फिल्ड अफिसर (क्लिनिकल) - Field Officer - Clinical

DDS Salyan

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सुचना प्रकाशन मिति: २०८१/१०/०७ र आवेदन दिने अन्तिम मिति: २०८१/१०/१३

दलित बिकास समाज (DDS), सल्यान वि.सं. २०५८ भाद्र ०८ (सन २००१) मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना काल देखि नै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र स्थानिय तहहरुसंगको सहकार्यमा जिल्ला भित्रका पछाडी पारिएका दलित, जनजाती, युवा, महिला तथा बालबालिकाहरुको विविध अवस्थामा सुधार गर्ने, विकासको मुल प्रवाहमा समावेश गरि समतामुलक समाजको सृजना गर्ने, संस्था विकासको माध्यमबाट जनशक्ति र स्थानीय श्रोत परिचालन, सामाजिक परिचालन, क्षमता विकास, आयआर्जन, भौतिक पूर्वाधार, महिला र वालवालिकाको पोषण र स्वस्थ्य स्थितीमा सुधार, मनोसामाजीक सेवा, स्वास्थ्य तथा सरसफाई लगाएत वातावरण संरक्षण, मानव अधिकार, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक न्याय, समान सहभागीता र शान्ति स्थापना जस्ता विभिन्न क्षेत्रमा कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप विपन्न तथा सिमान्तकृत वर्ग वा क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र तिनीहरुको नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पु-याउने उद्देश्यका साथ स्थानिय सरकारहरुसंग सहकार्य गर्दै यस संस्थाले सन २०२२ देखि वन हार्ट वर्ल्डवाइड (OHW) संगको सहकार्यमा “स्थानिय सरकारसंगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” संचालन गरिरहेको छ । उक्त परियोजनाका लागि निम्न पदमा आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।

विज्ञापन नंबर: ७/२०८१/८२

पद र आवश्यक संख्या: फिल्ड अफिसर (क्लिनिकल), १ जना

योग्यता अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएको वा बि.एस्सी नर्सिङ उत्तिर्ण गरी मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको अनुभव भएको । 

विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस 

Link: https://drive.google.com/uc?export=download&id=1WtV-x-X_Kc8InA2kx7c6nNe5bk2tRmVI

आवश्यक कागजात: आवेदकको सम्ंपर्क ठेगाना, इमेल, संपर्क नम्बर र २ जना सन्दर्भ व्यक्ति (2 Reference persons) हरुको सम्ंपर्क नम्बर र इमेल सहितको बायोडाटा, नागरिकता, निवेदन  र सम्वधित पदको लागि आवश्यक पर्ने योग्यताको ट्रान्सकृप्प्ट ।

आवेदन दिने अन्तिम मिति समय र ठाउँ: तल दिईएको लिङ्कमा मिती २०८१/१०/१३ तदअनुसार २६ जनवरी २०२५ गते कार्यालय समय वेलुका ५:०० बजे भित्र आवेदन दिईसक्नु पर्ने छ । आवश्यक जानकारीको लागि ०८८–५२०४०७ 

https://docs.google.com/forms/d/e/1FAIpQLSfdk_XrKCk8_2HB_T5MwshqbrGTpGbn0L03uD8uoD20QWQ2ew/viewform

प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित तथा मौखिक परिक्षामा सामेल गराइने छ । सिमान्तकृत महिला, दुर्व्यवहारमा परेका, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गरिन्छ । कृपया आवेदनमा फिल्ड अफिसर (क्लिनिकल) पदका लागि आवेदन भनेर उल्लेख गर्नुहोला)

नोट: म्याद नाघि आएका, योग्यता र अनुभव नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै आवेदन स्वीकार गर्ने नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहने छ । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको अनुभव भएकालाई विशेष ग्राह्यता दिइने छ ।

Overview

Category Development and Project, Development / NGO, Nursing
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Bachelor's degree in a related field, Bachelor’s degree in Nursing
Posted Date 20 Jan, 2025
Apply Before 26 Jan, 2025
City Salyan