सूचि दर्ता गर्ने सम्बन्धी सूचना

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

सूचि दर्ता गर्ने सम्बन्धी सूचना

परीचय: ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्लामा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुका साथै जनसरोकारका सवालहरुमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो । 

ग्रामीण नारी उत्थान संघलाई वर्ष सन् २०२५ लाई आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत पत्र प्राप्त फर्म/कम्पनी/संस्था तथा व्यक्तिबाट सूचिदर्ता गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित कागजातहरू:- संस्था/फर्म दर्ता (नविकरण/म्याद थप सहित), मुल्य अभिवृद्धि करदर्ता/प्यान दर्ता, कर चुक्ता प्रमाण पत्र लगायत व्यक्ति/संस्था/फर्मको सम्बन्धित कागजातसहित आफ्नो कारोवारको व्यहोरा उल्लेख गरी उपलब्ध गराइएका फारमहरू भरी तल दिइएको इमेलमा विवरण पेश गर्नुहुन अनुरोध गरिन्छ ।

क्र.सं.विवरणक्र.सं.विवरण
कार्यालय/संस्थाको आवश्यक मसलन्द/स्टेशनरी सामग्री/पाठ्यपुस्तक सामग्रीपशुपंक्षी पालनका तथा कृषिका लागि आवश्यक खाद्य, अखाद्य, विउबिजन,मल, र कृषि औजारहरू
होटल सेवा- Lodging Food, Training Hall (residential and non-residential)१०व्यवसायिक सिप सम्बन्धी औजार/सामग्रीहरू जस्तै सिलाइकटाइको मेसिन र अन्य सामग्री साथै 
चिया, पानी, खाजा, नास्ता, खाना स्थानीय हरिपुर र इश्वरपुर नगरपालिकामा११स्वास्थ्य/दुर्घटना/जीवन र अन्य बिमा सेवा प्रदान
विभिन्न किसिमका छपाई र प्रिन्ट सम्बन्धी कामहरू (ब्यानर, बोर्ड, ID, कपि किताब आदि१२सिपमुलक तथा व्यवसायिक प्राविधिक तालिम
गाडी भाडामा लिने सम्बन्धमा, सामग्री ढुवानी/कार्गो /कुरियर सेवा, हवाई टिकट, Travel & Ticketing१३निर्माण तथा जडानका सामाग्री आपूर्ति र सेवा प्रदान (हार्डवयर,प्लम्बीङ्ग तथा खानेपानी सम्बन्धी कार्य गर्ने)
विद्युतीय उपकरण आपूर्ति (फोटोकपि मेसिन, प्रिन्टर, कार्टेज, ल्यापटप, कम्प्यूटर, माउस (desktop) फोन सेट, हार्डड्राइभ, आदि)१४विज्ञापन (पत्रपत्रिका, online) रेडियो कार्यक्रम, भिडियो, जिङ्गल, PSA, Website/apps develop and update
विद्यालय पोशाक, व्याग, स्वीटर, छाता, रेनकोट तथा रेडिमेड कपडा र जुत्ता (लेदर र कपडाको)१५विद्युतीय उपकरण मर्मत सेवा सम्बन्धी
फर्निचर, फर्निसिङ्ग तथा सजावट सम्बन्धी सामाग्रीहरू ब्लाङ्केट, लत्ताकपडा, झुल, कम्बल, त्रिपाल, सिरानी, कार्पेट, पि- फर्म आदि१६मोटरसाइकल मर्मत तथा सर्भिसिङ्ग

थप कागजातको लागि, कृपया तलको लिङ्क डाउनलोड गर्नुहोस् 

Link: https://drive.google.com/uc?export=download&id=1nS6EfkB0SE2YdvmED48YCVqTC4leUiri

फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन (२०८१ माघ 3 गते बिहीबार)  दिनको ५:०० बजे भित्र यस सस्थांको लजिष्टिक शाखामा आवश्यक सम्पूर्ण कागजात हस्ताक्षर र छाप सहितको Hard Copy वा इमेल मार्फत procurement.committe@rwua.org मा पठाई दर्ता गराई सक्नु पर्नेछ । दर्ता फारम भर्न सहयोग चाहिएमा यो नम्बर मा सम्पर्क गर्नु होला ९८५४०४६२५३/९८४२१८२९२४.

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Jan, 2025
Apply Before 16 Jan, 2025
City Sarlahi