कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१।१२।०८
थारु महिला उत्थान केन्द्र (TWUC) वर्दिया एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र किशोर किशोरीहरूको गुणस्तरीय जीवनयापनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन, मानवीय सहायता, संस्थागत विकास, लैङ्गिक समानता, विविधता, सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाद्वारा यु. एन. ओमन सँगको साझेदारीमा बर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लामा सञ्चालन हुन लागेको हाम्रो सहास कार्यक्रम अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक समवेशिकरण, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक विभेदको क्षेत्रमा सवाल पहिचान र पैरवी गर्दै तीनै तहका सरकारहरूसँगको समन्वय र सहकार्यमा कार्यान्वयन हुनेछ । त्यसैले उक्त कार्यक्रममा निम्न लिखित कर्मचारीहरू आवश्यक भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
१. पदः टीम लिडर (Team Leader)
आवश्यक संख्याः १ (एक) जना
उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
योग्यता, अनुभव तथा सिपः
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्राकृतिक स्रोत व्यवस्थापन, समाजशास्त्र, शिक्षाशास्त्र विषयमा स्नातकोत्तर उत्तीण भई ५ वर्ष सम्बन्धित विषय र पदमा कार्य गरेको अनुभव भएको ।
२. पदः परियोजना संयोजक
आवश्यक संख्याः १ (एक) जना
उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
शैक्षिक योग्यता
- अनुभव तथा सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्राकृतिक स्रोत व्यवस्थापन, समाजशास्त्र, शिक्षाशास्त्र विषयमा स्नातकोत्तर उत्तीण भई ३ वर्ष सम्बन्धित विषय र पदमा कार्य गरेको अनुभव भएको ।
आवेदन पेश गर्ने विधिः
सन्दर्भ व्यक्तिहरूको नाम, सम्पर्क नं., इमेलसहितको व्यक्तिगत विवरण सहितको यसै सूचनामा रहेको इमेल twucbardiya2049@gmail.com मार्फत आवेदन पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका, वा रित पुरा नगरेका आवेदनहरू स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उमेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग, तथा स्थानीय सम्बन्धीत जिल्लाको निवेदकलाई प्राथमिकता दिइनेछ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरूसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।
आवेदन पेश गर्ने अन्तिम मितिः २०८१।१२।१५ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
थारु महिला उत्थान केन्द्र
गुलरिया, बर्दिया
फोनः ०८४–४२०३५०
Overview
Category | Education, Leadership, Social Science, Development and Project, Environment and Natural Resource |
Openings | 2 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | B. Ed. (Education), BSC Environment Management, Bachelor's degree in social science |
Posted Date | 21 Mar, 2025 |
Apply Before | 28 Mar, 2025 |
City | Bardiya |