शिलबन्दी कोटेशन आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रकाशित मिती २०८१/११/२३ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र गोलन्जोर गाउँपालिकाको साभेदारीमा गोलन्जोर गाउँपालिकामा तरकारी तथा फलफूलहरुको स्वस्थकर बोट विरुवाहरु उत्पादन गरि वितरण गर्नको लागि प्लास्टिक नर्सरी घर स्थापना गर्नु पर्ने भएको हुनाले  उक्त निर्माण कार्य संचालन गर्नको लागि इच्छुक फर्म तथा कम्पनीहरुबाट रीतपूर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

क्र.सं.विवरणबिशेषतासंख्याअनुमानित लागत 
construction of the Nursery seed bedConstruction of protected green house for the Nursery seed bed of dimension 5*20m with a 200 micron 7 layer UV plastic. 40 mesh insect net. E/W Excavation in the foundation in soft soil, including lift 1.5 m and lead up to 10m all complete. Supply and fixing of 14 gauge thick round MS pipes for truss with necessary fabricating, cutting, welding, Painting & fixing all. Supply and fix the zinc-coated zigzag spring and GI profile. Enamel paint२,५९,०००

नोट: नर्सरी घर निर्माणको लागि आवस्यक BOQ र अन्य कागजातहरु यसै सूचनामा तल रहेको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

१. यो सूचना प्रकाशन भएको मितीले ७ दिन भित्र ईच्छुक फर्म तथा कम्पनीहरुले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभवपत्रको प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ । 

२. कोटेशन सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकलप्रति कोटेशनको कागजात संगै अनिवार्य पेश गर्नु पर्नेछ ।

३. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कमलामाई ६, धुराबजार स्थित कार्यालयमा मिती २०८१/११/२९ गते दिनको ४:०० बजे सम्म बुझाई सक्नु पर्नेछ । समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । यदि कोटेशन बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२:०० बजे सम्ममा कोटेशन बुझाई सक्नु पर्नेछ ।

४. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ । 

६. कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद अधिकृतलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ । 

आवश्यक सूची दर्ता फाराम तथा BOQ तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1f3qFuzvzsz9nY-QcxvbmcRE9jJQxnZIj?usp=sharing

शिल गरिएको कोटेशन बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली  

फोन नं. ९८५२०७३२४१ 

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 07 Mar, 2025
Apply Before 13 Mar, 2025
City Sindhuli