GESI अधीकृत (CEFM कार्यक्रम)
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मितिः २०८२/०१/०२
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको बाल, उमेर नपुगी तथा जबरदस्ती पुर्वक गरिने विवाह सम्बन्धी रोकथाम तथा प्रतिक्रिया (Prevent and Respond to Child, Early and Forced Marriage-CEFM) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली महिलाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण Bio-Data सहितको निवेदन तल उल्लेखित ठेगानामा वा ईमेल मार्फत पठाउन आव्हान गरिन्छ ।
१. पदः GESI अधीकृत (CEFM कार्यक्रम) – १ जना – महिला (विज्ञापन नंः २१–०८१/०८२)
- स्नातक वा सो सरह उत्तीर्ण भएको ।
- लैंगिक समानता, बालअधिकार, किशोरकिशोरी तथा सामाजिक समोवेशिकरण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
- योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
- सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
- नेपाली महिलाहरुको लागी मात्र यो पदमा विज्ञापन आव्हान गरिएको छ ।
नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
दरखास्त दिने अन्तिम मितिः २०८२।०१।०८ गते साँझ ५։०० बजे सम्म ।
आवेदनका लागिः रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोत्तरी
वा
ईमेल: vacancyryc@gmail.com
Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | Graduate (Bachelors) |
Posted Date | 15 Apr, 2025 |
Apply Before | 21 Apr, 2025 |
City | Mahottari |