Evaluation, Monitoring and Safeguarding Coordinator

Ratauli Yuba Club (RYC)

Details / requirements:

रतौली युवा क्लब, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशित मिति: २०८१–०६–१३

रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियानमार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । 

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा रतौली युवा क्लब महोत्तरीद्वारा १० देखि १९ बर्षका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल  गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यस परियोजनाका लागि  Monitoring, Evaluation and Safeguarding Coordinator को आवश्यकता परेकोले योग्यता पुगेका इच्छुक तोकिएको मापदण्ड र १८ बर्ष पुगेका नेपाली नागरिकहरूबाट तपसिल अनुसारका आवेदनहरु आह्वान गरिएको छ ।

पद: Evaluation, Monitoring and Safeguarding Coordinator

आवश्यक संख्या: ०१

कार्यस्थल: महोत्तरी र धनुषा 

योग्यता, अनुभव र सिप:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेको ।
  • मिल तथा सेफगार्डिंग क्षेत्रमा कम्तिमा तीन बर्ष कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान भएको ।

आवश्यक कागजातहरु

१. आवेदन सहित अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको विस्तृत वायोडाटा 

२. नेपाली नागरिकताको प्रमाण पत्र 

३. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

माथि उल्लेखित कागजात सहित स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक मार्फत तल उल्लेखित ठेगाना वा Online लिंक मार्फत दरखास्त दिन सकिनेछ । समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता, एकल महिला भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरु लाई प्राथमिकता दिईनेछ ।

आवेदन दिने अन्तिम मिति: २०८१।०७।०२ गते बेलुका ५:०० बजे सम्म

पदको विस्तृत कार्य विवरण:  M. E. Safeguarding Coordinator

आवेदनका लागि: https://forms.gle/vtWVTdkabZsrSeAy7 (लिंक मार्फत) 

वा

: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी (भौतिक उपस्थितिमा)

Overview

Category Public Health, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Sep, 2024
Apply Before 18 Oct, 2024
City Dhanusha, Mahottari