इच्छुक फर्म/परामर्शदाताहरूबाट प्रस्तावनाको लागि आह्वान

Progressive Youth Society, Chainpur Bajhang

Details / requirements:

इच्छुक फर्म/परामर्शदाताहरूबाट प्रस्तावनाको लागि आह्वान

पहिलो पटक प्रकाशन मिति २०८१।०८।२४

पेश गर्नु पर्ने अन्तिम मिति २०८१।०८।३०

१. पृष्ठभुमि

प्रगतिशील युवा समा

ज समतामूलक, आत्मनिर्भर तथा सभ्य समाजको सिर्जना गर्ने परिकल्पनाका साथ बि.स. २०६० सालमा स्थापित मुनाफा रहित बिशुद्ध सामाजिक संस्था हो । दलित, महिला, बालबालिका, अपांगता भएका ब्यक्ति, पिछडिएका तथा सीमान्तकृत समुहका व्यक्ति/समुदायहरूलाई लक्षित बर्गको रुपमा अंगीकार गरी यसले बिभिन्न परियोजनाहरू मार्फत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्रगतिशील यूवा समाजको आयोजना र यू.एम.एन बझाङ्ग कलष्टरको आर्थिक सहयोग साथै थलारा गाउपालिकाको समन्वयमा विगत केही महिना देखी विपद जोखिम व्यवस्थापन परियोजना सञ्चालनमा आईरहेको छ ।  उक्त परियोजना अन्तर्गत थलारा गाउपालिकामा रहेका डकर्मीहरूलाई ७ दिने भुकम्प पतिरोधात्मक भवन निर्माणका लागि क्षमता विकास तालिम सञ्चालन गर्नुपर्ने भएकाले तपशिल बमोजिम योग्यता पुगेका इच्छुक फर्म तथा परामर्शदाताहरूका लागि यो प्रस्तावना आह्वान गरिन्छ ।

२. तालिमको उदेश्य

  • ग्रामीण क्षेत्रको भवन निर्माण आचारसंहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधिको बारेमा अभिमुखिकरण गराउने ।
  • डस्थानीय स्तरमै उपलब्ध स्रोत र साधनको प्रयोगद्धारा निर्माण गरिने परम्परागत शैलीका सम्रचनाहरूमा भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोगबारे सीप उपलब्ध गराउने ।
  • ग्रामीण क्षेत्रको निर्माणमा रेट्रोफिटिङको बारेमा जानकारी गराउने ।

३. प्रमुख जिम्मेवारी र कार्यहरूको विवरण

  • सम्बन्धित फर्म तथा परामर्शदाताहरूले लक्षित गाउपालिकामा काम गर्ने (अर्ध) दक्ष मिस्त्रीहरूको लागि DUDBC / NSET द्वारा निर्मित पाठ्यक्रम अनुसार तालिम सञ्चालन गर्न सक्षम हुनुपर्दछ ।
  • तालिमका लागि आवश्यक सामाग्रीहरू प्रगतीशिल युवा समाजबाट व्यवस्थापन हुनेछ ।
  • सम्बन्धित व्यक्ति वा फर्मले तालिमका लागी आवश्यक सामाग्रीको विवरण उपलब्ध गराउनुपर्दछ साथै तालिम पुर्व, तालिम पश्चात्  मुल्याङ्कन र तालिम सम्पन्न प्रतिवेदन पेश गर्नुपर्नेछ ।

४. प्रशिक्षकको योग्यता तथा अनुभव

इच्छुक फर्म तथा परामर्शदाताहरू कम्तीमा सिभिल इन्जिनियरिङमा स्नातक तहको शैक्षिक योग्यता हुनुपर्नेछ साथै भुकम्प प्रतिरोधी सम्रचना निर्माणमा TOT प्राप्त गरेको र उक्त्त तालिमको सहजीकरणमा  कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

५. रकम भुक्तानी प्रक्रिया

तालिम समापन प्रश्चात एकमुष्ट खातामा भुक्तानी गरीने छ ।

६. पेश गर्नु पर्ने आवश्यक कागजात

इच्छुक फर्म तथा परामर्शदाताले तपशिलको आधारमा रही तालिम सञ्चालनका लागी प्रस्तावना पेश गर्नु पर्ने छ 

  • बायोडाटा
  • विस्तृत कार्यतालिका
  • व्यक्ति वा फर्मको अनुभव र विशेषज्ञताका साथै  विस्तृत प्राविधिक प्रस्ताव
  • तालिमको सम्पूर्ण खर्च समेटिएको विस्तृत वित्तीय प्रस्ताव
  • कानुनी कागजातहरूको प्रतिलिपि जस्तैः PAN/VAT, पछिल्लो कर क्लियरेन्स प्रमाणपत्र र दर्ता कागजातहरू आदि

इच्छुक व्यक्ति र फर्महरूले प्रगतिशील युवा समाज चैनपुर बझाङमा २०८१।०८।३० भित्र प्रगतिशील युवा समाजमा माथि उल्लेखित कागजातहरु सहित कार्यालय समयमा प्रगतिशील युवा समाजको कार्यालय वा Gmail id : pysbajhang9@gmail.com मा प्रस्ताव पेश गर्न अनुरोध छ ।

थप जानकारीको लागि फो.न ०९२४२१३५७ मा सम्पर्क गर्न सकिने छ ।

लवराज जोशी 

कार्यकारी निर्देशक

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Dec, 2024
Apply Before 15 Dec, 2024
City Bajhang