Finance Officer

Community Development & Advocacy Forum Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

पहिलो पटक सूचना प्रकाशित मितिः १६ सेप्टेम्वर २०२४ (भाद्र ३१, २०८१)

Save the Children को आर्थिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिवास, महोत्तरीले महोत्तरी जिल्लाको ५ वटा  नगरपालिका/गाउपालिकाहरू (बर्दिबास, गौशाला, भंगहा, औरही र लोहारपटी) मा Sponsorship Program (समुन्नति कार्यक्रम) तथा Child Sensitive Social Protection-CSSP (पहुँच परियोजना) को सम्झौता गरी कार्यक्रम सञ्चालन गरिरहेकोले उक्त परियोजना तथा कार्यक्रमका लागि तपसिल अनुसारको कर्मचारीहरूको आवश्यक्ता भई तत्काल पद पुर्ति गर्नु पर्ने भएकोले माँग भए बमोजिमको योग्यता पुगेका १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरूका लागि आज मिति २०८१/०५/३१ गते यो दरखास्त आह्वान गरिन्छ । 

तपशिल

(१) पद: Finance Officer

संख्या:- १ जना

न्युनतम शैक्षिक योग्यता/अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थानबाट व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको र सम्बन्धित क्षेत्रका विकास साझेदार संस्थाहरूमा कम्तिमा २ वर्ष अनुभव भएको साथै वित्तिय व्यवस्थापनका लागि सफ्टवेयरमा काम गर्ने अनुभव/क्षमता भएको ।

प्रमुख जिम्मेवारी: वित्तिय नीति नियम, यसका बिधि र व्यवस्थापनमा सुक्ष्म ज्ञान भएको । अनुदान साझेदारको नीति र मार्ग निर्देशीका अनुरसार वित्तिय कारोवारका कागजातहरू दुरुस्त राखी दस्तावेजीकरण गर्न सक्ने क्षमता भएको । परियोजनाका विभिन्न भुक्तानी तथा फछर्योट गर्दा अनुदान साझेदारसँगको सम्झौता, देशको स्थानीय कानून को परिधी भित्र बसि कार्य सम्पादन गर्न सक्ने । सञ्चय कोष, अवकास कोष, कर, मूल्य अभिबृद्धि कर आदी समयमानै र नियमित रुपम जम्मा भएको सुनिश्चित गर्ने । मासिक कृयाकलाप सम्पन्न (cut off) मिति अनुरुप आवधिक वित्तिय प्रतिबेदन तयार गरि आवश्यक स्वीकृती समेत लिई तोकिएको म्याद भित्र सम्बन्धित साझेदार लाई पेश गर्ने । परियोजना साझेदारको प्रदेशस्थित कर्मचारीहरूसँग निकट समन्वयमा रही काम गर्नु पर्ने । दुई पांग्रे सवारी साधनको लाइसेन्स प्राप्त व्यक्ति । FAMAS Software & Excel Spreadsheet मा राम्रो दखल भएको । आन्तरीक नियन्त्रण प्रणालीमा राम्रो दखल भएको । बजेट तयार तथा विश्लेषण सम्बन्धि ज्ञान भएको । अन्य बिस्तृत जिम्मेवारीहरू कार्य  विवरणमा उल्लेख भए अनुसार हुनेछन् ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू: व्यक्तिगत वैयत्तिक विवरण (CV) आफ्नो योग्यता र माग भएको पदका लागि जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित बालबालिकाहरूसँग बालमैत्री तरिकाले काम गर्ने प्रतिबद्धता खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्बन्धित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रतिलिपि र मोटरसाईकल सवारी चालक अनुमति पत्रको प्रतिलिपि समेत ।

निवेदन बुझाउने अन्तिम मिति: विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात २०८१ असोज ६ गते साँझ ५:०० बजेसम्म कार्यालयमा वा इमेल मार्फत दरखास्त बुझाउनु पर्नेछ । संस्थाको ईमेल official@cdafn.org.np मार्फत पनि पुर्ण कागजात सहितको दरखास्त पठाउन सकिने छ । तोकिएको समय पश्चात वा अधुरो रुपमा प्राप्त हुन आएको निवेदनलाई मान्यता दिईने छैन ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता (आवश्यकता अनुसार प्रयोगात्मक)

नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निवेदनहरूको छानबिन पश्चात छोटो सूचीमा (Shortlist) पर्न सफल उम्मेदवारहरूलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्बन्धित नगरपालिका/गाउँपालिकाका महिला, दलित, मुस्लिम तथा पिछडिएका वर्गलाई विशेष ग्राह्यता दिईने छ। कर्मचारी छनौट समितिको निर्णय अन्तिम हुनेछ ।

सम्पर्क:

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN)

(कर्मचारी छनौट समिति)

बर्दिबास, महोत्तरी

मोबाईल नं. ९८४४०३००९३, ९८०८११०००२

Email: official@cdafn.org.np

Overview

Category Accounting and Finance, Development / NGO
Openings 1
Position Type Full Time
Position Level Mid Level
Experience 2 Years
Education Bachelor's in Management, Bachelor's degree in a related field
Posted Date 16 Sep, 2024
Apply Before 22 Sep, 2024
City Mahottari, Bardibas