कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सुचना प्रकाशन मिति: २०८१/१०/०९ र आवेदन दिने अन्तिम मिति: २०८१/१०/१६
दलित बिकास समाज (DDS), सल्यान वि.सं. २०५८ भाद्र ०८ (सन २००१) मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना काल देखि नै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र स्थानिय तहहरुसंगको सहकार्यमा जिल्ला भित्रका पछाडी पारिएका दलित, जनजाती, युवा, महिला तथा बालबालिकाहरुको विविध अवस्थामा सुधार गर्ने, विकासको मुल प्रवाहमा समावेश गरि समतामुलक समाजको सृजना गर्ने, संस्था विकासको माध्यमबाट जनशक्ति र स्थानीय श्रोत परिचालन, सामाजिक परिचालन, क्षमता विकास, आयआर्जन, भौतिक पूर्वाधार, महिला र वालवालिकाको पोषण र स्वस्थ्य स्थितीमा सुधार, मनोसामाजीक सेवा, स्वास्थ्य तथा सरसफाई लगाएत वातावरण संरक्षण, मानव अधिकार, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक न्याय, समान सहभागीता र शान्ति स्थापना जस्ता विभिन्न क्षेत्रमा कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।
यसै अनुरुप दलित विकास समाज सल्यानले बिभिन्न दातृ निकाय तथा साझेदार संस्थाहरु संगको साझेदारीमा सञ्चालित परियोजनाहरुका लागि तपसिल अनुसारका योग्यता पुगेका कर्मचारीहरुको आवश्यकता परेको र निम्न पदमा आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नंबर: ७ क/२०८१/८२
पद र आवश्यक संख्या: फिल्ड अफिसर (क्लिनिकल), १ जना
कार्यक्रम: “स्थानिय सरकारसंगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना”
साझेदार निकाय: वन हार्ट वल्र्डवाइड
योग्यता अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएको वा बि.एस्सी नर्सिङ उत्तिर्ण गरी मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको अनुभव भएको ।
विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।
Link: https://drive.google.com/uc?export=download&id=15oyCy3wMR9dp2inrrTfV5tRVuJXtSIXL
विज्ञापन नंबर: ७ ख/२०८१/८२
पद र आवश्यक संख्या: जिल्ला परियोजना संयोजक, १ जना
कार्यक्रम: “सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना”
साझेदार निकाय: आइ एम स्वीडिस डेभलपमेन्ट पार्टनर
योग्यता अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरी कार्यक्रम व्यवस्थापनका क्षेत्रमा कम्तीमा ३ वर्ष कार्य अनुभव भएको
विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।
Link: https://drive.google.com/uc?export=download&id=1LjbZ57e6FwpSGJX2-IRULXNxGmuysaYI
विज्ञापन नंम्बर: ७ ग/२०८१/८२
पद र आवश्यक संख्या: साक्षरता सहजकर्ता, १ जना
योग्यता अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तह उत्तिर्ण गरी शिक्षा क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको
कार्यक्रम: “साक्षरता कार्यक्रम”
साझेदार निकाय: रुम टु रिड
विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।
Link: https://drive.google.com/uc?export=download&id=1mjRaN73Xbe5BI_q3lpzfpAsmn8y24CcZ
आवश्यक कागजात: आवेदकको सम्पर्क ठेगाना, इमेल, सम्पर्क नम्बर र २ जना सन्दर्भ व्यक्ति (2 Reference persons) हरुको सम्ंपर्क नम्बर र इमेल सहितको बायोडाटा, नागरिकता, निवेदन र सम्वधित पदको लागि आवश्यक पर्ने योग्यताको ट्रान्सकृप्प्ट ।
आवेदन दिने अन्तिम मिति समय र ठाउँ: तल दिईएको लिङ्कमा मिती २०८१/१०/१६ तदअनुसार २९ जनवरी २०२५ गते कार्यालय समय वेलुका ५:०० बजे भित्र आवेदन दिईसक्नु पर्ने छ । आवश्यक जानकारीको लागि ०८८–५२०४०७
https://docs.google.com/forms/d/e/1FAIpQLSfdk_XrKCk8_2HB_T5MwshqbrGTpGbn0L03uD8uoD20QWQ2ew/viewform
(प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित तथा मौखिक परिक्षामा सामेल गराइने छ । सिमान्तकृत महिला, दुर्व्यवहारमा परेका, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गरिन्छ । कृपया आवेदनमा फिल्ड अफिसर (क्लिनिकल) Field Officer Clinical , परियोजना संयोजक Project Coordinator वा साक्षरता सहजकर्ता Literacy Facilitator कुन पदका लागि आवेदन हो भनि स्पस्ट उल्लेख गर्नुहोला ।)
नोट: म्याद नाघि आएका, योग्यता र अनुभव नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै आवेदन स्वीकार गर्ने नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहने छ । सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएकालाई विशेष ग्राह्यता दिइने छ ।
Overview
Category | Development and Project, Development / NGO, Nursing |
Openings | 3 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 22 Jan, 2025 |
Apply Before | 29 Jan, 2025 |
City | Salyan |