कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८१/११/२४)
सर्बोदय विकासका लागि अभियान नेपाल (सर्बोदय नेपाल) वि.सं. २०६२ सालमा जुम्ला जिल्लामा दर्ता भई समतामूलक, स्वस्थ र आत्मनिर्भर समाज स्थापनाका लागि सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल महिला नेतृत्वदायि एक गैरसरकारी संस्था हो । संस्थाले तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हाल कर्णाली प्रदेशमा र सुदुरपश्चिम प्रदेशमा महिला शसक्तिकरण, महिलाका अतिरिक्त अधिकार संरक्षण र प्रवर्द्धन, वातावरण तथा जैविक विविधताको संरक्षण, शिक्षा, कृषि तथा पोषण तथा स्थास्थ्य, स्वच्छता र जीविकोपार्जन, विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय र साझेदार संस्थाहरूसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यसै सन्दर्भमा संस्थाले महिला, किशोरी र बालबालिकाहरू तथा सिमान्तकृत एवं पछाडिपरेका समुदायको आर्थिक समाजिक र लैगिंक समानाका विषयमा सक्षम बनाउन तथा महिला सशक्तीकरण लागि, UN Women र सर्बोदय नेपाल जुम्लाको साझेदारिमा हाम्रो साहास परियोजना अन्तर्गत जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा र हिमा र डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिकामा महिला शसक्तिकरण, लैगिैक समानता र सामाजिक हानिकारक अभ्यास न्युनिकरण गर्ने र सामाजिक सचेतिकरण, आयआर्जन मार्फत एक समुन्नत समाज निमार्ण गर्ने यस परियोजनाको मुख्य उदेश्य रहेकोछ ।
यसै सन्दर्भमा माथि उल्लेखित परियोजनाका लागि तपशिल उल्लेखित अनुसार पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तोकिए बमोजिमको रित पुर्याएर दरखास्त पेश गर्न यो सूचना आह्वान गरिएको छ ।
विज्ञापन नं.: ०५/२०८१/२०८२
पद: Project Management Coordinator/District Lead
पद संख्या: १ (एक) जना
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट समाज शास्त्र वा ग्रामिण बिकास विषयमा स्नाकोत्तर तह उतिर्ण गरी महिला शसक्तिकरण तथा लैगिंक समानतामा र व्यवहार परिवर्तन सञ्चारका क्षेत्रमा कम्तिमा २ वर्षको कार्यानुभव भएको वा उल्लेखित विषयमा स्नातक तह पास गरी उल्लेखित क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यानुभव भएको ।
विस्तृत कार्यविवरण तलको लिङ्कमा हेर्नुहोला:
https://drive.google.com/uc?export=download&id=1tBQhZKi8CQiO5LA_3trEXlRPQKtdNMy4
विज्ञापन नं.: ०६ /२०८१/२०८२
पद: Monitoring, Evaluation and Documentation Officer
पद संख्या: १ (एक) जना
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट ग्रामिण विकास/ज्ञान व्यवस्थापन/जनसंख्या/विकास अध्ययन/अनुसन्धान/सामाजिक विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको । साथै संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् शसक्तिकरण सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको ।
विस्तृत कार्यविवरण तलको लिङ्कमामा हेर्नुहोला:
https://drive.google.com/uc?export=download&id=16tptQZiF7M4BZBrfolxBfgLwKmRM7W69
पद: सामाजिक परिचालक
पद संख्या: ३ (तिन) जना
उमेर: १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको
कार्यक्षेत्र: सिंजा,कनकाशुन्दरी र जगदुल्ला गाँउपालिका डोल्पा
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट +2/प्रमाण पत्र तह उत्तीर्ण गरी कम्तिमा २ वर्ष सामाजिक परिचालन क्षेत्रमा कार्यानुभव भएको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट तथा ANM/CMA तह उत्तीण गरी कम्तिमा माथि उल्लेखित क्षेत्रमा १ वर्षको कार्यानुभव भएको । साथै महिला शसक्तिरण तथा सामुदायिक परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यनुभव भएको ।
विस्तृत कार्यविवरण तलको लिङ्कमा हेर्नुहोला:
https://drive.google.com/uc?export=download&id=1GRAjSvukV3cHbLFBJ507OYXNrwU7KwYW
Job Application Format link here:
https://drive.google.com/uc?export=download&id=1PxioXSkWfx-mflxnNglGxxREMKFt77ZY
दरखास्त दिने विधि:
दुईजना सन्दर्भ व्यक्तिहरूको (Referees) नाम, फोन नम्बर र इमेल ठेगाना उल्लेख गरी वयक्तिक विवरण (Bio-Data) र निवेदन सहित कार्यालयमा स्वयम् वा अन्य व्यक्ति उपस्थित भई वा हुलाकबाट दरखास्त पेश गर्न सकिनेछ । साथै ईमेल sarbodayanepaljumlavacancy@gmail.com मार्फत पनि दरखास्त पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनैपनि आवेदन, विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा नीहित गर्दछ ।
परिक्षाको किसिमः छोटो सूची (Shortlist) मा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परिक्षामा समावेश गराईने छ । आवश्यक परेमा प्रयोगात्मक अभ्यास पनि गर्न सकिने छ ।
नोट:
दरखास्त दिने अन्तिम मितिः २०८१/१२/०१ गते दिनको ४:०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्म । यदि विज्ञापनको बारेमा केही बुझ्न परेमा तपशिलमा उल्लेखित इमेल वा फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
दरखास्त पेश गर्ने ठेगना
सर्बोदय विकासका लागि अभियान नेपाल (सर्बोदय नेपाल),
जुम्ला
सम्पर्क टेलीफोन नं. ०८७, ५२०४१४
इमेल ठेगनाः sarbodayanepaljumlavacancy@gmail.com
Overview
Category | Social Science, Development and Project, Development studies, Management, NGO/INGO/Social work |
Openings | 5 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 09 Mar, 2025 |
Apply Before | 14 Mar, 2025 |
City |