कर्मचारी आवश्यकता सम्बन्धी सुचना

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सुचना

प्रकाशित मिति: २०८१/०२/३०

नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा महिला र किशोरीको सशक्तिकरण मार्फत नेपालमा लैङ्गिक समानतामा योगदान गर्न ‘शसक्त महिला सम्बृद्ध नेपाल’ नामक परियोजना  मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशको क्रमश धनुषा, पर्सा, सिरहा, सप्तरी, सुर्खेत, दैलेख, कालिकोट, कञ्चनपुर र डोटी जिल्लामा सञ्चालन भईरहेको छ । 

यूएनएफपीएको सहयोग र सहकार्यमा सीएमसी–नेपालले यस परियोजना कार्यान्वयनको लागि  जनकपुरधाम उपमहानगरपालिका र प्रादेशिक अस्पताल, धनुषा सँग सहकार्य गरि लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन केन्द्र र समुदायमानै गई स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने काममा प्राविधिक सहयोग पुर्याउँदछ । जनकपुरधाम उपमहानगरपालिकामा जुन २०२७ सम्म सञ्चालन हुने यस परियोजनामा रहेर काम गर्ने तपसील बमोजिमको कर्मचारी आवश्यक परेकोले योग्यता पुगेका ईच्छुक नागरिकबाट निवेदन आह्रान गरिएको छ । 

पदः मामला ब्यवस्थापकः २ जना (महिला)

कामको मूख्य जिम्मेवारीः

  • लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरुलाई प्रादेशिक अस्पताल, धनुषामा रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य उपचार, कानुनी सहयोग, सुरक्षित आवास, मनोपरामर्श सेवा लगायत अन्य आवश्यकीय सेवा प्रदान गर्ने काममा सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय गरी सहयोग गर्ने ।
  • लैङ्गिक हिंसाको कारणले मनोसामाजिक समस्या भएका व्यक्ति तथा परिवारका सदस्यलाई एकद्धार संकट  व्यवस्थापन केन्द्र तथा आवश्यकता अनुसार समुदायस्तरमानै गएर मनोपरामर्श सेवा उपलब्ध गराउने ।
  • सी.एम.सी नेपालले सञ्चालन गर्ने तालिम तथा मनोसामाजिक विज्ञद्धारा जिल्लामा गरिने सुपरभिजन कार्यक्रममा अनिवार्य सहभागी भई मनोसामाजिक सहयोग तथा मनोपरामर्शको वारेमा ज्ञान, सीप सिकी लैङ्गिक हिंसा पीडित तथा प्रभावितहरुमा देखा पर्न सक्ने मनोसामाजिक समस्याहरुमा प्रभावकारी मनोपरामर्श सेवा दिने ।
  • लैङ्गिक हिंसावाट पीडितमा देखिएको मनोसामाजिक तथा मानसिक समस्या एकद्धार संकट व्यवस्थापन केन्द्रवाट मात्रै सम्भव नभएमा प्रादेशिक अस्पतालमा उपलब्ध हुने तालिम प्राप्त डाक्टर वा मानसिक रोग विशेषज्ञको सेवाको लागि पीडित तथा प्रभावित व्यक्तिहरुलाई सम्प्रेशण गर्ने ।
  • पहिचान गरिएको केशको बिस्तृत मनोसामाजिक आयामहरु समेटी पूर्ण केश विश्लेषण तयार गर्ने र विस्तृत केश फाईल वनाएर उक्त अभिलेख एकद्धार संकट व्यवस्थापन केन्द्रमा सुरक्षित ढँगले राख्ने । उक्त केन्द्रबाट उपलब्ध गराईएको सवै खालको सेवा र मनोपरामर्श सेवाको विवरण नियमित रुपमा सी.एम.सी. नेपाल र यू.एन.एफ.पी.ए. को अन्य साझेदार संस्थालाई आवश्यकता अनुसार उपलब्ध गराउने । 

    योग्यता :
  • मनोविज्ञान वा सामाजिक कार्य वा स्वास्थ्य शिक्षामा स्नातक तह वा नर्सिङ्ग विषय वा सामान्य चिकित्सा विषयमा प्रविणता प्रमाणपत्र तह (हेल्थ असिष्टेन्ट) उत्तीर्ण गरी मनोसामाजिक मनोपरामर्शकोे ६ महिनाको तालिम लिई लैङ्गिक हिंसाको क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको ।
  • समुदायमा लैङ्गिक तथा घरेलु हिंसा प्रभावित महिलाहरुलाई मनोसामाजिक सहयोग तथा परामर्श गरि प्रभावकारी रुपमा केस व्यवस्थापन गर्न सक्ने सिप भएको । 
  • प्रतिवेदन लेखन, तथ्याकं÷जानकारी संकलन, संचार, संयोजनको आवश्यक सीप भएको ।
  • इमेल, इन्टरनेट, MS Word, MS Excel, Powerpoint प्रयोग गर्ने सीप भएको ।
  • आफुले मनोपरामर्श सेवा दिएका सेवाग्राहीहरुको केस फाईल, सेसन नोट लगायत अन्य सम्पूर्ण जानकारीहरु संकलन गरी ती विवरणहरु गोपनियताका साथ राख्ने सीप भएको ।
  • स्थानीय सरकार, एकद्धार संकट ब्यवस्थापन केन्द्र, सुरक्षित आवास गृह सञ्चालन गरेका संस्था तथा अन्य सहयोगी संघसस्थाहरुसँग समन्वय तथा कार्यगत सम्वन्ध राख्न सक्ने हुनुपर्ने ।
    स्थानीय र विवाहित महिला उम्मेदवारलाई प्राथमिकता दिईनेछ । 

    पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू :
  • नेपाली नागरिकताको प्रतिलिपि एक थान
  • न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपि १, १ थान ।
  • वाञ्छनीय तालिम प्रमाणपत्र, योग्यता तथा अनुभवका प्रतिलिपि १ थान ।
  • व्यक्तिगत विवरण (बायोडाटा)

    सामुदायिक मनोसामाजिक कार्यकर्ता : ३ जना (महिला मात्र)

    न्यूनतम योग्यताः

    शैक्षिक योग्यता: कम्तिमा पनि १२ वा सो सरह उत्तीर्ण गरेको । 
    उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

    अनुभव एवं वाञ्छनीय योग्यता :
  • समुदायमा मनोसामाजिक सहजकर्ता वा सामाजिक कार्यकर्ताको रुपमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने छ ।
  • समुदायमा निहित लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथाममा काम गर्न रुची राख्ने ।
  • उम्मेदवारहरु सम्वन्धित पालिकाको तोकिएको वडाहरु बाट (१७, १९, २१ र २२) हुनुपर्नेछ ।
  • मनोसामाजिक समस्या भएका केशहरुको प्रेषण तथा अनुगमनको अनुभव भएको ।
  • आफुले गरेको कामको प्रतिवेदन बनाउने अनुभव भएको ।
  • दिइएको उत्तरदायित्व राम्रो सँग वहन गर्न प्रतिवद्ध भएको ।
  • स्पष्ट रुपले संचार गर्न सक्ने र आवश्यकता अनुसार गोपनियता कायम गर्ने क्षमता भएको ।
  • प्रतिस्पर्धा एवं अप्ठ्यारो परिस्थितिमा सहयोग गर्न रुची राख्ने ।
  • स्थानीय स्तरमा क्लव, महिला समूह, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था, स्वास्थ्य संस्था, तथा वडामा स्थानीय सरकार तथा अन्य गैर सरकारी संस्थाबाट सञ्चालन भएका अन्य कार्यक्रमसँग समन्वय गर्न सक्ने ।
  • इमेल, इन्टरनेट, MS Word, MS Excel, Powerpoint प्रयोग गर्ने सीप भएको ।
  • स्थानीय तथा राष्ट्रियस्तरमा लैङ्गिक हिंसा सम्वन्धि जानकार तथा यस्ता हिंसाबाट प्रभावितको मनोसामाजिक सहयोगको आवश्यकता तथा सहयोगको प्रकृयावारे राम्रो जानकारी भएको ।
  • उत्सुक एवं नयाँ विषयवस्तु सिक्न ईच्छा भएको ।
  • दलित, जनजाती, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका उम्मेदवारहरुलाई विशेष ग्राह्यता दिइनेछ ।

    पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू :
  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि एक थान ।
  • न्यूनतम शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि १ थान ।
  • वाञ्छनीय योग्यता तथा अनुभवका प्रमाणित प्रतिलिपि १ थान ।

    योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उपयुक्त कागजात तथा व्यक्तिगत विवरण (बायोडाटा) सहित निम्न ठेगानामा बुझाउन यो सुचना जारी गरिएको छ ।

    कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल
    ईमेलःvacancy.cmcnepal@gmail.com 


Overview

Category Counseling / PsychoSocial
Position Type Fixed Term
Position Level Junior Level
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 12 Jun, 2024
Apply Before 18 Jun, 2024
City Dhanusha