कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

BASE Organization (Backward Society Education)

Details / requirements:

आवश्यकता !  आवश्यकता ! आवश्यकता !

(प्रथम पटक प्रकाशित मिति: २०८१/०३/२२ गते)

Helen Keller International iDE संस्था संगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा दाङ जिल्लामा सञ्चालन हुने “पोषण मार्फत जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN) को लागि कर्मचारीहरुको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ८ दिन (२९/०३/२०८१) भित्र इच्छुक नेपाली नागरिकले आवेदनका लागि आह्वान गरिन्छ ।

पद

आवश्यक संख्या

शैक्षिक योग्यता

अनुभव तथा क्षमता

कार्यक्रम संयोजक

जनस्वास्थ्य वा नर्सिङ विषयमा स्नातक तह उतीर्ण, वा अन्य विषयमा स्नातक तह उतीर्ण गरी स्वास्थ्य तथा पोषण क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको

स्वास्थ्य तथा पोषण सम्बन्धि कम्तीमा तीन वर्षको कार्य अनुभव भएको, DHIS-2 तथा सरकारको स्वास्थ्य सेवा प्रवाहबारे जानकारी भएको, सहजीकरण, समन्वय तथा विश्लेषण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने ।

लेखा तथा प्रशासण अधिकृत

लेखा तथा व्यवस्थापनमा स्नातक तह उतीर्ण

लेखा तथा प्रशासन सम्बन्धि कम्तीमा ३ वर्षको कार्य अनुभव भएको, परियोजनाले काम गर्ने जिल्ला भित्रको तथा हेलेन केलर ईन्टरनेश्नल र आई.डी.ई. को परियोजनामा काम गरेको, लेखा सम्बन्धि FAMAS software सम्बन्धि जानकारी भएको ।

तथ्याङ्क व्यवस्थापन अधिकृत

जनस्वास्थ्य विषयमा स्नातक वा स्नातकोत्तर तह उतीर्ण

अनुगमन मुल्याङ्कन र दस्तावेजिकरणको क्षेत्रमा कम्तिमा ३  वर्षको  अनुभव भई कम्प्युटर राम्रो सँग चलाउन सक्ने र DHIS- II, Word, Excel मा उत्कृष्ट दक्षता भएको, नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने ।

कृषि तथा पोषण अधिकृत-

Agriculture and Nutrition

कृषि, जनस्वास्थ्य वा पोषण विषयमा स्नातक तह उतीर्ण

कृषि तथा जनस्वास्थ्यका विषयमका  कम्तिमा ३ वर्षको समुदाय तहमा अनुभव भई कम्प्युटरमा दक्षता भएको Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने ।

फिल्ड कार्यक्रम सुपरिवेक्षक- 

Agriculture and Nutrition WASH Supervisor

जे टी वा जे टि ए (कम्तिमा २ बर्ष अनुभव) वा हेल्थ असिस्टेन्ट  वा प्रविणता प्रमाणपत्र तह भएको खण्डमा कृषि र पोषणको क्षेत्रमा अनुभव भएको ।

कृषि र पोषणको क्षेत्रमा कम्तिमा ३ वर्षको समुदाय तहमा कार्य अनुभव भएको ।

फिल्ड कार्यक्रम सुपरिवेक्षक -  WASH Supervisor

स्नातक तह वा प्रविणता प्रमाण पत्र तह (वाश क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव ।

पोषण, स्वास्थ्य तथा विशेष गरी  सरसफाइका क्षेत्रमा कम्तिमा  ३ वर्षको अनुभव

सामुदायिक परिचालक

२०

स्नातक तह वा प्रविणता प्रमाण पत्र तह (पोषण  क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव वा HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको ।

पोषण, स्वास्थ्य, सरसफाइका तथा सामुदायिक परिचालनको क्षेत्रमा कम्तिमा  २ वर्षको अनुभव भएको

थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरु:

  • सामुदायिक परिचालकको हकमा दाङ जिल्लाको १० पालिकामा हरेक पालिकाको लागि २ जना आवश्यकता रहेको र आवेदकले कुन पालिकाका लागि कार्य गर्ने हो निवेदनमा स्पष्ट खुलाउन पर्नेछ ।
  • पेश गर्नुपर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा बैयक्तिक विवरणरवायोडाटा ।
  • यसअघि यस संस्थामा पोषण सम्वन्धी कार्यक्रममा २ वर्षभन्दा बढी अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईने छ । 
  • माथि उल्लेखित फिल्ड सुपरिवेक्षक तथा सामुदायिक परिचालक पदका लागि स्वास्थ्य तथा कृषि सम्वन्धी अध्ययन गरी सामुदायिक परिचालन तथा सुपरिवेक्षकको अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।

परीक्षाको किसिम: लिखित, र अन्तवार्ता (छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ) ।

नोट: दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

आवेदन दिने अन्तिम मिति २०८१/०३/२९ गते  अपराह्न ५:०० बजे भित्र ।

आवेदनका लागि इमेल 

base.hrrc55@gmail.com

Overview

Category Public Health, Accounting and Finance, Development and Project, Development / NGO, Agriculture/Livelihood
Openings 29
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 06 Jul, 2024
Apply Before 13 Jul, 2024
City Bardiya