आशय पत्रका लागि सूचना आह्वान
Details / requirements:
आशय पत्रका लागि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१।१२।२८ गते
सिन्धुली एकिकृत विकास सेवा (सिड्स) नेपालले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारी र सिन्धुली जिल्लाको कार्यक्रम सञ्चालित पालिकाहरु –दुधौली नगरपालीका,मरिण गाउपालीका र शुनकोशी गाउँपालीका) सँगको समन्वयमा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूको सीप विकासका लागि दक्ष युवा (Youth Employement and Entrepreneurship Development Project - YEED) परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजन अन्तर्गत Term of Reference (ToR) उल्लेख भए बमोजिम २५ जना युवाहरुलाई आवश्यकता अनुसार तालिम स्थलमा वा कार्यस्थलमा सिकाई (Work Based Learning) अवधारणा (Modality) मार्फत तालिम सञ्चालन गर्नुपर्ने भएकोले सम्बन्धित इच्छुक, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट इजाजत प्राप्त सेवा/तालिम प्रदायक दर्तावाला फर्म वा कम्पनी एवं संस्थाहरूबाट यस संस्थाको तल उल्लेखित कार्यालयको ठेगानामा प्राविधिक तथा आर्थिक प्रस्ताव साथै संस्थागत विवरणका सहितको सिलबन्दी आवेदन आगामि मिति २०८२। १। १७ गते कार्यालय समय भित्र पेश गर्नका लागि आह्वान गर्दछौँ ।
१. आवेदन यस सिन्धुली एकिकृत विकास सेवा (सिड्स) को कमलामाई नगरपालीका वडा नं ६, धुरावजार स्थित कार्यालयमा तोकिएको मितिसम्म कार्यालय समय विहान १०:०० बजेदेखि साँझ ०५:०० बजेसम्म पेश गर्न सकिने छ ।
२. सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले दर्ताको लागि पेश गरेको सिलबन्दी आवेदन सहितको खाम बाहिर आफनो फर्म, कम्पनी वा संस्थाको नाम, ठेगाना र आवेदनको प्रयोजन समेत उल्लेख गर्नु पर्ने छ ।
३.सम्बन्धित सेवा प्रदायक/तालिम प्रदायकले तयार गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव अनिवार्य रुपमा अलग अलग खामभित्र सिलबन्दी गरी दुवै सिलबन्दी खामलाई अर्को एउटा खामभित्र पून सिलबन्द गरी पेश गर्नु पर्ने छ ।
४. आवेदनका लागि इच्छुक सेवा/तालिम प्रदायकहरुले आर्थिक प्रस्तावको ढाँचा, सञ्चालन हुने तालिमहरुको विवरण सहितको Terms of reference (ToR) प्राप्त गर्न यस संस्थाको sidsnepal036@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।
थप विवरणको लागि, कृपया तलको लिङ्क मार्फत जानुहोस् ।
Link: Terms of Reference (TOR)
Link: Supplier COI Declaration Form
प्राविधिक र आर्थिक प्रस्ताब सहितको आवेदन साथ संलग्न गर्नुपर्ने अनिवार्य कागजातहरु:
क) कम्पनि तथा फर्म नविकरणको कागजातको प्रतिलिपि
ख) आर्थिक वर्ष २०८०।०८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) PAN वा VAT दर्ताको प्रमाणपत्रको प्रतिलिपि
घ) कम्पनि तथा फर्मको प्रोफाइल
ङ) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) सँगको आवद्धताको प्रमाण पत्रको प्रतिलिपी
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 10 Apr, 2025 |
Apply Before | 30 Apr, 2025 |
City | Sindhuli |