कार्यक्रम अधिकृत (Program Officer)

Integrated Community Development Campaign, ICDC Nepal Dhadingbensi, Dhading

Details / requirements:

एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

बिज्ञापन नं. ००२ – ०८१/०८२

प्रथम पटक प्रकाशन मिति: २०८२।०१।१०

एक्सनएड नेपाल संगको साझेदारीमा यस एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालद्वारा धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा सञ्चालन भइरहेको “स्थानीय अधिकार कार्यक्रम (Local Right Program)” का लागि तपशिलमा उल्लेखित पदका लागि कर्मचारीको आवश्यकता भएकाले यो सुचना प्रकाशन गरिएको छ ।

१. आवश्कता सम्वन्धी विवरण:

क) पद: कार्यक्रम अधिकृत

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभव:

  • स्नातक तह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष सामुदायिक विकासमा काम गरकेो अनुभव भएको।
  • समुह परिचालन तथा अभिलेख व्यवस्थापन सम्बन्धि ज्ञान भएको ।
  • सार्वजनिक शिक्षा तथा वालअधिकारका क्षेत्रमा काम गर्ने दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) मा दक्षता भएको ।
  • कार्यक्रम अधिकृत कार्यक्षेत्रमा (field based) बस्नुपर्नेछ ।
  • शिक्षा संकाय अध्यायन गरी गुणस्तरीय शिक्षाका क्षेत्रमा कार्य गरेकालाई प्राथमिकता दिइने छ ।

२. सेवा सुविधा: कार्यक्रमको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८२/०१/१६ सम्म, कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित र अन्तवार्ता ।

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्नेगरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको इमेल icdc.vacancy@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालमा रहने छ । 

एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल

नीलकण्ठ नगरपालिका–८ बगैचा, धादिङवेशी, धादिङ

फोन नं. ०१०–५२०५८१ 

Overview

Category Development and Project, Development / NGO
Openings 1
Salary As per organization rules /
Position Type Full Time
Experience 3+ years
Education Bachelor's degree in a related field
Posted Date 23 Apr, 2025
Apply Before 29 Apr, 2025
City Dhading