गाडी चालक/कार्यालय सहायक (Driver cum Office Assistant)
Job posted on 13 Nov, 2024
Apply before 25 Nov, 2024
Shechen Karuna Nepal
Details / requirements:
शेचेन करुणा एक गैर–सरकारी संस्था हो । यस संस्थाको प्रधान कार्यालय काठमाडौंको बौद्धमा रहेको छ भने हाल नेपाल अधिराज्यको सिन्धुलीको फिक्कल, कपिलवस्तुको विजयनगर र यसोधरा र धादिङको रुबी भ्याली गाउँपालिमा रहेका छन् ।
कार्य क्षेत्रहरु:
शेचेन करुणाले कार्य गर्ने मुख्य क्षेत्रहरु निम्न रहेका छन्
- स्वास्थ्य र स्वच्छता
- शिक्षा, खाद्य सुरक्षा
- जीविकोपार्जन, वातावरण
- आर्थिक विकास
पद: गाडी चालक/कार्यालय सहायक (1)
प्रमुख जिम्मेवारीहरू:
- आवश्यकता अनुसार कर्मचारी र सामग्री ढुवानी गर्न कार्यालयको सवारी साधनहरू सुरक्षित रूपमा चलाउने
- नियमित सफाई र सवारी साधनको अवस्था जाँच गर्ने
- सवारी साधनको नीलो पुस्तकहरूको वार्षिक नवीकरणको ट्र्याक गर्ने
- सवारी साधनको नियमित मर्मत तथा सम्भार (सर्भिसिङ ) तथा आवधिक जाँच ( माइलेज, इन्धन खपत , इन्जिनको अवस्था आदि ) गरि सवारी साधनलाई सधै राम्रो र गुड्ने अवस्थामा राख्ने
- सवारी साधनमा आवस्यकता अनुसार इन्धन भर्ने, सवारी साधनसंग सम्बन्धित खर्च विवरण राख्ने, लगबुक अधfवधिक गर्ने
- सवारी साधन भित्र सधै प्राथमिक उपचार बाकस तथा र आवस्यक औषधीहरू राख्ने
- दैनिक प्रशासनिक काममा प्रशासन विभागलाई सहयोग गर्ने
- सामान खरीद गर्ने तथा कार्यक्रम सामग्री खरीद खरिद अधिकारीलाई मद्दत गर्ने
- आवश्यकता अनुसार निर्देशित सामान्य कार्यहरूमा सहयोग गर्ने
योग्यता र सीपहरू:
- न्यूनतम SLC/SEE वा सो बराबरको शिक्षा
- ड्राइभिङ लाइसेन्स (हल्का/हेभी) सँगै कम्तिमा २ वर्षको अफ-रोड सवारी साधन ड्राइभिङ अनुभव
- विक्रेताहरूसँग राम्रो पारस्परिक सम्बन्ध कायम राख्न सक्षम हुनुपर्दछ
- अंग्रेजी भाषामा सामान्य ज्ञान भएकोलाई प्राथमिकता दिइने छ
आवेदन प्रक्रिया:
इच्छुक उम्मेदवारहरूले आफ्नो CV र सम्बन्धित प्रमाणपत्रहरूको प्रतिलिपि तलको संस्थाको इमेल वा भौतिक ठेगानामा बुझाउन अनुरोध गरिन्छ। छनौट गरिएका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।
आवेदन ठेगाना:
शेचेन करुणा नेपाल, बौद्ध काठमाडौं
इमेल: nepal@karuna-shechen.org
आवेदनको लागि अन्तिम मिति: मंसिर १०, २०८१
Overview
Category | Development / NGO, Driver, Office Assistant |
Openings | 1 |
Position Type | Contract |
Experience | 2 Years |
Education | SLC / SEE |
Posted Date | 13 Nov, 2024 |
Apply Before | 25 Nov, 2024 |
City | Kathmandu |