Driver Cum Messenger

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

प्रधान कार्यालय लोहसाल, काठमाण्डौ

आवश्यकता

(प्रथम पटक प्रकाशन मितिः २०८२ वैशाख ५ गते)

यस संस्थाको लागि निम्न अनुसारको पद पूर्ति गर्नुपर्ने भएकोले ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

१. Driver Cum Messenger; संख्या:

२. कार्यक्षेत्र: नेवा प्रधान कार्यालय, काठमाण्डौ

३. मुख्य जिम्मेवारी

  • संस्थाको गाडी सुरक्षित र अनुशासित ढंगले चलाउने ।
  • गाडीको नियमित रेखदेख तथा आवश्यकता अनुसार मर्मत सम्भार गर्ने ।
  • कार्यालयको आवश्यकता अनुसार कार्यालयको सामाग्रीहरू तथा कागजातहरू सुरक्षित तवरले लिने तथा पुर्‍याउने ।
  • गाडी मर्मत गर्नुपर्ने अवस्थाको बारेमा समयमै पुर्व जानकारी गराउने र मर्मत कार्यलाई संस्थाको नियमानुसार अगाडि बढाउनुपर्ने।
  • कार्यालयमा रहदा फोटोकपी गर्ने एवं अन्य प्रशासनिक कार्यहरूमा सहयोग गर्ने, बैक तथा अन्य कार्यालयहरूमा गर्नुपर्ने कामहरू गर्ने ।
  • कार्यालयमा भैपरि आउने नियमित प्रशासनिक कार्यहरूमा सहयोग गर्ने ।
  • कार्यालयको कामको सिलसिलामा विभिन्न जिल्लाहरूका आयोजना क्षेत्रहरूको भ्रमण गर्नुपर्ने ।
  • गाडी गुडेको किलोमीटर, इन्धनको प्रयोग, गन्तव्य स्थान र प्रयोगकर्ताको जानुको उद्देश्यको साथै गाडी मर्मतको मिति एवं विवरण सहित गाडीको लगबुक अध्यावधिक गर्नुपर्ने ।
  • संस्थाको निति नियममा रहि तोकिएको आचार संहिता पालना गर्ने र गाडी तथा कर्मचारीहरूको सुरक्षालाई ध्यान दिने ।

४. योग्यता तथा अनुभवः

  • न्युनतम १० कक्षा उतिर्ण गरि चालक अनुमति पत्र (नविकरण भएको) प्राप्त गरि सरकारी तथा गैर सरकारी संघ संस्थामा सवारी चालकको रुपमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
  • विशेष गरि देशका ग्रामिण भुभाग तथा कच्चि सडकमा गाडी चलाएको अनुभव हुनुपर्ने ।
  • गाडी चलाउदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू बारे जानकार वा तालिम प्राप्त हुनुपर्ने ।
  • कार्यालयको प्रशासनिक कार्यमा पनि अनुभव हुनुपर्ने ।

नोटः

  • उपरोक्त पदको लागि लिखित, अन्तवार्ता र प्रयोगात्मक परीक्षा हुनेछ ।
  • प्रारम्भिक रुपमा योग्य भएका उम्मेदवारलाई मात्र छनोट प्रकृयामा सहभागि गराईनेछ ।
  • तलव तथा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
  • नियुक्ति मितिबाट ६ महिनाको परिक्षणकाल रहनेछ ।

आवेदन दिदा निवेदन, व्यक्तिगत विवरण (वायोडाटा) सहित कार्य अनुभवको पत्र, नागरिकता प्रतिलिपी, चालक अनुमती पत्रको प्रतिलिपी र हालसाल खिचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सम्पर्क फोन नं.(अनिवार्य) सहित सम्लग्न गरी नेपाल स्वास्थ्यको लागि पानी (नेवा), प्रधान कार्यालय, लोहसाल काठमाण्डौमा वा कार्यालयको Email ID newah@newah.org.np मा २०८२ वैशाख १५ गते कार्यालय समय भित्र आवेदन पेश गर्न हुन अनुरोध गरिन्छ । निर्धारीत समय र मिति पछि प्राप्त आवेदन स्वतः रद्ध हुनेछ ।

Overview

Category Development and Project, Driver
Openings 1
Position Type Full Time
Experience 2+ years
Education SLC / SEE, 10th Pass
Posted Date 18 Apr, 2025
Apply Before 28 Apr, 2025
City Kathmandu