विद्यालय कक्षाकोठा तथा पुस्तकालयको लागि फर्निचर निर्माण तथा ढुवानी सम्बन्धी टेन्डर (बोलपत्र) आव्हान को म्याद थप गरीएको सुचना ।
Details / requirements:
विद्यालय कक्षाकोठा तथा पुस्तकालयको लागि फर्निचर निर्माण तथा ढुवानी सम्बन्धी टेन्डर (बोलपत्र) आव्हान को म्याद थप गरीएको सुचना ।
दोस्रो पटक प्रकाशित मिति: २०८१ फागुन २८ गते
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा कपिलवस्तु जिल्लाका ३ वटा पालिकाहरु (बोलपत्र फारममा उल्लेखित) मा रहेका ३३ वटा सामुदायिक विद्यालयहरुमा पिस नेपालले (Peace Nepal) सञ्चालन गर्न लागिरहेको साक्षरता कार्यक्रमका लागि विद्यालय कक्षाकोठा तथा पुस्तकालय फर्निचरहरु निर्माण गरी ढुवानी गर्नुपर्ने भएकोले इच्छुक भ्याटमा दर्ता भएका र कम्तिमा ३ वर्ष कार्य अनुभव भएका कानुनी मान्यता प्राप्त फर्निचर उत्पादक कम्पनीहरुबाट शिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।
बोलपत्र फारम प्राप्त गर्नेे मिति र स्थान: इच्छुक कम्पनीले आफ्नो कार्यालयको लेटर प्याडमा निवेदन दिई मिति: २०८१।११।२८ देखि २०८१।१२।०५ गते सम्म कार्यालय समयमा यस संस्थाबाट वा ईमेल मार्फत पत्राचार गरि बोलपत्र फारम प्राप्त गर्न सकिनेछ । बोलपत्र सुरक्षण जमानत: जम्मा कबोल अङ्कको साढे दुई (२.५%) प्रतिशत ले हुन आउने रकमको सुरक्षण धरौटी (Security Deposit) कुनै पनि “क” वर्गको बैंकबाट पिस नेपालको नाममा जारी भएको (बोलपत्र पेस गर्ने अन्तिम दिनबाट १२० दिनको म्याद भएको) जमानतको सक्कल प्रति बोलपत्र साथ पेस गर्नुपर्नेछ ।
बोलपत्र बुझाउने मिति र स्थान: मिति २०८१।११।२८ देखि अन्तिम मिति २०८१।१२।०६ गते दिनको १२:०० बजेभित्र– (शनिबार र सार्वजनिक बिदा बाहेक) आवश्यक सबै कागजपत्र समावेश गरी यस कार्यालयबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक प्रस्तावको फारम बेग्लाबेग्लै भरेर शिलबन्दी गरी तलको ठेगानामा बुझाउनु पर्नेछ । प्राविधिक प्रस्तावमा योग्य भएका कम्पनीहरुको मात्रै आर्थिक प्रस्ताव सोहि दिनमा खोलिने छ ।
बोलपत्र खोल्ने मिति र समय: पेश भएका बोलपत्रहरु मिति २०८१।१२।०६ गते दिनको १:०० बजे कम्पनीका प्रतिनिधिहरुको रोहबरमा यस संस्थाको कार्यालयमा खोलिने छ । उक्त समयमा बोलपत्र पेश गर्ने कम्पनीका आधिकारीक प्रतिनिधिहरु उपस्थिती नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । कुनै कारणवस बोलपत्र खोल्ने दिनमा सार्बजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सोहि समएमा नै बोलपत्र खोलिने छ ।
म्याद नाघी आएका बोलपत्रहरू माथि कुनै कारवाही हुने छैन । कुनैपनि कारण जनाई वा नजनाई पूर्ण वा आंशिक रूपमा प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
पिस नेपाल (Peace Nepal)
कपिलवस्तु - ३, तौलिहवा
फोन नं.०७६-५६१३३१, Email: peacenepal.rtr@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 12 Mar, 2025 |
Apply Before | 19 Mar, 2025 |
City | Kapilvastu |