कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

SETO GURANS NATIONAL CHILD DEVELOPMENT SERVICES

Seto Gurans National Child Development Services is a pioneer organization in the field of Early Childhood Development at the national, district, and community levels in Nepal. It is registered as an Educational Non-governmental organization, working since 1979 in advocacy, introducing various modules for children, parents, community, and other stakeholders.

Details / requirements:

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुर-३, झम्सिखेल

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

प्रारम्भिक उमेरका बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन तथा सर्वाङ्गीण विकासको अधिकार सुनिश्चतताका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले माप्य दुधकोशी गाउँपालिका को सहकार्यमा सञ्चालित “ECD Harmony” परियोजना अन्तर्गत देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ ।

कार्यक्षेत्र:

  • सोलुखुम्बु जिल्ला: माप्य दुधकोशी गाउँपालिका

पद

आवश्यक संख्याअवधिन्यूनतम शैक्षिक योग्यता तथा अनुभव
मेन्टरजम्मा- ४ जना (माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्ला)

डिसेम्बर २०२४ देखि डिसेम्बर २०२५ 

(१६ मंसिर, २०८१ देखि-१६ पौष, २०८२ सम्म)

  • शिक्षा संकायमा प्रविणता प्रमाणपत्र उत्तीर्ण (१०+२) वा सो सरह ।
  • शिक्षण पेशा वा प्रारम्भिक बालविकासको क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव भएको ।
  • समुदाय परिचालन सम्बन्धि दक्षता भएको ।
  • स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, प्र.अ., शिक्षक, अभिभावक तथा स्याहारकर्तासँग समन्वय गर्न सक्ने ।
  • प्रारम्भिक बालविकास केन्द्र तथा कक्षा १ का शिक्षकहरूलाई प्राविधिक सहयोग गर्न सक्ने ।
  • तथ्यांक संकलनको अनुभव भएको ।
  • नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको ।
  • कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, Powerpoint)
  • उमेर २० वर्ष पुरा भई ४० ननाघेको ।
  • स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ ।
  • सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ । 
  • उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो वायोडाटा निम्न ठेगाना (ईमेल) setoguransncds.vacancy@gmail.com मा मंसिर १० गते शुक्रबार २०८१, कार्यालय समय भित्र पठाउनुपर्नेछ । (सो समयावधि पछी प्राप्त निवेदन मान्य हुनेछैन)
  • छनौटमा परेका आवेदकहरूलाई लिखित र मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ ।

नोट: महिला, सीमान्तकृत समुदाय तथा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।

Overview

Category Development and Project
Openings 4
Position Type Contract
Experience 1+ years
Education Intermediate (10+2)
Posted Date 19 Nov, 2024
Apply Before 19 Dec, 2024
City Solukhumbu