फिल्ड सुपरभाइजर (स्वास्थ्य क्षेत्र) / सामुदायिक परिचालक

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८१/०३/१४

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आह्वान गरिन्छ ।

१. पद: फिल्ड सुपरभाइजर (स्वास्थ्य क्षेत्र) – १ जना (विज्ञापन नं: ३१–०८०/०८१)

न्यूनतम् योग्यता

  • स्वास्थ्य विषयमा प्रविणता प्रमाणपत्र (Staff Nurse, HA .…) वा सो सरह उत्तीर्ण भएको र स्वास्थ्य, पोषण, बालअधिकार, बालसंरक्षण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • स्वास्थ्य विषयमा स्नातक तह (B Sc. Nursing, BPH, B.Ed. Health….) वा सो सरह उत्तीर्ण भएको र स्वास्थ्य, पोषण, बालअधिकार, बालसंरक्षण को क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा स्मार्ट फोन राम्ररी चलाउन गर्न सक्ने दक्षता भएको ।

२. पद: सामुदायिक परिचालक – १ जना (विज्ञापन नं: ३२–०८०/०८१)

न्यूनतम् योग्यता

  • प्रविणता प्रमाण पत्र वा/समाजिक परिचालन बिषय वा सो सरह उत्तीर्ण गरेकोे । 
  • समुदाय परिचालनमा सहजिकरण, पालिका तथा वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन गरेकोे ।
  • प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • आधारभुत कम्प्युटर र स्मार्ट फोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको ।
  • नेपाली भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८१।०३।२० गते साँझ ५:०० बजे सम्म ।

आवेदनका लागि: https://forms.gle/M39Hk1uoziSs9Fws6 (लिंक मार्फत) 

वा

: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी (भौतिक उपस्थितिमा)

Overview

Category Public Health, Development and Project, Development / NGO, Nursing
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Jun, 2024
Apply Before 04 Jul, 2024
City Mahottari