कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८१।०७।०२)

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, अपाङ्गता/विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाका विभिन्न स्थानीय तहहरुमा कार्य गर्दै आइरहेको छ । 

यसै सन्दर्भमा लेकवेशी नगरपालिकाको समन्वय, हेल्भेटास नेपालसंगको साझेदारीमा खानेपानी योजनाको सुचारुपना अभिबृद्धिका लागि अनुगमन तथा मर्मतसंभार प्रणालीमा सुधार (हेलो धारा) परियोजना लेकवेशी नगरपालिका, सुर्खेतमा एवम् विभिन्न स्थानीय तहसंगको समन्वय र हेल्भेटास नेपालको साझेदारीमा सञ्चालन भइरहेको एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा गरी रिक्त हुन आएका तपसिल बमोजिमका पदहरुमा कर्मचारी आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आव्हान गरिन्छ । 

विज्ञापन नं.: १०।२०८१।०८२ 

पद: सुचारुपना तथा मर्मतसंभार संयोजक (Functionality and Maintenance Coordinator)

आवश्यक संख्या: १ जना 

कार्यक्रम: हेलो धारा

कार्यस्थल: लेकवेशी नगरपालिकाको कार्यालय, सुर्खेत (नियमित रुपमा फिल्ड जानुपर्ने) 

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता 

  • सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह उत्तीर्ण गरी कम्तीमा १ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रसहित कम्तीमा २ वर्षको कार्यअनुभव भएको । 
  • कम्प्युटर एपमार्फत मर्मतसंभार योजनाको लागत स्टिमेट तयार गर्न सक्ने । 
  • स्थानीयस्तरमा कार्यक्रम व्यवस्थापनमा अनुभव, ज्ञान र सिप भएको 
  • नेपाली तथा अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने, संस्थाको तर्फबाट कार्यक्रमका लागि आवश्यक पर्ने सबै खालका प्रतिवेदनहरु लेखन गर्न सक्ने सिप भएको, लेखन प्रस्तुति कौशल भएको र स्थानीय सरकार तथा सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्न सिप भएको । 
  • Word, Excel, Power Point, तथ्यांक विश्लेषण तथा मानव संशाधन व्यवस्थापनमा सिप र ज्ञान भएको ।  
  • इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।

मुख्य कार्यहरु र जिम्मेवारी: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण मा रहेको छ ।

https://sacnepalsurkhet-my.sharepoint.com/personal/tacharya_sacnepal_org_np/Documents/Desktop/Staff%20Selection%20IWRMP+HD/कार्य%20विवरण_Funtionality%20and%20Maintenance%20Coordinator%20and%20Service%20provider.docx

विज्ञापन नं.: ११।२०८१।०८२ 

पद: प्राविधिक सहजकर्ता (Technical Facilitator)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम 

आवश्यक संख्या: १ जना 

कार्यस्थल: कार्यक्रमको कार्यक्षेत्र रहेका ५ वटा स्थानीय तहमध्ये कुनै १ स्थानीय तह (फिल्डवेश) 

आवश्यक शैक्षिक योग्यता तथा अनुभव  

  • सिभिल इजिनियरिङ्ग विषयमा टिएसएलसी वा प्रिडिप्लोमा तह उत्तीर्ण गरी १ वर्ष वा प्लम्बिङ्ग ट्रेड लेभल १ तह उत्तीर्ण गरी २ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा कार्य अनुभव भएको । 
  • आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान तथा चलाउन सक्ने सिप भएको । 
  • खानेपानी योजनाको निर्माण तथा मर्मतसंभार सम्बन्धी अनुभव भएको ।
  • भएको डिजाइन स्टिमेट हेरी निर्माण कार्य गर्न गराउन सक्ने । 

मुख्य कार्य र जिम्मेवारी तथा कार्यविवरण: यसैसाथ रहेको विवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण तलको Link मा रहेको छ । 

https://sacnepalsurkhet-my.sharepoint.com/personal/tacharya_sacnepal_org_np/Documents/Desktop/Staff%20Selection%20IWRMP+HD/Technical%20Facilitator-JD-TOR.docx

उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको (सबै पदका लागि) 

पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार तथा कार्यक्रममा भएको व्यवस्था बमोजिम

प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ । 

दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित दरखास्त दिन सकिनेछ । दरखास्त vacancysac1995@gmail.com मा इमेल मार्फत वा सोझै संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका वा रितपूर्वक पेश नभएका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार तथा अनुचित आर्थिक लेनदेन रोक्नका लागि संस्थाको सम्बन्धित नीतिहरुसहित साझेदार संस्थाको नीतिहरुप्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहलाई मात्र लिखित तथा मौखिकसहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८१।०७।०८ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ । 

थप जानकारीका लागि

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

फोन नं. ०८३ ५२१२८२

इमेल: info@sacnepal.org.np

Overview

Category Engineering - Civil, Development and Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 18 Oct, 2024
Apply Before 24 Oct, 2024
City Surkhet