घर बहालको लागी शिलबन्दी दरभाउ आह्वानको सुचना
Details / requirements:
जन जागरण युवा क्लब, बारा
घर बहालको लागी शिलबन्दी दरभाउ आह्वानको सुचना
कलैया उप महानगरपालिका – १, बारा
प्रथम पटक प्रकाशित मिति २०८१/०९/०३ (१८ डिसेम्बर २०२४)
जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । गरिबी मुक्त, आर्थिक र समाजिक रुपमा सशत्त, मौलिक अधिकार र मर्यादा बारेमा सचेत समुदायको परिकल्पना गरेको छ । मधेस प्रदेशका विपन्न, समस्यामा परेका र जोखिममा परेका जनतालाई बिशेषगरी सीमान्तकृत जनता, महिला, अपांगता भएका व्यक्ति र बालबालिकाको जीवनयापन र अवस्थालाई दिगो बनाउन आवश्यक सहयोग प्रदान गरी सामाजिक र आर्थिक रुपमा सहयोग र विकास गर्ने यसको मुख्य उद्धेश्य रहेको छ । यस संस्थाको शाखा कार्यालय संचालनको लागी देहाय बमोजीमको स्थानमा अवस्थित चारकिल्ला भित्रका सडक विस्तारको मापदण्डभित्र नपर्ने, कुनै कानुनी बाधा अडचन नभएको, सुरक्षाको सम्सया नभएको, उपयुक्त्त हुने घरको भुई तल्ला/पहिलो तल्ला/दोस्रो तल्लामा प्रत्येक तल्लामा कम्तिमा १०*१२ फिट साइज भएको ४ वटा कोठा, २ वटा शौचालय, पुरै घरभरिमा कम्तिमा १५–२० जना बस्न सक्ने २ वटा बैठक हल तथा कम्तिमा १५–२० वटा मोटरसाइकल तथा २ वटा चार चक्का गाडी राख्न सक्ने पर्खालसहितको पार्किङ्ग भएको घर आवश्यकता भएकोले घर बहालमा दिन इच्छुक व्यक्त्ति, फर्म तथा कम्पनीले तपसिलमा उल्लेखित बमोजिमको ढाँचामा यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ ।
तपसिल
क्र.स. | प्रस्तावित शाखा कार्यालय | ठेगाना | प्रस्तावित क्षेत्र | फारम बुझाउने स्थान |
१ | कलैया शाखा | कलैया उप-महानउरपालिका, बारा | पुर्वमा गुप्ता पेट्रौलपम्प हुदै अंसारी पेट्रौलपम्प सम्म, पशिचममा अमित पेट्रौलपम्प हुदै पुरानो मिठामिल सम्म, उत्तरमा संस्कार रेडियो हुदै जानकी सिनेमा हल सम्म, दक्षिणमा बरेवा चौक भित्र । | जन जागरण युवा क्लब, प्रधान कार्यालय, कलैया उप–महानगरपालिका–१, मोतीबाग, बारा |
आवश्यक शर्त/सुबिधाहरुः
१. प्रस्तावित घर RCC Frame Structure को हुनु पर्नेछ ।
२. पानी, बत्ती, बाटोको व्यवस्था भएको हुनु पर्नेछ ।
३. सम्बन्धित निकायबाट घरको नक्सा पास भएको तथा निर्माण सम्पन्न प्रमाणपत्र लिएको हुनु पर्नेछ ।
४. सडक निर्माणको मापदण्डभित्र नपर्ने भएको हुनु पर्नेछ ।
५. प्रस्तावित घरको सम्बन्धमा कुनै प्रकारको झै–झगडा तथा मुद्दा मामिला नभएको हुनु पर्नेछ ।
६. घर भाडामा दिने न्युनतम समयावधी ३ वर्ष र त्यसपछि नविकरण गर्न सकिन्छ ।
७. फर्म तथा कम्पनीको नाममा रहेको घर भाडामा दिने भएमा फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा सञ्चालक समितिको निर्णय पेश गर्नु पर्नेछ ।
८. चार चक्का गाडी अफिस सम्म जान सक्ने प्रयाप्त बाटो भएको हुनु पर्नेछ ।
दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरु ः
- प्रस्तावित मासिक घरभाडा रकम (करसमेत) स्पष्ट रुपमा खुलाइएको घरधनीको आर्थिक प्रस्तावना ।
- घर जग्गाको ब्लु प्रिन्ट नक्शा तथा ट्रेस नक्शा ।
- घर भएको क्षेत्र स्पष्ट देखिने लोकेशन म्याप नक्शा ।
- घरको नापसहितको नक्शा तथा नक्शाबमोजीमको घर हुनु पर्नेछ ।
- घरको फोटो र घरको स्वीकृत नक्शाा पासको प्रमाणपत्रको प्रतिलिपि ।
- ललपुर्जा तथा घरधनीको नागरिकताको प्रतिलिपि ।
- प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको दिनमा हुनेछ तथा म्याद नाघि आएका शिलबन्दी दरभाउ स्वत रद्ध हुनेछ ।
- दर्ता भएका शिलबन्दी दरभाउ संस्थाका प्रतिनिधिहरु र दरभाउदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा शिलबन्दी दरभाउ खोलिनेछ । तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कनै बाधा पर्ने छैन
- कुनै पनि कारण जनाई वा नजनाई प्राप्त शिलबन्दी दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।
- शिलबन्दी दरभाउ प्रक्रिया सम्बन्धी कार्यमा प्रभाव पार्ने आपुर्तिकर्ताको शिलबन्दी दरभाउ रद्ध गरिनेछ ।
- उपरोक्त्त सम्बन्धमा थप जानकारी आवश्यक भएमा यस कार्यालयको प्रधान कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।
शिलबन्दी दरभाउ सम्बन्धी कागजात रितपुर्वक भरि प्रत्येक पानामा आधिकारिक हस्ताक्षर , छाप र लाहा छाप (Wax Seal) लगाई शिलबन्दी गरेको हुनुपर्नेछ । साथै खामको बाहिर दरभाउ पेश गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ भने हार्ड कपि यस संस्थाको कार्यालय कलैया उप महानगरपालिका– १, मोतिबाग, बारा मिति ३१ डिसेम्बर २०२४ (२०८१/०९/१६) गते बेलुका ४ बजे भित्र बुझाउन हुन अनुरोध छ ।
जन जागरण युवा क्लब, बाराको कार्यालय
कलैया उप महानगरपालिका–१, मोतिबाग
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Dec, 2024 |
Apply Before | 31 Dec, 2024 |
City | Bara |