कर्मचारी आवश्यकता सम्बन्धि सुचना

Ratauli Yuba Club (RYC)

Details / requirements:

रतौली युवा क्लब, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

दोश्रो पटक सुचना प्रकाशित मिति: २०८१–०५–२० 

आवेदन दिने अन्तिम मिति: २०८१–०५–२७ गते बेलुका ५ बजे सम्म

रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, जनजाति, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका, अपाङ्गता र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियान मार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । 

यसै अनुरुप रतौली युवा क्लब महोत्तरीले CBM नेपालसंगको साझेदारीमा महोत्तरी जिल्लाका दुई वटा पालिकाहरु बलवा न.पा तथा महोत्तरी गाउँपालिकामा Collective Action for Inclusive Practices (CAP) परियोजना लागू गर्न लागेको तथा रतौली युवा क्लब महोत्तरी र Habitat for Humanity Nepal को साझेदारीमा धनुषा जिल्लामा संचालनमा रहेको सुरक्षित आवास (Safe Housing) परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक तोकिएको मापदण्ड र १८ बर्ष पुरा भई ५० बर्ष ननाघेको नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

आवश्यक कर्मचारी

क. विज्ञापन नंबर: ८–२०८१–२०८२

पद: Disability and Inclusion Officer (Collective Action for Inclusive Practices Project)

आवश्यक संख्या: १ जना

योग्यता, अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (ग्रामिण विकास समाजशास्त्र, जनसंख्या वा सोरह) मा स्नातक तह उत्तीर्ण गरी सामाजिक विकास, जिविकोपार्जन तथा सामाजिक समावेशिकरणको क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको । सम्बन्धित पालिकामा बसोबास गरेको, अपाङ्गता तथा महिलालाई विशेष ग्रहता दिनेछ ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

Link: https://drive.google.com/file/d/1lM75o9hqP6S-wG_IlXfPpikKjP5sOL0l/view?usp=sharing

ख. विज्ञापन नंबर: ९–२०८१–२०८२

पद: Finance and Admin Officer (Collective Action for Inclusive Practices Project)

आवश्यक संख्या: १ जना

योग्यता, अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा ३ वर्ष कार्य अनुभव भएको ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

Link: https://drive.google.com/file/d/1QiIR2MQ3oDkrqM_q70cnz_MTGZWtsGZj/view?usp=sharing

ग. विज्ञापन नंबर: १०–२०८१–२०८२

पद: Program Officer (Safe Housing Project)

आवश्यक संख्या: १ जना

योग्यता, अनुभव र सिप:  समाज शास्त्र वा सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण भई कम्तिमा ३ वर्ष कार्यक्रम ब्यवस्थापन तथा सामुदायिक विकासमा कार्य अनुभव भएको । निर्माण तथा सुरक्षित आवास कार्यमा ज्ञान तथा कार्य अनुभव भएको । योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदिमा कार्य अनुभव भएको । सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको । कम्प्युटर संबन्धी व्यवहारिक ज्ञानमा दक्षता भएको ।स्थानिय भाषाका साथै नेपाली र अंग्रेजी भाषामा दोहोरो संचार गर्न, नेतृत्व गर्न सक्ने दक्षता भएको ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

Link: https://drive.google.com/file/d/1t2qKAUaKafBT7rPXork9WNOWKvSw3rzF/view

आवश्यक कागजात

१. हाल सालै खिचेको फोटो सहित आवेदन पत्र

२. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा 

३. नेपाली नागरिकताको प्रमाण पत्र 

४. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

माथि उल्लेखित कागजात सहित लिंक मार्फत दरखास्त दिन सकिनेछ समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता, एकल महिला भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरु लाई प्राथमिकता दिईनेछ ।

आवेदनका लागि:

Application Form Link: https://forms.gle/63F4up6s2VpBdrch8

रतौली युवा क्लव,

प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी

सम्पर्क नं. ०४४–५२०८४३

Overview

Category Development and Project, Finance & Administration, Development / NGO
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Sep, 2024
Apply Before 12 Sep, 2024
City Mahottari