कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मिति: २०८१।१०।०३
बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र हेफर प्रोजेक्ट नेपालकोआर्थिक तथा प्राविधिक सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको सहजिकरण र व्यावस्थापनमा सञ्चालन हुने कार्यक्रम लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्कता सम्बन्धी विवरण:
क) पद: कार्यक्रम संयोजक
पद संख्या: २(दुई) जना (१ जना “आत्मनिर्भर बागलुङ” कार्यक्रमको लागि), १ जना बडिगाड गाउँपालिकाको लागि
न्युनतम योग्यता र कार्यानुभव:
- स्नातक तह उतिर्ण गरी ३ वर्ष वा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरि कम्तिमा ७ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
- साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धी ज्ञान, सीप र अनुभव भएको
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्बन्धी ज्ञान, सीप भएको ।
- कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
- कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समयअवधि परियोजना क्षेत्रमा बस्नुपर्नेछ ।
ख) पद: प्राविधिक (पशु स्वास्थ तथा कृषि प्राविधिक )
पद संख्या: १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव:
- भेटनरी तथा कृषि विषयमा जे.टि(JT) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
- कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- प्राविधिक तालिमको आयोजना, सञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
- प्राविधिक परियोजना क्षेत्रमा (field based) बस्नुपनेर्छ ।
ग) पद: लेखा अधिकृत
पद संख्या: २(दुई) जना (१ जना “आत्मनिर्भर बागलुङ” कार्यक्रमको लागि), १ जना बडिगाड गाउँपालिकाको लागि
न्युनतम योग्यता र कार्यानुभव:
- वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
- लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
- कम्प्युटर सम्बन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्बन्धी अनुभवी ।
- लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
- स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको ।
- बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
- नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने । नगरपालिका
२. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति: २०८१/१०/०७ कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
५. आवश्यक कागजातहरू: कुन पदमा आवेदन पेश गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरू को प्रमाणित प्रतिलिपी स्क्यान गरी नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन (NFDF) लाई रहने छ ।
आवेदन फाराम पाईने र बुझाउने ठेगाना
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन (NGDF) बागलुङ, बा.न.पा. ०३, पुरानो सिनेमा रोड बागलुङ -ईमेलः ngdfbaglung@gmail.com
नोटः फोन तथा अन्य माध्यमबाट संस्थालाई प्रभाव पार्ने प्रयास गर्ने उम्मेद्वारहरू आवेदन स्वतः अयोग्य ठहर गरिने भएकोले त्यस्ता प्रयास नगर्न सुचित गरिन्छ ।
पदपुर्ति समिति
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन (NGDF) बागलुङ
बा.न.पा. ०३, पुरानो सिनेमा रोड बागलुङ फोन नं. ०६८-५२०३९८, ५२२०८६
Overview
Category | Agriculture, Accounting and Finance, Development and Project, Business Administration |
Openings | 5 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 16 Jan, 2025 |
Apply Before | 20 Jan, 2025 |
City | Baglung |