शिलबन्दी बोलपत्र आह्वानको सूचना
Community Development and Environment Conservation Forum (CDECF) was established in 1998 AD with the aim of building equitable, just and empowered society through social transformation and mobilizing local resources and capacities.
Details / requirements:
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल
इन्द्रावती गा.पा.–७, सिन्धुपाल्चोक
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१।११।१८
बोलपत्र आह्वानको सूचना नं. 01/SBQ/ESSC/CDECF/2081/82
प्राक्टीकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको सहजिकरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गा.पा. र पाचँपोखरी थाङपाल गा.पा.मा संचालित समुदायमा आधारित पहिरो पूर्व सुचना प्रणली परियोजना अन्र्तगत हेलम्बु गा.पा.–२, पालिका प्रस्ताबित नया भवन निर्माण स्थल, ढोडिनी र पाचँपोखरी थाङपाल गा.पा–७, तिपेनीमा आपतकालिन सुरक्षित आश्रय भवन निर्माण गर्ने योजना भएकाले सो निर्माणको लागी आवश्यक सामाग्रीहरु शिलबन्दी बोलपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकोले यो शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।
बोलपत्रको विवरण
क्र.सं. | खरिदको नाम | शिलबन्दी बोलपत्र दस्तुर | शिलबन्दी बोलपत्र मान्य हुने अवधि | सिलबन्दी बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय | शिलबन्दी बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय | शिलबन्दी बोलपत्र खोल्ने मिति र समय |
१. | आपतकालिन सुरक्षित आश्रय भवन निर्माणको लागी सामाग्रीहरु खरिद | १०००।– | ९० दिन | २०८१/१२/०३ गते ५:०० बजे भित्र | २०८१/१२/०४ गते बिहानको ११:०० बजे भित्र | २०८१/१२/०४ गते बिहानको ११:३० बजे |
१. बोलपत्र खरिद गर्न ईच्छुक योग्य बोलपत्र दाताहरुले बोलपत्र सम्बन्धि कागजात सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको कार्यालयमा वा vacancycdecf@gmail.com बाट लिखित निवेदन पेश गरी मिति २०८१/१२/०३ गते ५:०० बजे सम्म प्राप्त गर्न सकिनेछ । निवेदन साथ कम्पनी/फर्म/व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र बोलपत्र सम्बन्धि कागजातको दस्तुर रु.१०००।– (अक्षरेपी एक हजार मात्र) (फिर्ता नहुने) नगद वा भौचर पेश गर्नु पर्नेछ ।
२. शिलबन्दी गरिएको बोलपत्र मिति २०८१/१२/०३ गते दिनको ११:०० बजे भित्र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको कार्यालयमा आफै वा प्रतिनिधि उपस्थिति भई पेश गर्नु पर्नेछ । उल्लेखित समयभन्दा पछि आएका बोलपत्र स्वीकार गरिने छैन । बोलपत्रको साथमा बोलपत्रदाताले कबुल गरेको कुल रकमको २.५% ले हुन आउने रकम भन्दा नघट्ने गरि बोलपत्र जमानत कुमारी बैंक लि., चौतारा शाखामा रहेको COMMUNITY DEVELOPMENT & ENVIRONMENT नामको चल्ति खाता नं. 2390246717300001 मा जम्मा गरेको सक्कल भौचर वा बैंक ग्यारेन्टी संलग्न गर्नुपर्नेछ र त्यस्तो बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्र खोलेको मितिबाट कम्तीमा पनि ९० दिन भन्दा बढि हुनु पर्नेछ । उल्लेखित रकम भन्दा कम बोलपत्र जमानत पेश गरेको बोलपत्र दाता लाई छनौट प्रक्रियामा समावेश गर्न संस्था बाध्य हुने छैन ।
३. तोकिएको समय भित्र पेश भएका बोलपत्रहरु उपस्थित हुन चाहने बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालकोे केन्द्रिय कार्यालयमा मिति २०८१/१२/०४ गते बिहानको ११:३० बजे खोलिने छ । बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
४. दरभाउपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा त्यस पछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।
५. बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आँशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालमा निहित रहनेछ ।
६. बोलपत्र सम्बन्धि अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।
बोलपत्रपत्र सम्बन्धि थप जानकारीको लागि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सम्पर्क नं.९८५१०९७१७४, ९८४०२६२६०२) वा vacancycdecf@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।
खरीद समिति
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 02 Mar, 2025 |
Apply Before | 16 Mar, 2025 |
City | Sindhupalchowk |