कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Social Development & Research Centre (SDRC)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

प्रकाशित मिति: २०८१।११।२५

धनुषा जिल्लाको विभिन्न पालिकाहरूमा निकट भविष्यमा सञ्चालन हुन गईरहेको आशातीत परियोजनाको लागि सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामद्वारा तल उल्लेखित पदहरूमा अनुभवी तथा योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले  ७ दिन भित्र  दरखास्तको लागि आह्वान गरिएको छ। हाल प्लान इन्टरनेशनलको साझेदारीमा  जकनन्दिनी गाउपालिका र बिदेह नगरपालिमा सञ्चालित Girls Standing Strong (GSS) Project अन्तर्गत १ जना कार्यक्रम अधिकृत (Project officer)  र  १ जना Admin & Finance officer पदको लागि निम्न अनुसारको योग्यता र अनुभव भएकाहरूले विज्ञापन भएको मितिले ७ दिन भित्र आवेदन गर्न आह्वान गारिएको छ  ।

१. पद: कार्यक्रम अधिकृत (Program Officer) – १ जना

वान्छनीय योग्यता 

जनस्वास्थ्य  विषयमा स्नातक (BPH) र १-२ बर्षको कार्य अनुभब अथवा स्वास्थ्य सहायक (HA), भ  प्रारम्भिक वाल विकासमा ३-५ बर्षको अनुभब.

अनुभव:

  • प्रारम्भिक वाल विकास सम्बन्धि कार्यक्रमहरूमा काम गरेको ।
  • परियोजनाको योजना अनुसार सामुदायिक स्तरका क्रियाकलापहरूको योजना बनाउन र कार्यन्वयन गर्न सक्ने ।
  • स्थानीय सरकारको कार्यालय, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, HFOMC र FCHV जस्ता स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने ।
  • स्थानीय एफएम मार्फत मुख्य सन्देशहरूको प्रसारण गर्न सक्ने ।
  • अभिभावक शिक्षा सत्र र संवाद सत्र सञ्चालन गर्न सामुदायिक स्तरीय सहजकर्तालाई प्राविधिक सहयोग गर्न सक्ने ।
  • सामुदायिक स्तरको तालिम आयोजना गर्न वा सहजीकरण गर्न सहयोग गर्न सक्ने ।
  • फिल्ड अधिकृत र सामाजिक परिचालकहरूबाट कार्यक्रमका क्रियाकलापहरू कार्यसम्पादनको नियमित अनुगमन, मुल्याङ्कन र सहजीकरण गर्न सक्ने ।
  • मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयारी गर्न सक्ने ।
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • फिल्ड भ्रमणमा जाने र फिल्ड स्तरीय बैठकहरूमा भाग लिने र प्रभावकारी कार्यान्वयनका लागि समस्या समाधानमा सहजीकरण गर्ने 
  • आवश्यक बैठकहरूमा, कार्यशाला गोष्ठी, तालिम तथा भ्रमणहरूमा भाग लिने,
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र भएको ।

२. पद: लेखा अधिकृत (Finance Officer) – १ जना

वान्छनीय योग्यता:

बाणिज्य विषयमा स्नातक तह उतिर्ण वा सो सरह

अनुभव:

प्रशासन:

  • कार्यालयको स्थिर सम्पत्तिको रजिस्टर र स्टक इन्वेंटोरीलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने
  • जिन्सी तथा बन्दोवस्ती सम्बन्धि कार्यक्रम तथा प्रशासनिक आवश्यकताहरूलाई सहयोग गर्नु पर्ने 
  • कार्यक्रम तथा संस्थाले पालना गर्नु पर्ने नियम बारे स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने ।
  • कार्यक्रमका सम्पूर्ण कर्मचारीहरूको विदाको रेकर्डलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने 
  • योजना अनुसार कार्यक्रम स्थलहरूको आवधिक अनुगमन भ्रमण गर्ने

आर्थिक:

  • परियोजनाको आर्थिक र लेखा प्रणालीलाई प्रभावकारी तरिकाले दुरुस्त राख्नु पर्ने
  • पेश्की निकासा गर्ने, फिल्डमा भएको खर्चको समिक्षा तथा प्रमाणीकरण गर्नु पर्ने
  • मासिक/त्रैमासिक बजेटको पूर्वानुमान गर्ने र सोहि अनुसार बजेट निकासको लागि अनुरोध गर्ने
  • परियोजनाको मासिक/त्रैमासिक प्रतिवेदन तयार गर्ने
  • मासिक रुपमा बैंक/नगद मिलान स्टेटमेन्ट (reconciliation statement) तयार गर्ने
  • आर्थिक स्टेटमेन्टको तयारीका लागि परियोजनाको लेजरबुकलाई कम्पाइल र समिक्षा गर्ने
  • लेखा सम्बन्धि समस्याहरूको पहिचान गर्ने तथा सम्भावित समाधानका लागि छलफल गर्ने
  • संस्थाको वित्तीय नीति अनुसार आन्तरिक नियन्त्रण प्रणालीलाई सुनिस्चित गर्ने
  • संस्थाको बाह्य तथा आन्तरिक लेखा परिक्षणमा सहजीकरण गर्ने
  • संस्थाको आर्थिक शाखा भित्र राम्रो सहकार्य तथा सहयोग कायम राख्ने
  • समय मै संस्थाले बुझाउनु पर्ने करहरू जम्मा गर्ने तथा ETDS लाई मासिक रुपमा भर्ने
  • परियोजना अन्तर्गतको सानो नगद (पेट्टी क्यास)लाई संचालन गर्ने
  • संस्थाद्वारा दिईएको अन्य कार्यहरू गर्ने

दरखास्त दिने अन्तिम मिति: २०८१।१२।०४ गते (17 March 2025) साँझ ५:०० बजे सम्म ।

आवेदनलाई कार्यलयमा स्वयम् उपस्थित भएर अथवा इमेल मार्फत पनि पठाउन सकिने छ ।

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)

मिल्स एरिया-१

जनकपुरधाम उपमहानगरपालिका, धनुषा, नेपाल

फोन: ०४१-५-९०३७६

इमेल : vacancysdrc22@gmail.com

www.sdrcnepal.org

Overview

Category Public Health, Accounting and Finance, Development and Project, Nursing
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Mar, 2025
Apply Before 17 Mar, 2025
City Dhanusha