निर्माण कार्य (खानेपानी)को लागि आबश्यक सामाग्रीहरू खरिद गर्न गरिएको शिलबन्दी दरभाउ (Sealed Quotation) आह्वान सम्बन्धि ७ दिने सूचना ।

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

प्रथम पटक प्रकाशित मिति : २०८१।११।२६ गते 

सबल नेपाल वि।सं २०६२ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित अगुवा गैरसरकारी संस्था हो । स्थापनाकाल देखि नै यस संस्थाले सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको छ । हाल सबल नेपालले BMZ/VCA/WHH को साझेदारीमा “Up-Scaling WASH system Strengthening approach in the Terai region of Nepal (NPL 1082-22)” परियोजना मधेस प्रदेशको सिरहा जिल्लाका ५ वटा पलिकाहरुमा सञ्चालन गर्दै आईरहेको छ । सोही परियोजना अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३ स्थित बुढी जमदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य संचालन गर्नको लागि आबश्यक निर्माण सामाग्रीहरु खरिद गर्नु पर्ने भएकाले तल उल्लेखित शर्तको अधिनसत रहने गरि आवश्यक मापदण्ड पुरा गरेका इच्छुक आपूर्तिकर्ताहरूबाट न्यून मुल्यमा तोकिएको गुणस्तर र मापदण्डका सामाग्री खरिद गरिने प्रावधान अनुसार लाहाछाप सहित शिलबन्दी दरभाउ (Sealed Quotation) आह्वानका लागि प्रथम पटक ७ दिने सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु :

१. संस्थाले उपलब्ध गराएको दरभाउ फाराममा माग भए अनुसारको निर्माण सामाग्रीहरुको विवरण केरमेट नगरिएकाशर्त रहितकुनै थपघटनोट वा द्रष्टव्य नलेखिएको हस्त लिखित वा कम्प्यूटर प्रिन्टवाट तयार गरिएको हुनुपर्नेट । सेवा प्रदायकको पहिचान सहितको छाप र प्रोप्राइटरको हस्ताक्षर प्रत्येक पेजमा अनिवार्य उल्लेख गरिएको हुनु पर्ने छ ।

२. दरभाउ पत्र पेश गर्नको लागि सामाग्रीहरुको Quotation फारम संस्थाको वेबसाईट www.sabalnepal.org.np बाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

३. Quotation फारम भर्दा दररेट प्रष्ट रुपमा भरेको हुनुपर्नेछ । उक्त दररेट कर सहितको हो वा कर बाहेकको हो उल्लेख गरिएको हुनु पर्ने छ । सबै प्रकारका दरभाउ लिखित रुपमा पेश गरिएको हुनु पर्नेछ । लिखित रुपमा पेश गरिएको कागजातमा उक्त विवरण स्पष्ट नपाइएमा पछि मौखिक वा लिखित रुपमा पुरक विवरण पेश गर्ने अवसर दिइने छैन । उक्त बोलपत्र रद्द गरिनेछ ।

४. निर्माण सामाग्रीहरु आयोजना संचालन हुने बिष्णुपुर गाउँपालिका स्थित निर्माण स्थलमा आपूर्ति गर्नुपर्नेछ ।

५. राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा सामग्री आपूर्ति सेवा प्रदान गर्दै आईरहेकाआफ्नो व्यवसायमा बालबालिकाहरुको प्रयोग नगरेको तथा वाल सुरक्षा नीति अवलम्बन गरेकोव्यावसाय संचालनमा गैरकानूनी रुपमा आर्जित सम्पत्तिको प्रयोग नभएकोराज्यद्वारा कुनै पनि प्रकारको कानून विपरित कार्यगरेको ठहर गरि दण्ड जरिवाना नतोकेको व्यावसायिक फर्म वा सेवा प्रदायक हुनुपर्नेछ ।

६. शिलबन्दी दरभाउ पेश गर्दा कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा वाहिर पट्टि प्रेषकको नामठेगानासम्पर्क नंईमेल ठेगाना उल्लेख गरिएको हुनु पर्नेछ । लाहाछाप नलगाई पेश गरेकोआवश्यक कागजात सोहि खाममा समावेश नगरेकोप्रेषकको स्पष्ट नामठेगाना र आवश्यक विवरण उल्लेख नगरिएका बोलपत्रलाई प्रतिस्पर्धामा समावेश गरिने छैन ।

७. ईमेल मार्फत दरभाउ पेश गर्ने प्रेषकले आफ्नो फाईललाई सुरक्षित पासवर्ड राखी पठाउनु पर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

८. आपुर्तिकर्ता र सेवा प्रदायकले अनिवार्य रुपमा निम्न कागजात सहित बोलपत्र पेश गर्नुपर्नेछ ।

फर्म र व्यवसाय र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपीयदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपी समेत समावेश हुनु पर्नेछ ।

मुल्य अभिबृद्धि कर VAT को प्रमाण पत्र ।

करचुक्ता प्रमाण पत्रको प्रतिलिपी (आ.ब २०८०।०८१ को कर नविरकण वा आ.ब २०७९।०८० को मात्र भए म्याद थप गरेको पत्रको) प्रतिलिपी ।

त्यस फर्मबाट सोहि प्रकृतिको सेवा यस अगावै प्रदान गरेको भए सोको अनुभवको प्रमाण पत्रको प्रतिलिपी ।

संस्थाले उपलब्ध गराएको स्वःघोषणा फारम समेत अनिवार्य पेश गर्ने ।

माथि उल्लेख गरिएको कागजातहरू पेश नगरिएकोविवरण स्पष्ट नभएको केरमेट भएको दरभाउ पत्रलाई छनौट प्रक्रियामा समाबेश गरिने छैन ।

९. शिलबन्दी दरभाउ पेश गर्ने समायावधि मिति २०८१ फागुन २६ गते देखि २०८१ चैत्र ३ गते दिउँसो ५:०० बजे सम्म रहनेछ । बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट दर्ता गर्ने समय प्रदान गरिनेछ ।

१०. समयावधि पश्चात प्राप्त दरभाउ पत्र स्वःत बदर ठहरिनेछ । समयभित्र प्राप्त नभएकोरित नपुराई प्राप्त भएकोसूचनाको शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाहि हुनेछैन ।

११. एक भन्दा बढी फर्म वा सेवा प्रदायकले एक अर्कामा मिलेमतो गरेर कोटेशन पेश गरेको पाइएमाकोटेशनसँग संलग्न कुनैपनि कागजात गलत पाइएमाकुनै सामाग्रीको उल्लेखित रकम बजारमा उपलब्ध हुने वा जिल्ला दर रेट भन्दा अधिक वा अस्वाभाविक पाइएमा त्यस्तो कार्यमा संलग्न एक वा संलग्न सबै सेवा प्रदायकलाई प्रतिस्पर्धामा अयोग्य ठहर गरिनुका साथै भविष्यमा संस्थाले लिने सेवामा समेत अयोग्य ठहर गरिनेछ ।

१२. शिलबन्दी दरभाउ पत्र खोलिने मिति र समय बारे सम्बन्धित प्रेषकहरुलाई ईमेल वा फोन मार्फत पुर्व जानकारी गराइनेछ । बोलपत्र संस्थाको खरिद समितिसंस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत बोलपत्र प्रेषकको रोहवरमा खोलिनेछ । यदि बोलपत्र प्रेशक उपस्थित हुन नसकेको खण्डमा प्रेषकको रोहवरमा Online मार्फत समेत बोलपत्र खोल्न सकिनेछ । बोलपत्रदाताहरु उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

१३. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा दरभाउ पत्र प्राप्त नभएमातोकिएको गुणस्तर र मापदण्ड अनुसारका सामाग्री पेश नभएमासम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट सामाग्री खरिद गर्न बाध्य हुने छैन ।

१४. यस दरभाउ पत्र आह्वानमा माग गरिएको सामग्री काम गर्ने क्रममा केहि घटी वा बढी हुन सक्नेछ ।

१५. यस शिलबन्दी दरभाउ पत्र (Sealed Quotation) सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यालय वा सबल नेपालको तल उल्लेखित जिल्ला शाखामा सम्पर्क राख्न सकिनेछ । दरभाउपत्र सम्बन्धी सामाग्रीहरुको Quotation फारम संस्थाको वेबसाईट www.sabalnepal.org.np बाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

अनुसुचीहरू :

१. दरभाउअनुरोध फाराम (Requestfor Quotation Form-RFQ)

२. स्वःघोषणा फारम (Supplier Declaration Form)   

नोट : बोलपत्र सम्बन्धि सम्पुर्ण अधिकार संस्थामा नै निहित रहनेछ । बोलपत्र सम्बन्धि विस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यलयमा सम्पर्क राख्न सकिनेछ ।

 

बिस्तृत जानकारी तथा प्रस्तावना पेश गर्ने सम्पर्क ठेगाना

सबल नेपाल

मुख्य कार्यालयराजबिराज –१सप्तरी

वा

सबल नेपाल

शाखा कार्यालयमिर्चैया-०६सिरहा (सगरमाथा स्कुलको पूर्व तर्फ)

इमेल : procurementsabal@gmail.com

सम्पर्क फोन नं. ९८०१५४०२०५,९८०१५५००३४,९८०१५५००३५

(नोट : यो सुचना यस संस्थाको वेब पेज www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ)

Overview

Category Construction Services
Experience Please check details
Education Please check details
Posted Date 11 Mar, 2025
Apply Before 16 Mar, 2025
City Terai Region