जिल्ला किशोर किशोरी प्रजनन् स्वास्थ्य व्यवस्थापक (District ARH Manager)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/७/२७ गते । आवेदन दिने अन्तिम मिति: २०८१/८/६
दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२३ देखि USAID/CARE नेपालसंगको सहकार्यमा “युएसएड किशोर किशोरी प्रजनन् स्वस्थ्य परियोजना” संचालन गरिरहेको छ ।
यो परियोजना केयर नेपालको नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको संयुक्त साझेदारीमा दलित विकास समाज सल्यानद्वारा १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तिकरण गराउने एक पहलको रुपमा संचालित छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिने, प्रजनन स्वास्थ्यको बारेमा स्वस्थ निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ति निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दे उनीहरुमा पुर्ण क्षमताको विकास गर्नु रहेको छ ।
उक्त परियोजनाका लागि निम्न पदमा आवश्यक कर्मचारी पदपुर्ती गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नंबर: ६/२०८१/८२
पद: जिल्ला किशोर किशोरी प्रजनन् स्वास्थ्य व्यवस्थापक (District ARH Manager)
कार्य क्षेत्र: सल्यान जिल्लाको परियोजना लागू भएका क्षेत्रहरु
आवश्यक संख्या: १ जना
आवेदन दिने ठाउँ: दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान । इच्छुक व्यक्तिले आवेदनको लागि दिइएको लिङ्कमा गएर पुरा विवरण दिनुहोस अथवा कुनै कारण बस उक्त लिङ्क नखुलेमा अफिस समय भित्र vacancydds@gmail.com मार्फत पनि उक्त लिङ्क माग गर्न सकिने छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfdk_XrKCk8_2HB_T5MwshqbrGTpGbn0L03uD8uoD20QWQ2ew/viewform
आवश्यक कागजात: बायोडाटा, नागरिकताको प्रतिलिपी, र निवेदन
आवेदन दिने अन्तिम मिति र समय: ६ मंसिर २०८१ तदनुसार २१ नोभेम्बर २०२४ सम्म कार्यालय समय बेलुका ५:०० बजे भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७
न्युनतम योग्यता, अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी २ वर्षको परियोजना संचालन तथा ब्यवस्थापन क्षेत्रमा कार्य अनुभव भएको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ विषय वा सो सरहका विषयमा स्नातक तह उत्तिर्ण गरी स्वास्थ्य क्षेत्रका परियोजना संचालन तथा ब्यवस्थापन क्षेत्रमा कम्तिमा ५ वर्ष भन्दा माथीको कार्य अनुभव भएको । साथै दुइपांग्रे सवारी साधन चलाउन सक्ने र कम्प्युटर (माइक्रोसफ्ट वर्ड र एक्सल) मा विशेष दख्खल भएको हुनुपर्ने छ ।
स्वार्थको द्वन्द: यदि आवेदन दिने व्यक्ति यस संस्थाको कार्य समितिका पदाधिकारीसंग कुनै नाता लाग्ने व्यक्ति वा अन्य कुनै स्वार्थको सम्बन्ध छ भने आवेदनका् साथमा उल्लेख तथा स्वघोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।
विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।
Link: https://drive.google.com/uc?export=download&id=1d05rJ-TLbCKVgsVdsquw0ipirY8gQq49
यस संस्था तथा कार्यक्रम सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । प्रारम्भिक छनौटमा परेकालाई मात्र भौतिक रुपमा लिखित तथा मौखिक परिक्षामा सामेल गराइने छ ।
पुनश्च: यस संस्था यौन उत्पीडन, शोषण, र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिवद्ध छ । बेसिक कम्प्युटर ज्ञान र दुइपांग्रे सवारी चालक अनुमती पत्र सहित साधन भएको स्थानिय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक, व्यक्तिलाई ग्राह्यता दिइने छ । म्याद नाघि आएका, योग्यता र अनुभव नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै आवेदन स्वीकार गर्ने नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहने छ ।
Overview
Category | Public Health, Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 12 Nov, 2024 |
Apply Before | 21 Nov, 2024 |
City | Salyan |