कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशन मितिः २०८१/०८/१२)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) सन् २००० मा बाँके जिल्लामा दर्ता भई स्थापना भएको एक नाफरहित गैरसरकारी संस्था हो । समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाजको स्थापना गर्ने परिकल्पना सहित प्रणालीगत सुदृढिकरण एवम् मानवअधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण संरक्षण र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको यस संस्थाले स्वास्थ्य र पोषण, पेशागत स्वास्थ्य सहयोेग, जलवायु परिवर्तन अनुकुलन, विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाई र स्वाच्छता, शिक्षा र जीविकोपार्जनका विषयमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा काम गर्दै आइरहेको छ । 

USAID को आर्थिक सहयोग र केयर नेपालको नेतृत्वमा जपाईगो, एच.डि.आई., आयोन, नेपाल सि.आर.एस. कम्पनीका बीचका सहकार्यमा, यस संस्थाले केएर नेपालसँग साझेदारी गरी बाँके जिल्लाको नरैनापुर गाँउपालिका, डुडुवा गाँउपालिका, जानकी गाँउपालिका र खजुरा गाँउपालिकामा किशोरकिशोरी प्रजनन् स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले सिमान्तकृत समुदायका १० देखि १९ वर्ष समुहका किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्य लगायत सर्वाङ्गिन विकास तथा शसक्तिकरणमा सहयोग गर्ने उद्देश्यक राखेको छ ।  किशोरकिशोरीहरुलार्ई समुदाय तथा घरपरिवारबाट स्वस्थ आचरणको अभ्यासमा क्षमता विकास गर्न एवम् उनीहरुलाई सार्वजनिक र निजी स्वास्थ्य सेवामा सहज पहँुच बढाउन आवश्यक प्रणाली सबलीकरण गर्नका लागि परियोजनाले सहयोग गर्दै आएको छ । उल्लेखित परियोजनाका लागि तपशिल बमोजिमका कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम शैक्षिक योग्यता पुगेका र अनुभवी उम्मेदवारलाई आवेदन पेश गर्नका लागि  दरखास्त आह्वान गरिएको छ ।  

पदः किशोरकिशोरी प्रजनन् स्वास्थ्य सहजकर्ता 

पद संख्याः १ (एक) जना 

कार्य क्षेत्रः नरैनापुर गाँउपालिका, बाँके 

मुख्य जिम्मेवारी: 

  • किशोरकिशोरी प्रजनन् स्वास्थ्य सहजकर्ताले नरैनापुर गाँउपालिकाभित्रका समुदायमा गाउँपालिकाको स्वास्थ्य शाखा, सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी परियोजनाका क्रियाकलापहरु कार्यान्वयन गर्नुपर्ने छ । 
  • गाउँपालिका, वडा र समुदायस्तरमा किशोरकिशोरी, युवा र वयस्कहरुको समुह गठन गरी उनीहरुलाई सहभागी गराई लैंङ्गिक समता तथा सामाजिक समावेशीकरण अधिकृतसँग समन्वय गरेर परियोजनाका क्रियाकलापहरु सञ्चालन र सहजीकरण गर्ने । 
  • गाउँपालिकाको शिक्षा शाखा र विद्यालयहरुसँग समन्वय गरी विद्यालयमा आधारित समुहहरु गठन गर्ने र महिनावारी स्वाच्छता व्यवस्थापन र प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने । 
  • किशोरकिशोरी र उनीहरुका अभिभावकहरुको सामाजिक व्यवहार परिवर्तनका लागि सामाजिक विश्लेषण र कार्य सम्बन्धीका सत्रहरु उनीहरुको सहभागीतामा सञ्चालन र सहजीकरण गर्ने ।  
  • समुदायमा गठन भएका विभिन्न समुहहरुमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान तथा बीचार आदान प्रदान गर्न अन्तरसमूह एवम् अन्तरपुस्ता संवादका सत्रहरु सञ्चालन र सहजीकरण गर्ने । 
  • स्वास्थ्य संस्थाहरुमा सामाजिक उत्तरदायित्व सुदृढीकरणका लागि सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड लागु गर्न सहजीकरण गर्ने । 
  • नजिकका साथीहरुलाई कार्यक्रम सम्बन्धी अभिमुखीकरण गर्ने, डिजिटल एपहरुको प्रयोग र नियमित सत्रहरु सञ्चालन सम्बन्धी सहयोग गर्ने एवम् नियमित अनुगमन गरी आवश्यक सुधारका लागि सहजीकरण गर्ने । 
  • ARH GESIO, PSEO, QAO, YMSNO  सँगको समन्वय र सहकार्यमा फिल्डमा क्रियाकलापहरुको योजना गरी कार्यान्वयन गर्ने । 
  • स्थानीय स्वास्थ्य संस्थाहरु र विभिन्न समूहहरुसँग समन्वय गरी आवश्यक तथ्याङ्कको संकलन गर्ने एवम् व्यक्ति वा समुहमा भएका सकारात्मक सिकाई तथा सफलताका कथाहरु संकलन गर्न अनुगमन तथा अभिलेखीकरण अधिकृतलाई सहयोग गर्ने । 
  • लैङ्गिक उत्तरदायी व्यवहार र यौन दुव्र्यवहार, शोषण, हिंसाका बारेमा कार्यक्रम सहभागीहरुलाई सहजीकरण गर्ने एवम् स्वयम्ले जिम्मेवारीपूर्वक लागु गर्ने र गराउने । 
  • सुपरिवेक्षकको निर्देशन अनुसार कार्य सम्पादन गर्ने । 

योग्यता तथा अनुभव: 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA/ANM/HA/Staff Nurse विषय उत्तिर्ण गरी प्रजनन् स्वास्थ्यका क्षेत्रमा २ वर्षको कार्यअनुभव भएको । 

सीप तथा ज्ञान:

  • सहजीरण र सञ्चार सीपमा नीपुनता भएको । 
  • स्थानीय कार्यक्षेत्रसँग परिचित भएको । 
  • स्थानीय थारु र अवधी भाषामा सञ्चार गर्न सक्ने । 
  • ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक । 
  • किशोरकिशोरी तथा युवा समुहसँग कार्य गरेको अनुभव भएको । 
  • विभिन्न डिजिटल एपहरुका बारेमा जानकारी तथा त्यसको प्रयोग सम्बन्धी दक्षता भएको । 
  • GESI, SBC and Social Norms  सम्बन्धी ज्ञान भएको । 

दरखास्त पेश गर्ने तरिकाः 

योग्यता पुगेका इच्छुक उम्मेदवारले रीतपूर्वक तोकिएको समयभित्र संस्थाले तोकेको दरखास्त नमुना फाराममा पूर्ण विवरण भरी संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुर, बाँकेमा कार्यालय समयभित्र उपस्थित भई दरखास्त पेश गर्न सकिने छ वा ईमेल ठेगाना  beegroup.vacancy@gmail.com मा पठाउन सकिनेछ । 

नोटः मुस्लिम, मधेशी, दलित, जनजाति, यौनिक अल्पसंख्यकलाई दरखास्त पेश गर्न विशेष प्रोत्साहन गरिएको छ । यस संस्थासँग काम गर्ने व्यक्तिले संस्थाको बालसंरक्षण र सेफगार्डिङ्ग नीतिका प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनुपर्नेछ । 

दरखास्त पेश गर्ने अन्तिम मितिः २०८१ साल मंसीर १८ गते १९ गते बुधबार दिउँसो ४ः०० बजेसम्म । 

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education I.N. (Intermediate in Nursing) / Staff Nursing
Posted Date 27 Nov, 2024
Apply Before 04 Dec, 2024
City Nepalgunj