कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Community & Rural Development Society Nepal, CARDSN

Community and Rural Development Society Nepal (CARDSN) is a non-governmental organization established in 2054 BS with the purpose to support and empower the most vulnerable, poor, and underprivileged population through sustainable interventions for children, youth, and women. It has been working in partnership with different INGO, government bodies and local government for income generation, water supply and sanitation, infrastructure development, social mobilization, GESI and advocacy and good governance.

Details / requirements:

सामुदायिक तथा ग्रामिण विकास नेपाल, विदुर नगरपालिका–४, नुवाकोट 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

सूचना प्रकाशन मिति २०८१/०५/७

नुवाकोट जिल्लामा सामुदायिक तथा ग्रामिण विकास नेपालका कार्यक्रमहरु कृषि, खाद्य सुरक्षा, पोषण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, अधिकार तथा सुशासनका क्षेत्रमा विगत २५ वर्ष देखि काम गर्दै आइरहेको छ । हाल यस संस्थाले शिवपुरी गाउँपालिका, किस्पाङ गाउँपालिका, नुवाकोट र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “शिवपुरी कृषि रुपान्तरण परियोजना” “किस्पाङ कृषि रुपान्तरण परियोजना” सञ्चालनका लागि तल उल्लेखित पदहरुमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न यो सुचना प्रकाशित गरिएको छ ।

१. बिज्ञापन नं.०१/०८१/०८२

क. पद:- परियोजना संयोजक     

ख. आवश्यक संख्या:- २ जना (शिवपुरी गा.पा.–१ जना र किस्पाङ्ग गा.पा.–१ जना)

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि/भेटेरीनरी विषयमा स्नातक तह उतिर्ण गरि कम्तिमा ३ वर्ष र अन्य विषयमा स्नातक तह उतिर्ण गरि ५ वर्ष सामुदायिक विकास कार्यक्रम तथा बाख्रा, दूध, र तरकारीको मूल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता विकासका लागि साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको । 
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको । 
  • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्ने साथै दस्तावेजीकरण र प्रतिवेदन निर्माणमा (नेपाली र अंग्रेजी दुबै भाषामा) दख्खल भएको ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet साथै नेपाली र अङ्ग्रजी टाइपिङ गर्न सक्ने) सम्बन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा र दुर्गम क्षेत्रमा काम गर्न ईच्छुक भएको साथै कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने साथै दुई पांग्रे सवारी साधनको लाईसेन्स भएको ।

२. बिज्ञापन नं.०२/०८१/०८२

क. पद:- प्राबिधिक संयोजक     

ख. आवश्यक संख्या:- २ जना (शिवपुरी गा.पा.–१ जना र किस्पाङ्ग गा.पा.–१ जना)

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • भेटेरीनरी विषयमा I.SC. (Animal Science) उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्य अनुभव, भेटेरीनरी जे.टि. (JT) उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्य अनुभव वा भेटेरीनरी विषयमा जे.टि.ए. (JTA) उत्तीर्ण गरी कम्तिमा ३ वर्ष कार्य अनुभव भएको  
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • पशु उपचारमा राम्रो दख्खल भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्बन्धी ज्ञान भएको ।
  • कृषि तथा पशुवस्तुको बजारीकरण सम्बन्धि ज्ञान तथा अनुभव भएको ।  
  • प्राविधिक संयोजक परियोजना क्षेत्रमा (field based) नै बस्नुपर्ने ।

३. बिज्ञापन नं.०३/०८१/०८२

क. पद:- लेखापाल    

ख. आवश्यक संख्या:- २ जना (शिवपुरी गा.पा.–१ जना र किस्पाङ्ग गा.पा.–१ जना)

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
  • कम्प्युटर (Micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्बन्धी अनुभवी ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्बन्धि अनुभव र ज्ञान सीप भएको । 
  • सार्वजानिक खरिद प्रकृया सम्बन्धि अनुभव भएको
  • बजेट निकासा तथा फछ्यौटका लागि स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको । 
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने ।

४. बिज्ञापन नं.०४/०८१/०८२

क. पद:- सामुदायिक सहजकर्ता

ख. आवश्यक संख्या:- १० जना (शिवपुरी गा.पा.–५ जना, र किस्पाङ्ग गा.पा.–५ जना)

ग. न्युनतम योग्यता र कार्यानुभव:

  • १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकासको क्षेत्रमा कम्तिमा २ वर्षको कार्यानुभव भएको ।
  • महिला समूह गठन तथा परिचालन सम्बन्धि अनुभव भएको । 
  • स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्बन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • महिला तथा युवा सशक्तिकरण, समूह व्यवस्थापन र सामाजिक परिचालन सम्बन्धी दक्षता भएको ।
  • कृषि तथा पशु उद्यमशीलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरित गर्न सक्ने विषेश ज्ञान भएको ।
  • शिवपुरी गाउँपालिकाका लागि शिवपुरी गाउँपालिका र किस्पाङ गाउँपालिकाका लागि किस्पाङ गाउँपालिका क्षेत्र भित्र स्थायी बसोबास भएको ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म (अन्तीम दिन सार्बजनीक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।

४. परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, हाल सालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, हालसालैको पासपोर्ट साईजको फोटो दुई प्रति र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी सामुदायीक तथा ग्रामिण विकास नेपाल, नुवाकोटको कार्यालय वा ईमेल: cardsnepal@gmail.com  वा संस्थाको केन्द्रीय कार्यालय विदुर ४ बट्टारमा दरखास्त बुझाउनु पर्नेछ । 

नोट: (छनौट सूचि (Short list) मा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।) छोटो सूचि प्रकाशन तथा छनौट सम्बन्धी अधिकारी संस्थामा निहित हुने छ ।

नोट: सामुदायिक सहजकर्ता उमेदारका लागि सम्बन्धित पालिकाका महिलालाई बिशेष प्राथमिकता दिइने छ ।

संस्थाको ठेगाना: विदुर नगरपालिका ४, बट्टार

सम्पर्क नम्बर: ०१०-५६०४३७, ९८५१०८४९५९

Overview

Category Agriculture + Livestock, Accounting and Finance, Development and Project, Development / NGO
Openings 16
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Aug, 2024
Apply Before 08 Sep, 2024
City Nuwakot