कर्मचारीहरु आवश्यकता सम्बन्धी सूचना

Rural Economic Development Association

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०८१।१२।२२

तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालन हुने “तानसेन आर्थिक विकास परियोजना” संचालनका लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरण:

क) पद: परियोजना संयोजक

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्य अनुभव:

  • कृषि/भेटेरिनरी विषयमा स्नातकतह उतिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको । 
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवाला संग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • मोटर साईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजाना क्षेत्रमा दिन सक्ने । 

ख) पद: प्राविधिक संयोजक

पद संख्या १ एक

न्युनतम योग्यता र कार्यानुभव:

  • पशुपालन तथा पशु स्वास्थ्य विषयमा प्रमाणपत्र तह जे.टि. (JT) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको अनुभव वा पशु बिज्ञान विषयमा टि.एस.एल.सी/भेटेरिनरी.जे.टि.ए. (TSLC/VJTA) उत्तिर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • प्राविधिक तालिमको आयोजना, सञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • कम्प्युटर सम्वन्धी ज्ञान भएकोलाई विशेष ग्राहयता ।
  • परियोजना क्षेत्रमा (Field Based) बस्नु पर्नेछ ।

ग) पद: लेखापाल (Accountant)

पद संख्या: १ (एक) जना 

न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको वा वाणिज्य शास्त्रमा प्रमाण पत्र तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव  भएको
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवेयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्याैट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 
  • सहकारीको व्यवसायीक योजना निर्माण तथा सम्बन्धी ज्ञान भएको ।

घ) पद: सामुदायिक सहजकर्ता

पद संख्या: ३ (तीन) जना

न्युनतम योग्यता:

  • १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • स्वावलम्वन समूह गठन तथा परिचालन सम्वन्धी अनुभव भएको । 
  • तालिम सहजीकरण र व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने तानसेन नगरपालिकाको क्षेत्रमा स्थाई बसोवास भई तोकिएको वडा कार्यालय तथा गाउँपालिका सँग समन्वय गरी कार्य गर्न सक्ने  

ङ) पद: कृषि प्राबिधिक (Agri- technician)

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि विषयमा डिप्लोमा (ISc. Ag.) उत्तिर्ण गरी कम्तीमा २ वर्ष अनुभव वा कृषि JTA उत्तिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र कृषि उपज मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको । 
  • सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र परियोजना क्षेत्रमा (Field Based) बस्नु पर्नेछ ।

पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी । 

उल्लेखित कागजात सहितको इच्छुक आवेदकहरूले आफ्नो आवेदन पत्र बुझाउँदा अपेक्षित तलब सहितको आवेदन पत्र समावेश गर्नुपर्नेछ । आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ । 

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा

तानसेन नगरपालिका ४, विशालबजार

ईमेल: redapalpa@gmail.com

फोन नं.: ०७५–५२१६१० 

Overview

Category Agriculture + Livestock, Accounting and Finance, Development and Project, Development / NGO, Agriculture/Livelihood
Openings 7
Salary As per organization rules /
Position Type Full Time
Position Level Senior Level, Mid Level, Junior Level
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 04 Apr, 2025
Apply Before 10 Apr, 2025
City Tansen, palpa