमा कार्यक्रम तथा अन्य कर्मचारीहरुलाई अभिमुखीकरण गर्ने गराउने
- बित्तिय बिबरण, प्रगती तथा चुनौतीहरुको कर्मचारी, व्यवस्थापक तथा साझेदार संस्थाहरु समक्ष पेश गर्नुको साथै बिकल्पहरु दिने
- सञ्चालित कार्यक्रमहरुको बित्त ब्यवस्थापनको दृष्टिबाट अनुगमन गर्ने
- आर्थिक मितव्ययीताका साथ कार्यक्रम संचालनमा सहयोग पुऱ्याउने
- कर्मचारीहरुको हाजिरी, विदा तथा ब्यक्तिगत बिबरणहरुका अद्याबधिक अभिलेखहरुलाई व्यस्थित तरीकाले राख्ने
- सम्बन्धित कर्मचारी, ब्यवस्थापक, साझेदारहरु सँग बित्तिय ब्यवस्थापनको बारेमा समन्वय तथा संचार गर्ने
- साझेदार संस्थाको लेखा तथा वित्तीय शाखासँग सम्पर्क र समन्वयमा रही काम गर्ने र मासिक प्रतिवेदन तयार गरी पेश गर्ने ।
|
दरखास्त बुझाउने प्रावधान
दरखास्त दिने अन्तिम मिति: २०८२।०१।०७ गते साँझ ४։०० बजे सम्म ।
इमेल: recruitmentjjycbara@gmail.com
ठेगाना: जन जागरण युवा क्लब, कलैया–०१, मोतिबाग बारा (भौतिक उपस्थितिमा)
नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक , अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ र फिल्डमा नै बसी काम गर्ने ईच्छुक रहेको , निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत:अमान्य हुनेछ । कर्मचारी पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।