परियोजना संयोजक
Details / requirements:
प्रस्तावित कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०८१/११/१८
पुनर्वास नगरपालिका, कन्चनपुर र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालद्वारा पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको “कृषि र पशु विकासमा आधारित सानाकिसान तथा यूवा उद्यमशिलता विकास कार्यक्रम” का लागि तपशिल पदका लागि कर्मचारीहरूको आवश्यकता भएकाले यो सूचना प्रकाशित भएको मितिले ०७ दिन भित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।
१. आवश्यकता सम्बन्धी विवरण:
क) पद: परियोजना संयोजक
पद संख्या: १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव:
- कृषि तथा पशु बिज्ञान विषयमा स्नातक तह उतिर्ण गरी २ वर्ष सामुदायिक विकास, तरकारी, फलफुल, बाख्रा तथा दुधको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन, मुल्याङ्कन तथा प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- साना किसान सवलीकरण तथा उद्यमशिलता साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण सम्वन्धी ज्ञान, सीप र अनुभव भएको ।
- कृषि तथा पशुवस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरूको सहभागिता, सामाजिक परिचालन, कृषि तथा पशुजन्यवस्तुहरूको वजारीकरणमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
- मोटरसाइकल चलाउन सक्ने र अनुमती पत्र प्राप्त भएको ।
- कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुपर्नेछ ।
२. सेवा सुविधा: परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तीम मिति: २०८१ ।११।२४ गते कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
५. संस्थाको विधान लगायत विभिन्न सुरक्षा तथा संरक्षण नीति,आचार संहिता, शुन्य सहनशिलता नीतिलाई पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।
६. आवश्यक कागजातहरू: आवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालको hr@needsnepal.org.np ईमेल ठेगानामा दरखास्त पेश गर्नुपर्नेछ ।
नोट: प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स), नेपाल
भिमदत्त नगरपालिका वडा नं. १८ जनज्योती टोल भाँसी, महेन्द्रनगर कन्चनपुर
फोन नं. ०९९–४१८१५०
Overview
Category | Agriculture + Livestock, Development and Project, Animal Health |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2+ years |
Education | B. Sc. in Agriculture |
Posted Date | 02 Mar, 2025 |
Apply Before | 08 Mar, 2025 |
City | Kanchanpur |