कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

Kalika Self Reliance Social Center

Details / requirements:

आवश्यकता !  आवश्यकता ! आवश्यकता !

प्रथम पटक प्रकाशित मिति: २०८१।०३।२० गते

Helen Keller International र iDE संगको साझेदारीमा कालिका स्वावलम्वन सामाजिक केन्द्र, कपिलवस्तु द्धारा कपिलवस्तु जिल्लाको १० वटै स्थानिय तहहरुमा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN) को लागि कर्मचारीहरुको आवश्यकता भएकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सातौं (७) दिन कार्यालय समय भित्र (५:०० बजेभित्र) इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

पद

आवश्यक सख्या

शैक्षिक योग्यता

अनुभव तथा क्षमता

कार्यक्रम संयोजक

जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण, वा  नर्सीङ, स्टाफ नर्स, एच.ए. पढेकोकुनैपनि विषयमा स्नातक तह उत्तिर्ण गरी स्वास्थ्य तथा पोषण क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको

स्वास्थ्य तथा पोषण सम्बन्धि कम्तीमा तीन वर्षको कार्य अनुभव भएको, DHIS2 तथा सरकारको स्वास्थ्य सेवा प्रवाहबारे जानकारी भएको, सहजीकरण, समन्वय तथा विश्लेरण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने ।

तथ्याङ्क व्यवस्थापन अधिकृत

जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण भएको

अनुगमन मुल्याङ्कन र दस्तावेजिकरणको क्षेत्रमा कम्तिमा ३  वर्षको  अनुभव भएको कम्प्युटर राम्रो सँग चलाउन सक्ने र DHIS- II, Word, Excel मा उत्कृष्ट दक्षता भएको, नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने ।

कृषि तथा पोषण अधिकृत

कृषि, पोषण वा जनस्वास्थ्य विषयमा स्नातक तह उत्तिर्ण भएको ।

कृषि वा जन स्वास्थ्य क्षेत्रमा कम्तिमा ४ वर्षको समुदाय तहमा अनुभव भएको  कम्प्युटर राम्रो सँग चलउन सक्ने र Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा  प्रतिवेदन  तयार गर्न सक्ने ।

फिल्ड काक्रर्यम सुपरिवेक्षक –Agriculture and Nutrition

जे.टी वा जे.टि.ए वा हेल्थ असिस्टेन्ट  वा प्रविणता प्रमाणपत्र तह भएको खण्डमा कृषि र पोषणको क्षेत्रमा अनुभव भएको ।

कृषि र पोषणको क्षेत्रमा कम्तिमा ३  वर्षको समुदाय तहमा कार्य अनुभव भएको ।

फिल्ड कार्यक्रम सुपरिवेक्षक WASH

मान्यता प्राप्त संस्थाबाट  HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको ।

पोषण, स्वास्थ्य तथा विशेष गरी  सरसफाइका क्षेत्रमा कम्तिमा  ३ वर्षको अनुभव

सामुदायिक परिचालक

मान्यता प्राप्त संस्थाबाट +२ वा HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको ।

पोषण स्वास्थ्य सरसफाइका क्षेत्रमा कम्तिमा  २ वर्षको अनुभव

सामुदायिक परिचालक को हकमा स्थानीय तहहरु वुद्धभुमि, कृष्णनगर, महाराजगन्ज र कपिलवस्तु तथा शुद्धोधन लागि परिचालन गरिने छ ।  

पेश गर्नुपर्ने कागजातहरु

  • आवेदकले अनिवार्य निवेदन पेश गर्नुपर्नेछ, सामुदायिक परिचालकको हकमा हरेक आवेदकले कुन पालिकाका लागि कार्य गर्ने हो निवेदनमा स्पष्ट खुलाउन पर्नेछ ।
  • पेश गर्नु पर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा वैयक्तिक विवरण  (Latest CV)

प्राथमिकता:

  • यसअघि पोषण सम्वन्धी कार्यक्रममा कम्तिमा १ वर्षभन्दा वढीको अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईनेछ । 
  • माथि उल्लेखित फिल्ड सुपरिवेक्षक तथा सामुदायिक परिचालक पदका लागि स्वास्थ्य वा कृषि सम्वन्धी अध्ययन गरी सामुदायिक परिचालन तथा सुपरीवेक्षकको अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।  
  • दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ, र स्थानीयको हकमा स्थानीय हो भनि प्रमाणित गर्ने आधार पेश गर्नुपर्नेछ ।
  • भारतीय बिद्यालय वा बिश्व बिद्यालयबाट परिक्षा उत्तिर्ण गरिएको लब्धाङ्ग पत्र (Mark Sheet/ Transcript) पेश गरेमा सो अनिवार्यरुपमा लिखित परीक्षामा आउदा नोटरी पब्लिकबाट प्रमाणित गरिएको प्रमाणपत्र ल्याउनु पर्नेछ ।

नोट:

  • कर्मचारी भर्ना प्रक्रियामा कुनैपनि किसिमको अवरोध वा प्रभाव पार्ने प्रयास गरिएको खण्डमा सो ब्यक्तिलाई प्रक्रियाबाट अलग गरिने छ । 
  • कार्य अवधी: १ वर्ष (थप हुनसक्ने)

परीक्षाका किसिम: लिखित, र अन्तवार्ता ( छनौट भएका उम्मे्दवारहरुलाई मात्र अगाडीको प्रक्रियामा सहभागी गराइनेछ) ।

नोट: इमेलबाट प्राप्त दरखास्तलाई मात्र मान्यता दिइनेछ ।

आवेदनका लागि इमेल

hr.ksscnepal@gmail.com

कार्यालयको फोन: ०७६५६०२८२

Overview

Category Public Health, Development and Project, Development / NGO, Agriculture/Livelihood, Nursing
Openings 14
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 04 Jul, 2024
Apply Before 10 Jul, 2024
City Kapilvastu, Lumbini Province