कर्मचारी आवश्यकता

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८१/०८/११

रतौली युवा क्लब FCA Nepal को साझेदारीमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आगलागी प्रभावित परिवारहरूको आपतकालीन जीविकोपार्जन पुनःस्थापना (Extended Support for Emergency Livelihood Recovery for Fire-Affected Households in Matihani Municipality) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-Data) सहितको निवेदनका साथ तल उल्लेखित लिङ्क मार्फत आवेदन  आव्हान गरिन्छ ।

१.  पदः जिविकोपार्जन तथा उद्यम विकास अधिकृत - १ जना (विज्ञापन नंः १५–०८१/०८२)

न्यूनतम् योग्यता

१.     व्यवसाय प्रशासन, विकास अध्ययन, कृषि विज्ञान, सामाजिक विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको । 

२.     जिविकोपार्जन प्रवर्द्धन, उद्यम विकास, शिक्षा, सामाजिक विकास र महिला सशक्तिकरण जस्ता क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।

३.     आय आर्जन र व्यावसायिक विकासका लागि तालिम कार्यक्रमहरू डिजाइन र सञ्चालन गर्ने अनुभव।

४.     मूल्य श्रृङ्खला विकास, बजार सम्पर्क र माइक्रोफाइनान्सको राम्रो ज्ञान।

५. लैंगिक समानता, समावेशीकरण, र सामाजिक न्यायका सिद्धान्तहरूको ज्ञान।

६. योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना तथा अर्थ व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।

७. सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको 

कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण, कार्यान्वयन र ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको

२.  पदः सामाजिक परिचालक - १ जना (विज्ञापन नंः १६–०८१/०८२) )

न्यूनतम् योग्यताः

  • कुनै पनि विषयमा प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको । 
  • समुदाय परिचालन, योजना तर्जुमा र कार्यान्वयन र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • निर्धारित समय सीमा भित्र गुणस्तरीय प्राविधिक इनपुट र समर्थन सुनिश्चित गरेर कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न सक्ने ।
  • जिविकोपार्जन तथा उद्यमशिलता विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी ज्ञान भएको ।
  • समुदाय तहमा कार्यक्रम, तालिम, बैठक सहजिकरण, डाटा सर्वेक्षण तथा त्यसको प्रतिवेदन तयार गर्न सक्ने ।

नोट։ निर्धारित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक प्र परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दरखास्त दिने अन्तिम मिति։ २०८१।०८।१७ गते सोमबार साँझ ५։०० बजेसम्म ।

आवेदनका लागि तलको लिङकमा क्लिक गर्नुहोस् 

https://forms.gle/JFRgPSSgZBXZ28mc7   

Overview

Category Development and Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Nov, 2024
Apply Before 02 Dec, 2024
City Mahottari