कर्मचारी आवश्यकता सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८१ साल कार्तिक ०१ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघ सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकास साथै अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागी कार्यरत रहदै आएको छ ।

लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागी महासंघले विगत १४ वर्ष देखि संस्थागत रणनीतिक योजना, राष्ट्रिय अन्तराष्ट्रिय कृषि विकासको परिवेश, नेपाली मौलिक कृषि एवं किसानको भोगाई र अभ्यास साथै  श्रोत साझेदारीमा संचालित गतिविधिहरु, असल अभ्यास र सिकाई प्रमाणमा आधारित नीतिगत एवं विषयगत अभियान गर्दै आएको छ ।

नीतिगत एवं विषयगत अभियान साथैं श्रोत साझेदारसंगको सहकार्यमा संचालित पैरवीसंग सम्बन्धित गतिविधिहरुको ब्यवस्थापकीय जीम्मेवारीको भूमिकामा रही महासंघको राष्ट्रिय सचिवालय काठमाण्डौमा रहि तपशिल बमोजिमको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामा: २०८१ कार्तिक  २१ गते सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाडा  पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पद

संख्या

शैेक्षिक  तथा अनुभव योग्यता

आवश्यक अनुभव तथा मुख्य  जिम्मेवारी तथा कार्यहरु

अभियान ब्यवस्थापक

आम संचार, कानुन,सामाजिक विज्ञान विषयमा कम्तिमा स्नातक तह उर्तिण भई सम्बन्धित पदमा रहि कम्तिमा ३ वर्षको कार्य अनुभव भएको

  • नागरीक समाज संस्थाको पैरवीका चरणमा आधारित पैरवी योजना निर्माण एवं कार्यन्वयन, अभियान रणनीति तयार साथै कार्यन्वयन एवं प्रभाव मुल्यांकनको अनुभव भएको ।
  • संस्थागत सवलीकरणका लागि साझेदार संस्थाहरुसंगको समन्वय, सवालमा  आधारीत अभियानका लागि, कार्यक्रम विकास साथै साझेदारीता र सहकार्यको लागि रणनीतिक भूमिकाको अनुभव भएको । 
  • अभियान एवं  पैरवी सहजीकरण पुस्तकाहरु, अवधारणाहरु विकास साथै तालिम, कार्याशाला संयोजन साथै सहजिकरणको अनुभव भएको ।
  • संजालमा आधारित तहगत संरचनाहरु, कर्मचारीहरुको पैरवी क्षमता विकास तथ्यमा आधारित पैरवीको अनुभव भएको ।
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • समुदाय एवं स्थानीय, प्रदेश, र संघीय तहमा सरोकारवालाहरुसंगको नीतिगत  सम्बाद र नीतिगत पैरवीको अनुभव भएको ।
  • तहगत सरकार, सरोकारवा एवं सामुदायिक सेवा प्रदायसंगको समन्वय, सहकार्य र साझेदारीका काम गरेका अनुभव भएको ।
  • पैरवी घटना लेखन, नीतिपत्र, अडान पत्र तयारी सम्बन्धि अनुभव भएको ।
  • संचार पैरवी, पैरवी सामाग्री निर्माण, उपलब्धिको दस्तावेजिकरण साथै सरोकारवालाहरु समक्ष संप्रेण, प्रकाशन र प्रसारणमा दक्षता भएको । 
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, कार्यक्रम कार्यन्वयन योजना, कार्यन्वयन, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन प्रभाव मुल्यांकन र दश्तावेजिकरण सीप भएको ।
  • सरोकारवालाहरु विच प्रभावकारी संचार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग सम्बन्धि अनुभव भएको ।
  • संस्थागत रणनीतिक कार्ययोजना, प्रकाशन सामाग्री निर्माण तथा अभियान सामाग्रीको तर्जुमामा विशेष दख्खल भएको ।
  • सरोकारवाला एवं साझेदार संस्थासंगको समन्वय, संचार, सम्बन्ध र सहकार्यको लागि सीप र अनुभव साथै प्रतिवेदन लेखनमा दक्षता भएको ।

ईन्टर्न

प्रविणता प्रमाणपत्र तह , स्नातक वा सो सरह

  • लगनशील भई काम प्रति जिज्ञासु साथै ईमान्दारताको कार्य गर्ने ।
  • दस्तावेजिकरण तथा कार्यक्रमसँग सहयोगी कार्य साथै  बैकिङ कार्य तथा अंग्रेजी एवं नेपाली टाइपींङ्ग सीप भएको
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
  • ड्राइभिङ्ग लाइसेन्स भएकोलाइ विषेश प्राथमिकता दिइने छ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मिति: २०८१ कार्तिक २१ गते  सम्म छनौट विधी: लिखित र मौखिक

Overview

Category Development and Project, Law, Development / NGO, Mass Communication/Journalism
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Oct, 2024
Apply Before 06 Nov, 2024
City Kathmandu