कर्मचारी आवश्यकता

UNNAT Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मिति: २०८१ भदौ १६ गते

उन्नत नेपाल, युवाहरूको नेतृत्वमा स्थापनाकालदेखि मानव अधिकार तथा सामाजिक न्यायका लागि सशक्तिकरण, युवा सशक्तिकरण, संस्कृति प्रवर्द्धन, बालविवाह तथा दाईजो विरुद्धको अभियान, लागु औषध विरुद्धको अभियान लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । द एशिया फाउण्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएआईडी नागरिक समाज र सञ्चार (USAID CSM) कार्यक्रम अन्तर्गत Combating Socio-Cultural Malpractices for an Inclusive Madhesh Province कार्यान्वयनका लागि तपसील बमोजिमको दक्ष नेपाली जनशक्ति आवश्यक भएकोले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र संस्थाको ईमेलमा दरखास्त पेश गर्न सूचना आह्वान गरिएको छ ।

विज्ञापन नं.

पद

माग संख्या

योग्यता तथा अनुभव

(०१) ०८१/०८२

परियोजना संयोजक

१ (एक जना)

  • मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तिर्ण गरेको,
  • सामाजिक विकास, अधिकारको क्षेत्रमा संयोजक वा सो सरहको स्तरमा कम्तीमा ३ वर्षको कार्य अनुभव,
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान र सीप भएको तथा ईमेल र ईन्टरनेट चलाउन सक्ने,
  • नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,
  • कर्मचारी परिचालन सम्बन्धी ज्ञान र अनुभव भएको, दातृ निकायको कार्यशैली, नियम तथा GEDSI बारे ज्ञान भएकोलाई प्राथमिकता दिईनेछ ।

(०२) ०८१/०८२

प्रशासन तथा वित्त अधिकृत

१ (एक जना)

  • मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक वा सो सरह उत्तिर्ण गरेको,
  • प्रशासन तथा वित्त व्यवस्थापनको क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको,
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान र सीप भएको, ईमेल र ईन्टरनेट चलाउन सक्ने,
  • बजेट तथा योजना निर्माण गर्न सक्ने, नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन तयारी गर्न सक्ने ।

(०३) ०८१/०८२

सामाजिक परिचालक

(नगराइन नपा, धनौजी गापा र मुखियापट्टी मुसरनिया गापा)

३ (तीन जना)

  • मान्यता प्राप्त बोर्डबाट १०+२ वा सो सरह उत्तिर्ण गरेको,
  • सामाजिक विकास तथा अधिकारको क्षेत्रमा सो सरहको कार्य अनुभव भएको,
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान र सीप भएको, ईमेल र ईन्टरनेट चलाउन सक्ने ।

आवश्यक कागजातहरू:

आवेदन गर्न चाहेको पद सहितको निवेदन, कम्तिमा २ जना सन्दर्भ व्यक्तिहरूको नाम र सम्पर्क फोन नम्बर सहितको बायोडाटा तथा आवेदन पत्र सहित आवेदन पेश गर्नु पर्नेछ । रित विपरित प्राप्त आवेदन छनौट प्रक्रियामा समावेश गरिने छैन ।

छनौट प्रक्रिया:

छोटो सुचीमा परेका उम्मेवारहरूलाई मात्र सम्पर्क गरिनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत तथा स्थानियहरुलाई प्राथमिकता दिईनेछ ।

परिक्षाको किसिम:

लिखित र अन्तवार्ता ।

कार्य अवधी:

१ वर्ष

सेवा तथा सुविधा:

संस्थाको नियमानुसार हुनेछ ।

सुरक्षा निती:

 उन्नत नेपालले आफ्नो सुरक्षा नीतिलाई उच्च मूल्याङ्कन गर्छ, जसमा बाल सुरक्षा निती र विश्वव्यापी उत्पीडन विरोधी नीति समावेश छ, र सबै कर्मचारी र कार्यक्रमहरू बालबालिकाका लागि सुरक्षित छन् भनि सुनिश्चित गर्न कठोर प्रक्रियाहरू गर्न प्रतिवद्ध छ । सबै उम्मेदवारहरूको कडा पृष्ठभूमि जाँच हुनेछन् । उन्नत नेपालले बालबालिकालाई सुरक्षित राख्न प्रतिबद्ध छ र छनोट प्रक्रियाले बालबालिकालाई दुर्व्यवहारबाट जोगाउने यो प्रतिबद्धता झल्काउँछ ।

उन्नत नेपाल

जनकपुरधाम -४, विश्वकर्मा चौक

धनुषा, मधेश प्रदेश

ईमेल: career.unnatnepal@gmail.com

Overview

Category Social Science, Development and Project, Finance & Administration, NGO/INGO/Social work
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 01 Sep, 2024
Apply Before 07 Sep, 2024
City Janakpur