कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Koshi Victim's Society (KVS)

Details / requirements:

कोशी पीडित समाज सप्तरी , राजविराज  नगरपालिका–३, राजविराज 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

सूचना प्रकाशन मिति २०८१/०५/-

सप्तरी जिल्लामा कोशी पीडित समाजले समुन्नत समजका लागी बिभिन्न कार्यक्रमहरु जलबायु उत्थान्शील कृषि, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, विपद् जोखिम न्युनिकारक/व्यवस्थापन, अधिकार तथा सुशासनका क्षेत्रमा विगत २० वर्ष देखि काम गर्दै आइरहेको छ । हाल यस संस्थाले सप्तरी जिल्लाको तिलठीकोइलाड़ी गाउँपालिका, कन्चंरूप नगपालिका र सप्तकोशी नगरपालिकामा द एसिया फाउन्डेसन को आर्थिक तथा प्राविधिक सहयोगमा “दहेज प्रथा अन्त्य कालागि युवा तथा महिला सशक्तिकरण परियोजना” सञ्चालनका लागि तल उल्लेखित पदहरुमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सुचना प्रकाशित भएको मितिले  दिन भित्र निवेदन पेश गर्न यो सुचना प्रकाशित गरिएको छ ।

१. बिज्ञापन नं.०१/०८१/०८२

क. पद:- परियोजना संयोजक

ख. आवश्यक संख्या:- १ जना

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट समाज शास्त्रमा  विषयमा स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष र अन्य विषयमा स्नातक तह उतिर्ण गरि ३ वर्ष सामुदायिक विकास कार्यक्रममा काम गरेको अनुभव भएको ।
  • युवा परिचालन तथा नेतृत्व विकासका सम्बन्धि ज्ञान, शिप र अनुभव भएको । 
  • सामाजिक न्याय तथा लैंगिक समानता सम्बन्धि गहिरो ज्ञान भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, शिप भएको । 
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंन सम्बन्धि ज्ञान शिप भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्ने साथै दस्तावेजीकरण र प्रतिवेदन निर्माणमा (नेपाली र अंग्रेजी दुबै भाषामा) दख्खल भएको ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet साथै नेपाली र अङ्ग्रजी टाइपिङ गर्न सक्ने) सम्बन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा काम गर्न ईच्छुक भएको साथै कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने साथै दुई पांग्रे सवारी साधनको लाईसेन्स भएको ।

२. बिज्ञापन नं.०२/०८१/०८२

क. पद:- सामाजिक परिचालक

ख. आवश्यक संख्या:- २ जना

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • समाज शास्त्र मूल बिषय लिई प्रविणता प्रमाणपत्र तथा १०+२ उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्य अनुभव भएको  । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • युवा तथा महिला र आमा समूह गठन तथा परिचालन सम्बन्धि अनुभव भएको । 
  • स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्बन्धि अनुभव तथा ज्ञान शिप भएको । 
  • महिला तथा युवा सशक्तिकरण, समूह व्यवस्थापन र सामाजिक परिचालन सम्बन्धी दक्षता भएको ।
  • क्षमता विकास तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्बन्धी ज्ञान भएको ।
  • नेतृत्व विकास, लैंगिकता, पैरवी, मधेसी समुदायको कल्चर सम्बन्धि ज्ञान तथा अनुभव भएको ।  
  • परियोजना क्षेत्रमा (field based) नै बसेर काम गर्न सक्ने ।

३. बिज्ञापन नं.०३/०८१/०८२

क. पद:- लेखापाल

ख. आवश्यक संख्या:- १ जना

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
  • कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्बन्धी अनुभवी ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • सार्वजानिक खरिद प्रकृया सम्बन्धि अनुभव भएको
  • बजेट निकासा तथा फछ्यौटका लागि सार्बजनिक लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको । 
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले ७ दिन सम्म (अन्तीम दिन सार्बजनीक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।

४. परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, हाल सालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, हालसालैको पासपोर्ट साईजको फोटो दुई प्रति र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी कोशी पीडित समाज सप्तरीको कार्यालय वा ईमेल: vacancykvs@gmail.com  वा संस्थाको केन्द्रीय कार्यालय राजविराज-३ सर्बोदयटोलमा दरखास्त बुझाउनु पर्नेछ । 

नोट: (छनौट सूचि (Short list) मा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।) छोटो सूचि प्रकाशन तथा छनौट सम्बन्धी अधिकारी संस्थामा निहित हुने छ ।

नोट: सामाजिक परिचालक उमेदवारका लागि सम्बन्धित पालिकाका महिलालाई बिशेष प्राथमिकता दिइने छ ।

संस्थाको ठेगाना: राजविराज नगर्पलिकन वडा न. ३, सर्बोदय टोल 

सम्पर्क नम्बर: ०३१ ५३२५२४, ९८४२८७९२४८

Overview

Category Accounting and Finance, Development and Project, Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 02 Sep, 2024
Apply Before 08 Sep, 2024
City Rajbiraj, Saptari