कर्मचारी आबश्यकता सम्बन्धी सूचना
Details / requirements:
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, प्यूठान
कर्मचारी आबश्यकता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०९/१५
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक रुपान्तरणका लागि कृयाशील आम सदस्यतामा आधारित एक नागरीक समाजको संस्था हो । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाका रुपमा स्थापित यो संस्था सामाजिक परिचालन तथा सामुदायिक सशक्तिकरण, स्वास्थ्य, पोषण र सरसफाई तथा स्वच्छता, साना भौतिक पूर्वाधार निर्माण, जलवायु परीवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण एवं जिवीकोपार्जन तथा उद्यमशिलता विकास गरी पाँच मूख्य कार्यक्षेत्रमा कृयाशील रही आएकोछ । यस संस्थाले सुशासन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, एड्भोकेसी तथा स्थानिय क्षमता विकासलाई प्रमूख सवालका रुपमा ग्रहण गर्दै लक्षित वर्गको सशक्तिकरण र सेवामूलक कार्य मार्फत नागरिकहरुको स्वाबलम्बी जीवनको प्रवद्र्धन गर्दछ । संस्थाको लक्षित उद्देश्य प्राप्तीका लागि यस संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था, स्थानियतह लगायत सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्य गर्दै आएको छ । हाल यस संस्थाले युएसएडको आर्थिक सहयोग तथा हेलेन केलर ईन्टरनेशनलको साझेदारीमा प्यूठान जिल्लामा युएसएड एकीकृत पोषण परियोजना सञ्चालन गर्न लागि रहेकोछ ।
युएसएड एकीकृत पोषण (जुन २०२४ देखि जुन २०२९) नेपालमा स्वास्थ्य, खाद्य, खानेपानी, सरसफाई तथा स्वच्छता, शिक्षा र सामाजिक सुरक्षा प्रणालीहरुको सुदृढीकरण मार्फत सेवासुबिधाबाट बञ्चित एवं सिमान्तकृत समुदायका महिला, किशोर किशोरी र बालबालिकाको पोषण स्थिती सुधारका लागि प्रतिबद्ध बहुक्षेत्रीय परियोजना हो ।
प्यूठान जिल्लामा यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि देहाय बमोजिम योग्य कर्मचारीहरु तत्काल आवश्यक परेकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वक दरखास्त आह्वान गरिएको छ ।
विज्ञापन नं: ०५/०८१/८२
पद: कार्यक्रम संयोजक (Program Coordinator)
आवश्यक संख्या: १ (एक) जना ।
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य, स्वास्थ्य तथा पोषण वा सम्बन्धीत विषयमा स्नातक तह उत्तीर्ण गरेको । स्नातकोत्तर तह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
अनुभव: सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा न्यूनतम पाँच बर्ष कार्य गरेको जसमध्ये न्यूनतम दुई बर्ष बिभिन्न सरोकारवाला निकायहरुको समन्वयमा स्वास्थ्य र पोषण सम्बन्धी कार्यक्रम व्यवस्थापन गरेको अनुभव हुनुपर्नेछ ।
दक्षता:
- परियोजनाको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र प्रतिवेदन लेखनमा दक्षता भएको ।
- कर्मचारीको दक्षता विकास र टीम परिचालनमा दक्षता भएको ।
- साझेदार, सरोकारवाला र सञ्जालहरुसंग प्रभावकारी समन्वय गरेको र बैठकमा नेतृत्व गरेको ।
- अंग्रेजी र नेपाली दुबै भाषामा प्रवीणता ।
- कम्प्युटरमा वर्ड, एक्सेल र पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको ।
- दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको ।
- जिल्लाको दूर्गम स्थानहरुमा नियमित भ्रमण गरी कार्य गर्न प्रतिबद्ध रहेको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1HcmHaUucUs6A-KbSPIp1Gf4NSvlllSx2/view?usp=sharing
विज्ञापन नं.: ०६/०८१/८२
पद: अनुगमन तथा मूल्यांकन अधिकृत (MEL Officer)
आवश्यक संख्या: १ (एक) जना
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण वा सो सरह) मा स्नातक तह उत्तीर्ण ।
अनुभव: संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण सहित स्वास्थ्य सम्बन्धी परियोजनामा अनुगमन तथा मुल्यांकन सम्बन्धी तथ्यांक व्यवस्थापन गरेको न्यूनतम ३ बर्षको अनुभव भएको ।
दक्षता:
- तथ्यांक संकलन, विश्लेषण र व्यवस्थापनमा सक्षम भएको ।
- परियोजनाको योजना तर्जुमा, अनुगमन र हरेक क्रियाकलापको गुणस्तर निश्चित गर्न डकुमेन्टेसन गर्ने र प्रतिवेदन लेख्ने शिप भएको ।
- अंग्रेजी र नेपाली भाषामा पेशागत लेखन क्षमता, बोल्ने र अनुवाद गर्ने शिप भएको ।
- कम्प्युटरमा वर्ड, एक्सेल र पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको ।
- दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको ।
- जिल्लाको दूर्गम स्थानहरुमा नियमित भ्रमण गरी कार्य गर्न प्रतिबद्ध रहेको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1VYtLYYSbgDDa0kUFIJ9-g_usC7JwFaZZ/view?usp=sharing
विज्ञापन नं.: ०७/०८१/८२
पद: बित्त तथा प्रशासनिक कार्य सञ्चालन अधिकृत (Finance and Operation Officer)
आवश्यक संख्या: १ (एक) जना
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्तशास्त्र, वाणिज्य प्रशासन तथा व्यवसाय शिक्षा) मा स्नातक तह उत्तीर्ण ।
अनुभव: गैरसरकारी वा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, बजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम् लेखा प्रणालीमा न्यूनतम ३ वर्ष कार्य अनुभव भएको ।
दक्षता:
- लेखा व्यवस्थापनका लागि FAMAS सफ्टवेयर प्रयोग गरी प्रतिवेदन तयार गर्ने शीप भएको ।
- बित्तीय सुशासन, कर्मचरी प्रशासन तथा आन्तरीक नियन्त्रण प्रणाली व्यवस्थापनमा दक्षता भएको ।
- कम्प्युटरमा वर्ड, एक्सेल र पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1ws2k5oRB3GZdrCigmv5sK0q3MmpnS9aF/view?usp=sharing
विज्ञापन नं.: ०८/०८१/८२
पद: पालिका अधिकृत (Municipal Officer)
आवश्यक संख्या: ७ (सात) जना
शैक्षिक योग्यता:
- मान्यताप्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग वा सम्बन्धीत विषयमा स्नातक तह उत्तीर्ण ।
- वा कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी स्थानियतहको स्वास्थ्य तथा पोषणको क्षेत्रमा न्यूनतम दुई बर्ष कार्य गरेको ।
- वा हेल्थ असिस्टेन्ट, अ.न.मि. वा सि.एम.ए. उत्तीर्ण गरी कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
अनुभव: स्थानिय तह लगायत बहुक्षेत्रीय सरोकारवालाहरुसंग समन्वय गरी सरकारी, गैरसरकारी वा निजीक्षेत्रमा न्यूनतम दुई बर्ष कार्य गरेको ।
दक्षता:
- पालिकाको आवश्यकता अनुरुप स्वास्थ्य, शिक्षा, वास, कृषि लगायतका शाखाहरुसंग प्रभावकारी समन्वय राखी योजना तयार गर्न र कार्यान्वयन गर्न सक्षम भएको ।
- पालिकास्तरका पोषणका सवालमा सरोकारवालाहरुको समेत सहभागितामा पैरबी गर्न र प्रगति अनुगमन गर्न सक्षम ।
- पालिकातहमा सम्पादित कार्यहरुको प्रतिवेदन तयार गर्ने शिप भएको ।
- कम्प्युटरमा वर्ड, एक्सेल र पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको ।
- दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1POlzYG6ICMzl7dd5HJbKMp_TQ2EzQBGW/view?usp=sharing
विज्ञापन नं.: ०९/०८१/८२
पद: पालिका अधिकृत (कृषि विशेष) (Municipal Officer_Agri Specific)
आवश्यक संख्या: १ (एक) जना
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि, भेटेनरी वा पोषण विषयमा स्नातक तह उत्तीर्ण ।
अनुभव: स्थानिय तह लगायत बहुक्षेत्रीय सरोकारलावाहरुसंग समन्वय गरी सरकारी, गैरसरकारी वा निजीक्षेत्रमा न्यूनतम दुई बर्ष कार्य गरेको ।
दक्षता:
- पालिकाको आवश्यकता अनुरुप कृषि लगायत स्वास्थ्य, शिक्षा, वास एवं अन्य शाखाहरुसंग प्रभावकारी समन्वय राखी योजना तयार गर्न र कार्यान्वयन गर्न सक्षम भएको ।
- पालिकास्तरका पोषणका सवालमा सरोकारवालाहरुको समेत सहभागितामा पैरबी गर्न र प्रगति अनुगमन गर्न सक्षम ।
- पालिकातहमा सम्पादित कार्यहरुको प्रतिवेदन तयार गर्ने शिप भएको ।
- कम्प्युटरमा वर्ड, एक्सेल र पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको ।
- दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1z_KxuozQ6a6Wi0fjh-z-9zEJa0tCEtg-/view?usp=sharing
विज्ञापन नं.: १०/०८१/८२
पद: एकीकृत पोषण सहजकर्ता (Integrated Nutrition Facilitator)
आवश्यक संख्या: २ (दुई) जना
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि वा भेटेनरी विषयमा जे.टि.ए. वा सि.एम.ए. वा अ.न.मि. तह उत्तीर्ण ।
अनुभव: स्वास्थ्य तथा पोषणको क्षेत्रमा कम्तीमा दुई बर्ष फिल्ड तहमा कार्य गरेको ।
दक्षता:
- पोषण सुधारका लागि समुदायतहबाट पहिचान गरिएका आवश्यकता सम्बोधनका लागि परीवार, टोल र वडा तहको योजना बनाउन सहजीकरण गर्ने, परीवार र स्थानिय सामुदायिक संगठनहरुको क्षमता विकास र परिचालन गर्ने क्षमता भएको ।
- नेपाली एवं स्थानिय भाषामा सहजीकरण गर्न सक्षम भएको ।
- घर, टोल र वडा तहको प्रगति अभिलेखन र अनुगमन गरी नेपाली वा अंग्रेजी भाषामा प्रतिवेदन तयार गर्न सक्षम ।
- दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको ।
उपरोक्त पदको मूख्य कार्य जिम्मेवारी एवं आवश्यक ज्ञान र शीप सम्बन्धी विवरण तल दिईएको लिंकमा हेर्नुहोला ।
https://drive.google.com/file/d/1qc9_3PPqmbT36axsagYusMu0h3DGgn6D/view?usp=sharing
दरखास्त दिने विधि:
आवेदकले तोकिएबमोजिम कागजात सहित संस्थाको कार्यालय मल्लरानी गा.पा.–४ खलंगा बजार प्यूठानमा प्रत्यक्ष वा ईमेल ठेगाना mrdcc.vacancy@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार तथा बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु प्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व रहेको छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन जानकारी गराइन्छ ।
सेवा तथा सुविधा: परियोजनाको स्विकृत बजेट अनुसार हुनेछ ।
सेवा करार अवधि: ६ महिना (पछि थप हुन सक्ने ।)
नयाँ कर्मचारीको हकमा नियुक्तिको शुरु दुई महिना परीक्षणकाल रहनेछ ।
दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरु:
- सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर तथा ईमेल ठेगाना सहित उल्लेख गरीएको आवेदकको व्यक्तिगत विवरण (CV)
- नागरीकता, शैक्षिक योग्यता, अनुभव, तालिमका प्रमाणपत्रहरुको प्रतिलिपि ।
- काउन्सिल दर्ता आवश्यक हुनेभए उक्त प्रमाणपत्रको प्रतिलिपि ।
- हालसालै खिंचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।
दरखास्त दिने अन्तिम मिति: २०८१/०९/२१ गते (January 5, 2025) कार्यालय समय साँझ ४:०० बजे सम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको मध्यान्ह १२:०० बजे सम्म ।
थप जानकारी:
- रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
- स्वास्थ्य तथा पोषणको क्षेत्रमा अनुभव हासिल गरेका स्थानिय उम्मेदवारहरुलाई प्राथमिकता दिईनेछ ।
बिज्ञापन सम्बन्धी बिस्तृत जानकारीका लागि संस्थाको फोन नं. ०८६–४२०३१८ वा ईमेल ठेगाना mrdcc.hr@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।
Overview
Category | Development and Project, Finance & Administration, Development / NGO, Agriculture/Livelihood |
Openings | 13 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 30 Dec, 2024 |
Apply Before | 05 Jan, 2025 |
City | Pyuthan |