कनिष्ठ अधिकृत (सूचना तथा प्रविधि विभाग)
Details / requirements:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट स्विकृत “घ” बर्गको लुम्विनी प्रदेश स्तरीय संस्था
केन्द्रीय कार्यालय घोराही दाङ
कर्मदारी आवश्यक्ता
प्रकाशित मितिः २०८१/०८/२५
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त लुम्विनी प्रदेश स्तरको यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई कनिष्ठ अधिकृत (सुचना तथा प्रविधि विभाग) कर्मचारीको आवश्यकता परेको हुनाले खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नुपर्ने भएकोले देहायमा उल्लेख भएबमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र दरखास्त आह्वान गरिएको छ ।
तपशिल
विज्ञापन नं. | पद | तह/श्रेणी | आवश्यक संख्या | आवश्यक न्यूनतम योग्यता |
०२/०८१/०८२ | कनिष्ठ अधिकृत (सूचना तथा प्रविधि विभाग) | अधिकृत | १ (एक) | मान्यता प्राप्त विश्व विद्यालयबाट सूचना प्रविधि (IT) मा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य गरेको र लघुवित्त संस्थामा सूचना प्रविधि, सर्भर ब्यवस्थापन, नेटवर्किङ तथा कर्जा सूचना ब्यवस्थापन सम्वन्धि कार्य गरेकालाई विशेष प्राथमिकता दिईनेछ । |
थप जानकारी
१. उमेरको हदः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
२. कार्यक्षेत्रः संस्थाको कार्यक्षेत्र भित्र जुन सुकै स्थानमा रहेर कार्य गर्न सक्ने ।
३. आवश्यक कागजातहरुः पासपोर्ट साइजको २ प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, बायोडाटा, कार्यअनुभवको प्रमाण पत्र र हस्तलिखित निबेदन ।
४. परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता
५. पारिश्रमिक तथा सेवा सुविधाः संस्थाको नियमानुसार रह्नेछ ।
६. परिक्षा दस्तुरः रु. १,०००।
७. दरखास्त बुझाउने स्थानः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय दाङ, शाखा कार्यालयहरु वा इमेलः aatmanirbhar2076@gmail.com
८. लिखित परीषा मितिः पछि प्रकाशित गरिनेछ ।
९. मोटरसाईकल चालक अनुमती प्राप्त भएको ।
नोट: तोकिएको मिति भन्दा पछि प्राप्त भएका वा रित नपुगेका निबेदनहरु स्वतः रद्द हुनेछन् । कुनै पनि उमेदवारको अन्तिम छनौट गर्ने अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।
पदपूर्ति समिति
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय घोराही–१५, दाङ्ग
सम्पर्क नं.: ०८२५६०४८९, ९८६४१४६८०१
Overview
Category | Banking / Financial |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2+ years |
Education | Graduate (Bachelors) |
Posted Date | 09 Dec, 2024 |
Apply Before | 23 Dec, 2024 |
City | Dang |