सिलबन्दी कोटेशन आह्वान सम्बन्धि सूचना

Society for Integrated Allied Nepal (SIAN)

Details / requirements:

सिलबन्दी दरभाउ सम्बन्धि सूचना

एकीकृत हातेमालो समाज नेपाल (सियान)

का.म.पा.-३२ , काठमाण्डौ, नेपाल 

(फिल्ड कार्यालय: रामग्राम नगरपालिका--५, नवलपरासी पश्चिम नेपाल)

सम्पर्क न.: ०१-५२४४९६२ (काठमाण्डौ), ०७८-५९०६७१ (परासी), ९८४१५६७९६६ 

सिलबन्दी कोटेशनको लागि आह्वान

प्रथम पटक प्रकाशित मिति: २०८१/१२/२७

१. परियोजनाको शीर्षक: पोषण मार्फत जीवन रुपान्तरण परियोजना 

एकीकृत हातेमालो समाज नेपाल द्वारा नवलपरासी पश्चिममा संचालित पोषण मार्फत जीवन रुपानतरण परियोजनाको लागि कुखुरा र हासका चल्लाहरु तथा फिडर, द्रिन्कर र दाना  आवश्यक परेको हुदा सोको आपूर्ति र ढुवानीको लागि योग्य आपूर्तिकर्ताहरूबाट सिलबन्दी कोटेशन आह्वान गरिन्छ। इच्छुक तथा योग्य फर्महरूलाई तोकिएको शर्तहरू र कोटेशन कागजातहरू अनुसार प्रस्ताव पेश गर्न अनुरोध गरिन्छ।

२. मुख्य विवरणहरू:

  • कोटेशन पेश गर्ने अन्तिम मिति: २०८२ वैसाख ५ गते ( April, 18 2025)  दिउसोको १२ :०० बजे भित्र | एकीकृत हातेमालो समाज नेपालको केन्द्रीय कार्यालय, बिजुलीबजार काठमाण्डौ वा फिल्ड कार्यालय, परासी |
  • कोटेशन खोल्ने मिति र समय: २०८२  वैसाख ५ गते, दिउसोको २:०० बजे |
  • म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
  • कोटेशन कागजात प्राप्त गर्ने स्थान: एकीकृत हातेमालो समाज नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौ, फिल्ड कार्यालय, परासी वा Email: siannepal2004@gmail.com मा सम्पर्क गरेर पनि लिग्न सकिने छ |

३. दरभाउपत्र पेश गर्ने सप्लायरले खरिद समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन । साथै दरभाउ पत्रको साथ संस्था दर्ताको प्रमाणपत्र, PAN/VAT सर्टिफिकेट, करचुक्ता प्रमाणपत्र, कभर लेटर, सो-घोषणा  अनिबार्य संलग्न हुनुपर्ने छ | सप्लायर्सको प्रतिनिधि उपस्थित हुन नसकेमा पनि दरभाउपत्र खोल्न कुनै वाधा पर्ने छैन |

संस्थाले कुनै पनि वा सबै कोटेशनहरू अस्वीकार वा स्वीकार गर्ने सम्पूर्ण अधिकार सुरक्षित राख्दछ।

नोट:  ढुवानी गर्नु पर्ने स्थान  पश्चिम नवलपरासी जिल्लाका  पाल्हिनन्दन, प्रतापपुर, सरावल  र  सुस्ता गाउँपालिकाका बिभिन्न स्थान | 

थप जानकारीको लागि:

खरिद समिति,

एकीकृत हातेमालो समाज नेपाल,

काठमाण्डौ, ०१-५२४४९६२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Apr, 2025
Apply Before 18 Apr, 2025
City Kathmandu, Parasi