District ARH Manager
Details / requirements:
प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०४/१३
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक रुपान्तरणका लागि कृयाशील आम सदस्यतामा आधारित एक नागरिक समाजको संस्था हो । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाका रुपमा स्थापित यस संस्थाले सुशासन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, एड्भोकेसी तथा स्थानिय क्षमता विकासलाई प्रमूख सवालका रुपमा ग्रहण गर्दै लक्षित वर्गको सशक्तिकरण र सेवामूलक कार्य मार्फत नागरिकहरूको स्वाबलम्बी जीवनको प्रवर्द्धन गर्दछ । संस्थाको लक्षित उद्देश्य प्राप्तिका लागि यस संस्थाले स्थानिय सरकार लगायत संघीय तथा प्रादेशिक तहका विभिन्न सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था एवं सरोकारवाला निकायहरू बीच समन्वय र सहकार्य गर्दै आएको छ । किशोर किशोरीहरूको प्रजनन् स्वास्थ्यमा सुधारका लागि हाल यस संस्थाले USAID को आर्थिक सहयोग तथा CARE Nepal को साझेदारीमा प्यूठान जिल्लाका गौमुखी, झिमरुक तथा नौबहिनी गा.पा. र प्यूठान एवं स्वर्गद्वारी न.पा.मा USAID Adolescent Reproductive Health (ARH) परियोजना सञ्चालन गरीरहेकोछ ।
USAID Adolescent Reproductive Health (ARH) परियोजना CARE Nepalको नेतृत्व तथा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego तथा Nepal CRS Company को संयुक्त साझेदारीमा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्नका लागि सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यका बारेमा स्वस्थ्य निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।
यस कार्यक्रमका लागि तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदहरूमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट रितपुर्वक दरखास्त आह्वान गरिएको छ ।
विज्ञापन नं.: ०१/०८१/८२
पद: District ARH Manager
आवश्यक संख्या: १ (एक) जना ।
योग्यता तथा अनुभव:
- मान्यताप्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव ।
- वा, मान्यताप्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष कार्य अनुभव ।
JD Link: https://drive.google.com/uc?export=download&id=1AKoGi4xuFEGLxMKjaj0UxyxwH4QZ9IY_
दरखास्त दिने विधि:
आवेदकले तोकिएबमोजिम कागजात सहित संस्थाको कार्यालय मल्लरानी गा.पा.–४ खलंगा प्यूठानमा प्रत्यक्ष वा ईमेल ठेगाना mrdcc.vacancy@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । महिला, दलित, जनजाति एवं सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार तथा बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू प्रति प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन जानकारी गराइन्छ ।
दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरू:
- सन्दर्भ व्यक्तिहरूको (References) नाम, सम्पर्क नम्बर तथा ईमेल ठेगाना स्पष्ट रुपमा उल्लेख गरिएको आवेदकको व्यक्तिगत विवरण (CV) (अनिवार्य) ।
- नागरिकता, शैक्षिक योग्यता, अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि ।
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।
दरखास्त दिने अन्तिम मिति: २०८१/०४/२७ गते (August 11, 2024) कार्यालय समय साँझ ५:०० बजे सम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको मध्यान्ह १२:०० बजे सम्म ।
उपरोक्त पदहरूको लागि आवश्यक योग्यता, अनुभव एवं विशेष शिप तथा गर्नुपर्ने कार्यहरूको विस्तृत जानकारीका लागि सम्बन्धीत लिंकमा संलग्न कार्य विवरण हेर्नुहोला ।
नोट: रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
Overview
Category | Public Health, Development and Project, NGO/INGO/Social work, Nursing |
Openings | 1 |
Position Type | Contract |
Experience | 2+ years, 5+ years |
Education | M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health), M.Sc. / M.N. (Masters in Nursing), B.Sc. / B.N. (Bachelors in Nursing) |
Posted Date | 28 Jul, 2024 |
Apply Before | 11 Aug, 2024 |
City | Pyuthan |