शिक्षक आवश्यकता

shree janata pravi haripur-9

Details / requirements:

श्री जनता प्राथमिक विद्यालय पिडारी

हरिपुर न.पा.–९, ढावटोल,सर्लाही

प्रथम पटक सूचना प्रकाशित मिति: २०८/०९/२४ गते

शिक्षक आवश्यकता

यस विद्यालयको वि.व्य.स.को निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाही, मलंगवा को मिति २०८/०/१ (च. नं.१) को अनुमति पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्रा.शि.स्वीकृत दरवन्दी शिक्षक पदमा करार सट्टा शिक्षक पदपूर्तिका लागि तपसिल बमोजिमको विज्ञापन प्रकाशित गरिएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई रितपूर्वक दरखास्त दिन आह्वान गरिन्छ । 

तपसिल

१. विज्ञापन नं.: ०१/८१/८२

२. तह: प्रा.वि.

३. पद: प्रा.शि. तृतीय दरबन्दी (करार सट्टा)

४. पद संख्या: १ (एक)

५. नियूक्तिको किसिम: करार

६. तलब: नेपाल सरकारको प्रचलित स्केल वहाल भएको पदमा नियूक्ति मिति देखि नेपाल सरकारले तोकिदिएको बमोजिम हुने । 

७. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

८. परीक्षा दस्तुर: लाग्ने छैन ।

९. शैशिक योग्यता: शिक्षा शास्त्रमा प्रविणता प्रमाण पत्र तह वा सो सरह (अंग्रेजी,गणित मूल विषय र कम्प्यूटर सीप भएकोलाई विशेष प्राथमिकता)

१०. सुस्त श्रवणका लागि सांकेतिक भाषामा निपूर्णता भएको

११. पेश गर्नु पर्ने कागजातहरू:

  • हस्तलिखित निवेदन ।
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी ।
  • स्थायी अध्ययन अनुमति पत्रको प्रतिलिपी 
  • नेपाली नागरिकताको प्रतिलिपी ।
  • निरोगीता प्रमाण पत्रको प्रतिलिपी ।
  • सांकेतिक भाषा  कम्तिमा ६ महिना तालिम लिएको प्रमाण पत्र प्रतिलिपी ।

१२. परीक्षाको किसिम: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन

१३. फाराम भर्ने अन्तिम मिति: २०८१/०९/२४ गते देखि.२०८१/१०/१० गते  सम्म

१४. सम्पर्क मिति: २०८१/१०/११ गते  (विद्यालय समय) दिउँसो १०:०० बजेदेखि ४:०० बजेसम्म

१५. लिखित परीक्षा: सम्पर्क मितिमा प्रकाशित गरी तोकिने छ ।

१६. अन्तरवार्ता तथा कक्षा अवलोकनको मिति: पछि निर्धारण गरिने छ ।

१७. मौजुदा शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन समेत) को नियम १० बमोजिमको उम्मेदवार शिक्षक पदको लागि स्वत: अयोग्य हुनेछ ।

१८. विशेष जानकारीको लागि विद्यालय प्रशासन संग सम्पर्क गर्नुहोला ।

१९. सम्पर्क नं.: ९८४४१३२६४१ Gmail: satyanarayanch34@gmail.com

Overview

Category Education, Development / NGO, Teachers
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Jan, 2025
Apply Before 23 Jan, 2025
City Sarlahi