District ARH Manager

Mallarani Rural Development Concern Center

Details / requirements:

कर्मचारी आबश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०९/०५

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक रुपान्तरणका लागि कृयाशील आम सदस्यतामा आधारित एक नागरीक समाजको संस्था हो । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाका रुपमा स्थापित यस संस्थाले सुशासन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, एड्भोकेसी तथा स्थानिय क्षमता विकासलाई प्रमूख सवालका रुपमा ग्रहण गर्दै लक्षित वर्गको सशक्तिकरण र सेवामूलक कार्य मार्फत नागरिकहरुको स्वाबलम्बी जीवनको प्रवर्द्दन गर्दछ । संस्थाको लक्षित उद्देश्य प्राप्तीका लागि यस संस्थाले स्थानिय सरकार लगायत संघीय तथा प्रादेशिक तहका बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था एवं सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्य गर्दै आएको छ । किशोर किशोरीहरुको प्रजनन स्वास्थ्यमा सुधारका लागि हाल यस संस्थाले USAID को आर्थिक सहयोग तथा CARE Nepal को साझेदारीमा प्यूठान जिल्लाका गौमुखी, झिमरुक तथा नौबहिनी गा.पा. र प्यूठान एवं स्वर्गद्वारी न.पा.मा USAID Adolescent Reproductive Health (ARH) परियोजना सञ्चालन गरीरहेको छ ।

USAID Adolescent Reproductive Health (ARH) परियोजना CARE Nepal को नेतृत्व तथा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego  तथा Nepal CRS Company को संयुक्त साझेदारीमा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्नका लागि सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यका बारेमा स्वस्थ्य निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यस कार्यक्रमका लागि तपसिल अनुसार कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वक दरखास्त आह्वान गरिएको छ ।

बिज्ञापन नं.: ०४/०८१/८२

पद:  District ARH Manager

आवश्यक संख्या: १ (एक) जना ।

योग्यता तथा अनुभव: मान्यताप्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग वा सम्बन्धीत विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी

सम्बन्धित क्षेत्रको परियोजना व्यवस्थापन सम्बन्धी कम्तीमा २ वर्ष कार्य अनुभव ।

वा, मान्यताप्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग वा सम्बन्धीत विषयमा स्नातक तह उत्तीर्ण गरी कुनैपनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको उम्मेदवारका लागि परियोजना व्यवस्थापनको क्षेत्रमा कम्तीमा ५ वर्ष कार्य अनुभव ।

वा, मान्यताप्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग वा सम्बन्धीत विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा परियोजना व्यवस्थापन सम्बन्धी कम्तीमा १० बर्ष कार्य अनुभव ।

वा, मान्यताप्राप्त शैक्षिक संस्थाबाट मेडिसिन विषयमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी क्षेत्रमा उपयुक्त कार्य अनुभव हासिल गरेको ।

दरखास्त दिने विधिः

आवेदकले तोकिए बमोजिम कागजात सहित संस्थाको कार्यालय मल्लरानी गा.पा.–४ खलंगा प्यूठानमा प्रत्यक्ष वा ईमेल ठेगाना mrdcc.vacancy@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । महिला, दलित, जनजाति एवं सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दूव्र्यवहार तथा बाल दूव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु प्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन जानकारी गराइन्छ ।

दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरु:

(१)     सन्दर्भ व्यक्तिहरुको  (References)नाम, सम्पर्क नम्बर तथा ईमेल ठेगाना स्पष्ट रुपमा उल्लेख गरीएको आवेदकको व्यक्तिगत विवरण (CV) (अनिवार्य) ।

(२)     नागरीकता, शैक्षिक योग्यता, अनुभव तथा तालिमका प्रमाणपत्रहरुको प्रतिलिपि ।

(३)     हालसालै खिंचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।

दरखास्त दिने अन्तिम मितिः २०८१/०९/११ गते (December 26, 2024) कार्यालय समय साँझ ४ः०० बजे सम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको मध्यान्ह १२ः०० बजे सम्म ।

उपरोक्त पदहरुको लागि आवश्यक योग्यता, अनुभव एवं विशेष शिप तथा गर्नुपर्ने कार्यहरुको विस्तृत जानकारीका लागिसम्बन्धीत लिंकमा संलग्न कार्य विवरण हेर्नुहोला ।

Download Job Description 

नोटः रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Dec, 2024
Apply Before 26 Dec, 2024
City Pyuthan