शिलबन्दी बोलपत्र आह्वानको सूचना

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सूचना

राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरिया बर्दिया

प्रथम पटक प्रकाशित मिति: २०८१।११।१८ (२ मार्च  २०२५)

राधाकृष्ण थारु जनसेवा केन्द्रप्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालीत सशक्त बालिका परियोजना अन्र्तगत बर्दिया जिल्लाको राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकाका बिद्यालयहरुमा विद्यार्थीहरुको लागि विशेष गरी माध्यमिक विद्यालयका बालबालिकाहरूलाई व्यवहारमा-आधारित विज्ञान शिक्षामा पहुँच बढाउनका लागि विज्ञान प्रयोगशाला सामाग्रीहरु आवश्यक भएकाले र शिलवन्दी दरभाउपत्रको माध्यमबाट सामाग्रीहरु बन्दोवस्त गराउनु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त आपुर्तीकर्ताहरुबाट रितपुर्वकको शिलवन्दी बोलपत्र पेश गर्नका लागि देहाय बमोजिम शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्रको प्रस्तावना पत्र पेश गर्नका लागि यो सुचना आह्वान गरिन्छ ।

शर्त तथा बन्देजहरू

१. शिलवन्दी बोलपत्र सम्वन्धि कागजातहरू यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १४ दिन भित्र चालु आ.व. का लागि नविकरण भएको ईजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र सहित निवेदन पेश गर्नुपर्ने छ । 

२. रितपूर्वक भरिएको उक्त बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक दस्तखत र छाप लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको गुलरिया नगरपालिका वडा नं. ५ मातङ्गीदेवी टोलमा रहेको परियोजना कार्यालयमा मिति २०८१/१२/०२ गते दिउसो १२:०० बजे भित्र हार्डकपी नै दर्ता गर्नु पर्नेछ ।

३. रीत नपुगेको वा ढिलो गरी प्राप्त भएको बोलपत्र उपर कुनै कारवाही हुने छैन । साथै दररेटमा अंकमा उल्लेख गर्नु पर्नेछ ।

४. बोलपत्रदाताले सामग्रीहरु ठाकुरवावा  र बारबर्दिया नगरपालिका सम्मको ढुवानी सहितको दररेट पेश गर्नुपर्ने छ । साथै उपलब्ध गराइएको Conflict of Interest disclosure form भर्नुपर्ने छ । 

५. बोलपत्रको सामाग्रीहरुको विवरण तथा TOR तल दिइएको लिंकबाट Download गर्न सकिनेछ । 

६. संस्थाको दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।

७. बोलपत्रसँग सम्बन्धी थप अन्य कुनै जानकारी तथा सूचना आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ । साथै संस्थाको ईमेल: rkjs.bardiya@gmail.com, वा simanta.rkjs@gmail.com बाट पनि उक्त जानकारी तथा सूचनाहरू प्राप्त गर्न सकिन्छ ।

Download Links:

Supplier Conflict of Interest Disclosure Form

Terms of Reference (TOR)

टेण्डरका लागी आवश्यक कागजातहरु

  • कम्पनिदर्ताको प्रमाणपत्र भ्याट/प्यानको प्रतिलिपि
  • दर्ता नविकरण आ.ब. २०८०/२०८१
  • २०८०/२०८१ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी  मार्ग  

सम्पर्क ब्यक्ति: ९८४८०३१८२८

Email: simanta.rkjs@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Mar, 2025
Apply Before 15 Mar, 2025
City Bardiya